National Human Rights Commission of Nepal - Lumbini Province, NHRC Butwal

  • Home
  • Nepal
  • Butwal
  • National Human Rights Commission of Nepal - Lumbini Province, NHRC Butwal

National Human Rights Commission of Nepal - Lumbini Province, NHRC Butwal Welcome to the official page of the National Human Rights Commission (NHRC) Lumbini Province Office in Butwal, Rupandehi.

For more information, visit our website or contact us directly.

पिस नेपाल कपिलवस्तु तथा नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश र गाउँपालिका संघ लुम्बिनी प्रदेशको आयोजनामा मिति २०८३ भाद्र ...
24/08/2026

पिस नेपाल कपिलवस्तु तथा नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश र गाउँपालिका संघ लुम्बिनी प्रदेशको आयोजनामा मिति २०८३ भाद्र २ र ३ गते भैरहवा तथा भालुवाङ्गमा सम्बन्धित संघका कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागितामा बालमैत्री स्थानीय शासन तथा बालविवाहमुक्त प्रदेश अभियान सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख / सहसचिव सन्तोष आचार्यले बालमैत्री तथा बालविवाहमुक्त स्थानीय शासन विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । प्रस्तुतिकरणमा आयोगले बाल विवाह अन्त्यका लागि गरिरहेको राष्ट्रिय जाँचबुझका सम्बन्धमा समेत सहभागीहरुलाई जानकारी गराइएको थियो ।

मालसामान ढुवानी सेवाको लागि दरभाउपत्र आह्वान सम्बन्धी।https://lumbini.nhrcnepal.org/uploads/notice/दरभाउपत्र_निस्काशन_सू...
21/08/2026

मालसामान ढुवानी सेवाको लागि दरभाउपत्र आह्वान सम्बन्धी�https://lumbini.nhrcnepal.org/uploads/notice/दरभाउपत्र_निस्काशन_सूचना.pdf

माैजुदा सूची दर्ता गराउने सम्बन्धी सूचना । मिति २०८३-०४-२०
05/08/2026

माैजुदा सूची दर्ता गराउने सम्बन्धी सूचना ।
मिति २०८३-०४-२०

वार्षिक गतिविधि पुस्तिका आ.व. २०८२।०८३ (राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय, बुटवल)https://lumbini.nhrcn...
31/07/2026

वार्षिक गतिविधि पुस्तिका आ.व. २०८२।०८३ (राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय, बुटवल)
https://lumbini.nhrcnepal.org/uploads/publication/NHRC_Lumbini_Province_Book_Report_2082-083.pdf

आज मिति २०८३ साउन ११ गते राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलको सभाकक्षमा कार्यालय प्रमुख श्री सन्त...
27/07/2026

आज मिति २०८३ साउन ११ गते राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलको सभाकक्षमा कार्यालय प्रमुख श्री सन्तोष आचार्यको उपस्थितिमा सि.जी. सिमेन्ट ईन्डष्ट्रिज पाल्पा प्रा.लि.बाट उत्सर्जित रासायनिक पदार्थको कारणले स्थानिय समुदायको कृषियोग्य जमिन, पशुचौपायाको स्वास्थ्यमा समस्या देखिएको, उद्योगबाट निश्केको धुलोधुवा तथा ध्वनि प्रदुषणको कारण नागरिकको स्थास्थ्यमा प्रभाव परेको उजुरीको सम्बन्धमा उद्योगका प्रतिनिधिहरु, रैनादेवीछहरा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत विबेक रणपाल परियार तथा उजुरकर्ताहरु बिचमा छलफल कार्यक्रम संपन्न भयो।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल रूपन्देहीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक स्वत प्रकाशन...
23/07/2026

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल रूपन्देहीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक स्वत प्रकाशन(२०८३ बैशाख देखि २०८३ असार मसान्त सम्म)।
https://lumbini.nhrcnepal.org/uploads/publication/स्वत_प्रकाशन_चौथो_त्रैमासिक_२०८२2.pdf

राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय, बुटवलमा मिति २०८३ असार १ गते देखि एक महिना इन्टर्नशिपमा रह्नु भएका...
17/07/2026

राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय, बुटवलमा मिति २०८३ असार १ गते देखि एक महिना इन्टर्नशिपमा रह्नु भएका लुम्बिनी बौद्ध विश्वविद्यालयमा BALLB नवौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरु श्री दिक्षा ज्ञवाली, श्री आषिका घिमिरे, श्री रविना न्याैपाने, तथा श्री सम्प्रिति कंडेल लाई ईन्टर्नशिप समापन पश्चात मिति २०८३ साउन १ गते कार्यालयमा सम्पन्न भएको समारोहमा राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय, बुटवलका कार्यालय प्रमुख सन्तोष आचार्यले कार्यालयको तर्फबाट बिदाई गर्नुभयो। निज विद्यार्थीहरुको सुखद भविष्यको उत्तरोत्तर कामना छ।

राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय, बुटवलको कार्यालय प्रमुख सन्तोष आचार्यको अध्यक्षतामा राष्ट्रिय मानव...
17/07/2026

राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय, बुटवलको कार्यालय प्रमुख सन्तोष आचार्यको अध्यक्षतामा राष्ट्रिय मानव अधिकार आयोगले प्रकाशन गरेको "मानव बेचबिखनविरुद्धको मानव अधिकारको अवस्था सम्बन्धी राष्ट्रिय प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२) सम्बन्धमा तथा लुम्बिनी प्रदेशमा मानव बेचबिखनको वर्तमान अवस्था विषयक छलफल कार्यक्रम मिति २०८३ साल असार ३२ गते सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, विशिष्ट अतिथि रा.मा.अ.आयोगको माननीय सदस्य डा.लिली थापा, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, उच्च सरकारी वकिल कार्यालय बुटवलकाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ तथा नि.प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, सुरक्षानिकायका प्रतिनिधिज्यूहरु, विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरू, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। लुम्बिनी प्रदेशमा मानव बेचबिखनको वर्तमान अवस्था, चुनौती तथा न्यूनीकरणका उपायहरूबारे सहभागीहरूबीच छलफल तथा सुझाव आदानप्रदान भएको थियो।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित "बालविवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभाव" विषयक परामर्श कार्यक्रम २०८३ साल ...
16/07/2026

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित "बालविवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभाव" विषयक परामर्श कार्यक्रम २०८३ साल आषाढ ३१ गते दाङको राप्ती उपत्यका (देउखुरी) मा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा.लिलि थापाज्यूको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री भण्डारीलाल अहिरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । आयोगको लुम्बिनी प्रदेश कार्यालयका कार्यालय प्रमुख श्री सन्तोष आचार्यज्यूले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो भने आयोगको लैङ्गिक तथा सामाजिक समावेशिकरण महाशाखाका प्रमुख गीता कुमारी दाहालले प्रस्तुतीकरण राख्नुभएको थियो । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव श्री दिवाकर भण्डारी, लमही नगरपालिकाका उपप्रमुख श्री लक्ष्मी योगी, गढवा गाउँपालिकाका उपाध्यक्ष श्री शारदा कुमारी चौधरी, गैरसरकारी संस्था महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष श्री जित कुमारी बेल्बासे, बालिका दुलही होइनन् (Girls Not Brides) का अध्यक्ष श्री प्रकाश खतिवडालगायत मन्तव्य राख्नुभएको थियो ।

मिति २०८३ साल असार ११ गते कालिका मानवज्ञान माध्यमिक विद्यालयका कक्षा ११ र १२ कानून संकायमा अध्ययनरत विद्यार्थीहरूसँग राष...
29/06/2026

मिति २०८३ साल असार ११ गते कालिका मानवज्ञान माध्यमिक विद्यालयका कक्षा ११ र १२ कानून संकायमा अध्ययनरत विद्यार्थीहरूसँग राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय, बुटवलमा मानव अधिकारसम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको स्थापना, उद्देश्य, काम, कर्तव्य तथा अधिकार, मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा आयोगको भूमिका, उजुरी दर्ता तथा अनुसन्धान प्रक्रिया, साथै नेपालमा मानव अधिकारको वर्तमान अवस्था लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when National Human Rights Commission of Nepal - Lumbini Province, NHRC Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share