BASW CLUB of BKC

BASW CLUB of BKC Let's change the society together.

त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको बोर्ड परीक्षामा उत्कृष्ट अंकका साथ सफलता हासिल गर्नुहुने बुटवल कालिका क्याम्पसका BAS...
13/08/2026

त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको बोर्ड परीक्षामा उत्कृष्ट अंकका साथ सफलता हासिल गर्नुहुने बुटवल कालिका क्याम्पसका BASW तेस्रो वर्ष (२०७९ ब्याच) का सम्पूर्ण साथीहरूलाई BASW क्लबको तर्फबाट हृदयदेखि नै न्यानो बधाई!
सफलताको यो सिँढी चढ्दै गर्दा तपाईंहरूको आगामी गन्तव्य अझै फराकिलो र सुखद होस्। भविष्यमा एक असल र सक्षम सामाजिक कार्यकर्ताको रूपमा देश र समाजको नाम चम्काउनुहुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं। अगाडिको सुन्दर यात्राको लागि धेरै-धेरै शुभकामना! 🥳
- BASW CLUB OF BKC

✨ छिटोभन्दा छिटो बुटवल कालिका क्याम्पसमा भर्ना गरी आफ्नो उज्ज्वल भविष्यको सुरुवात गर्नुहोस्।गुणस्तरीय शिक्षा, अनुभवी प्र...
11/08/2026

✨ छिटोभन्दा छिटो बुटवल कालिका क्याम्पसमा भर्ना गरी आफ्नो उज्ज्वल भविष्यको सुरुवात गर्नुहोस्।

गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापक तथा उत्कृष्ट शैक्षिक वातावरणका लागि बुटवल कालिका क्याम्पस रोज्नुहोस्।

👉 आजको सही निर्णय, भोलिको सुनौलो भविष्य!

भर्ना कार्यक्रम अझै पनि निरन्तर चलिरहेको छ अझै पनि छुट्नु भएको छ भने आजै भर्ना भइ आफ्नो स्थान सुरक्षित गर्नुहोस !

हार्दिक बधाई तथा शुभकामना🎉✨बुटवल कालिका क्याम्पसको ग्रामीण विकास तथा समाजशास्त्र विभागका विभागीय प्रमुख श्री गणेश बहादुर...
07/08/2026

हार्दिक बधाई तथा शुभकामना🎉✨

बुटवल कालिका क्याम्पसको ग्रामीण विकास तथा समाजशास्त्र विभागका विभागीय प्रमुख श्री गणेश बहादुर पुन सर त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डिनको कार्यालयअन्तर्गत विद्यावारिधि (PhD) अध्ययनका लागि दोस्रो स्थानमा नाम निकाल्न सफल हुनुभएको सुखद अवसरमा BASW क्लबको तर्फबाट हार्दिक बधाई तथा सफल अध्ययन यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तपाईंको यस उल्लेखनीय सफलताले सम्पूर्ण क्याम्पस, विभाग तथा BASW परिवारलाई गर्वान्वित बनाएको छ। आगामी दिनहरूमा पनि तपाईंले शिक्षा, अनुसन्धान तथा सामाजिक सेवाको क्षेत्रमा अझ उत्कृष्ट योगदान पुर्‍याउँदै नयाँ उचाइहरू हासिल गर्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

– BASW क्लब
बुटवल कालिका क्याम्पस

06/08/2026

"आफ्नो रक्तसमूह पहिचान गरौं, आपत पर्दा जीवन बचाऔं!" 🩸

​हाम्रो BASW Club द्वारा आयोजित र Nagarik Multispeciality Health Center को प्राविधिक सहयोगमा आयोजित एक दिवसीय Blood Group Test Campaign सफलतापूर्वक सम्पन्न भयो।

​📍 स्थान: बुटवल कालिका क्याम्पस

🎯 उपलब्धि: ९५+ जनाले आफ्नो रक्तसमूह परीक्षण गरी जानकारी लिनुभयो।

​कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुनेNagrik Multispeciality, क्याम्पस प्रशासन, स्वयंसेवक साथीहरू र उपस्थित सम्पूर्ण सहभागीहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछौं। ❤️🙌

Video:

🩸 रक्त समूह पहिचान कार्यक्रम 🩸स्वस्थ, सचेत र जिम्मेवार विद्यार्थी समुदाय निर्माण गर्ने उद्देश्यका साथ BASW क्लब, कालिका ...
05/08/2026

🩸 रक्त समूह पहिचान कार्यक्रम 🩸

स्वस्थ, सचेत र जिम्मेवार विद्यार्थी समुदाय निर्माण गर्ने उद्देश्यका साथ BASW क्लब, कालिका क्याम्पस ले विद्यार्थीहरूका लागि रक्त समूह (Blood Grouping) पहिचान कार्यक्रम आयोजना गरेको छ।

