26/08/2026
लामाखर्क समाज रुपन्देहीको अत्यन्त जरुरी सूचना
देश यतिबेला दुःख र पीडाको अवस्थामा छ। देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपत्तिका कारण ठूलो संख्यामा घर, बस्ती तथा मानवीय क्षति भएको खबरले हामी सबैको मन दुखेको छ। यस्तो दुःखद् परिस्थितिमा उल्लास र मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्नु उचित नहुने महसुस गर्दै लामाखर्क समाज रुपन्देहीले आयोजना गर्ने भनिएका आगामी सम्पूर्ण कार्यक्रमहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।
देश दुखेको बेला हामी हाँस्न सक्दैनौँ,
मनहरू टुटेको बेला हामी उत्सव मनाउन सक्दैनौँ।
विपत्तिमा परेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै, शोकसन्तप्त परिवारमा हार्दिक समवेदना तथा प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ।
यस निर्णयलाई सम्पूर्ण सदस्य, शुभेच्छुक तथा आम समुदायले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
लामाखर्क समाज रुपन्देही
बुटवल, रुपन्देही