धेरै विद्यार्थीहरूलाई आफ्नै रक्त समूहबारे जानकारी नहुन सक्छ। आकस्मिक अवस्था, दुर्घटना वा उपचारका बेला आफ्नो रक्त समूहको जानकारी हुनु अत्यन्त महत्वपूर्ण हुन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको हो।

यस कार्यक्रममा सहभागी भई आफ्नो रक्त समूह परीक्षण गराई भविष्यका लागि आवश्यक जानकारी सुरक्षित राख्न तथा रक्तदानप्रति सकारात्मक सोच विकास गर्न सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्दछौँ।

रक्त समूह थाहा पाऔँ, समयमै जीवन बचाऔँ। ❤️🩸

Organized by: BASW Club of BKC

📚 सिकाइलाई व्यवहारसँग जोड्दै…BASW संकायका तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरू शैक्षिक ज्ञानसँगै व्यावहारिक अनुभव...
31/07/2026

📚 सिकाइलाई व्यवहारसँग जोड्दै…

BASW संकायका तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरू शैक्षिक ज्ञानसँगै व्यावहारिक अनुभव हासिल गर्ने उद्देश्यले विभिन्न गैरसरकारी संस्थाहरूमा (NGOs) इन्टर्नसिपका लागि सहभागी हुन जादै हुनुहुन्छ ।

समाजकार्यको मूल भावना अनुरूप समुदायसँग प्रत्यक्ष रूपमा काम गर्दै सीप, अनुभव र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने यो अवसर सबै सहभागी विद्यार्थीहरूका लागि सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

BASW CLUB
Butwal Kalika Campus

🤝 अन्तर्राष्ट्रिय मित्रता दिवसको हार्दिक शुभकामना! 💙मित्रता भनेको विश्वास, सम्मान, सहयोग र आत्मीयताको अमूल्य सम्बन्ध हो।...
30/07/2026

🤝 अन्तर्राष्ट्रिय मित्रता दिवसको हार्दिक शुभकामना! 💙
मित्रता भनेको विश्वास, सम्मान, सहयोग र आत्मीयताको अमूल्य सम्बन्ध हो। जीवनका हरेक सुख-दुःखमा साथ दिने सच्चा मित्र नै हाम्रो सबैभन्दा ठूलो शक्ति हुन्।
यस अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, पूर्वविद्यार्थी तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। मित्रताको भावना सधैं बलियो रहोस्, एकता, सहकार्य र सामाजिक सेवाको यात्रामा हामी सबै सँगसँगै अघि बढौँ।
"मित्रता केवल सम्बन्ध होइन, जीवनलाई अर्थपूर्ण बनाउने प्रेरणा हो।"
– BASW CLUB of BKC 💙

🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🌼आदरणीय गुरुज्यूहरू,ज्ञान, संस्कार, प्रेरणा र सही मार्गदर्शन प्रदान गर्दै हाम्रो जीवन...
28/07/2026

🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🌼

आदरणीय गुरुज्यूहरू,

ज्ञान, संस्कार, प्रेरणा र सही मार्गदर्शन प्रदान गर्दै हाम्रो जीवनलाई उज्यालो बनाइदिनुभएकोमा सम्पूर्ण आदरणीय शिक्षकहरूमा हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।

गुरु पूर्णिमाको पावन अवसरमा तपाईंहरूको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा निरन्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको अमूल्य मार्गदर्शन र प्रेरणाले हामीलाई असल विद्यार्थी, सक्षम सामाजिक कार्यकर्ता तथा जिम्मेवार नागरिक बन्न सदैव प्रेरित गरिरहोस् भन्ने कामना गर्दछौं।

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।
गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः॥

– BASW Club
Butwal Kalika Campus

🎉 समापन कार्यक्रम सम्पन्न 🎉BASW Club of Butwal Kalika Campus को आयोजनामा सञ्चालित तीनदिने Proposal Writing, Report Writi...
27/07/2026

🎉 समापन कार्यक्रम सम्पन्न 🎉

BASW Club of Butwal Kalika Campus को आयोजनामा सञ्चालित तीनदिने Proposal Writing, Report Writing तथा Case Study सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम BASW Club का अध्यक्ष श्री विवेक बस्याल को अध्यक्षतामा तथा सामाजिक कार्य विभाग प्रमुख श्री गणेश बहादुर पुन को प्रमुख आतिथ्यमा, प्राध्यापक ओसिन श्रेष्ठ को आतिथ्य एवं सम्पूर्ण विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको हो।

यस कार्यक्रमलाई सफल बनाउन अमूल्य सहयोग गर्नुहुने प्रमुख अतिथि, अतिथिज्यूहरू, प्रशिक्षकहरू, क्याम्पस प्रशासन, आईटी क्लब , BASW क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, र सहभागी विद्यार्थीहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धिका लागि BASW Club सधैं प्रतिबद्ध रहनेछ।

BASW Club of Butwal Kalika Campus

24/07/2026

Address

Ramnagar
Butwal

Telephone

+9779827532605

Website

Alerts

Be the first to know and let us send you an email when BASW CLUB of BKC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category