DPO JHAPA, NEPAL

DPO JHAPA, NEPAL Welcome to District Police Office, Jhapa Offcial page, For Emergencies, Dial 100 For Police Support.

"सत्य सेवा सुरक्षणम् "
अपराधरहित समाजको सुनिश्चितता, नेपाल प्रहरीको प्रतिबद्धता, समाजमा शान्ति सुरक्षा कायम राखि जनताको जीउधनको सुरक्षा, अमन, चयन, अपराध रोकथाम, नियन्‍त्रण गरी स्वच्छ, समृद्ध, समुन्नत र अपराधरहित समाज निर्माण र झन्झटरहित प्रहरी सेवा प्रबाहमा जिल्ला प्रहरी कार्यालय सदैब कटिबद्ध रहने छ ।

सवारी दुर्घटनामा परी १ जना को मृत्यु ...
03/09/2026

सवारी दुर्घटनामा परी १ जना को मृत्यु ...

स्वास्थ्य उपचारको नाममा भ्रम फैलाएको आरोपमा ४१ जना नियन्त्रणमा ......
03/09/2026

स्वास्थ्य उपचारको नाममा भ्रम फैलाएको आरोपमा ४१ जना नियन्त्रणमा ......

अवैध हातहतियार र अखेटोपहार सहित मानिस नियन्त्रणमा ......
02/09/2026

अवैध हातहतियार र अखेटोपहार सहित मानिस नियन्त्रणमा ......

लागू औषध विरुद्ध झापा अभियान (JAAN)” अन्तर्गत Poster Campaign कार्यक्रम सम्पन्न :**********-----------------------------...
01/09/2026

लागू औषध विरुद्ध झापा अभियान (JAAN)” अन्तर्गत Poster Campaign कार्यक्रम सम्पन्न :
**********
--------------------------------
भदौ २२ , जिल्ला प्रहरी कार्यालय झापा ।
जिल्ला प्रहरी कार्यालय झापाद्वारा शुभारम्भ गरिएको Jhapa Action Against Narcotics (JAAN)–२०८३ अभियान अन्तर्गतका चार प्रमुख रणनीतिक कार्यक्रमहरू मध्ये एक Poster Campaign कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आज मिति २०८३/०५/१६ गते जिल्ला झापा कमल गाउँपालिकाको सभाहलमा कमल गाउँपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा Poster Campaign कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँलिकाका अध्यक्ष हुकुम सिंह राइको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का ज्यूद्वारा गाउँपालिका अध्यक्षलाई अभियान सम्बन्धी पोस्टर हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, जनप्रतिनिधिहरू, प्रहरी अधिकृत, सञ्चारकर्मी तथा शैक्षिक संस्थाका प्रमुखहरू लगायत करिब ५०/६० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमले लागू औषध दुर्व्यसन नियन्त्रण तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

लागूऔषधविरुद्ध झापा अभियान (JAAN-२०८३) अन्तर्गत Poster Campaign कार्यक्रम सम्पन्नझापा, २०८३/०५/१५ गते।जिल्ला प्रहरी कार्...
31/08/2026

लागूऔषधविरुद्ध झापा अभियान (JAAN-२०८३) अन्तर्गत Poster Campaign कार्यक्रम सम्पन्न
झापा, २०८३/०५/१५ गते।
जिल्ला प्रहरी कार्यालय, झापाद्वारा शुभारम्भ गरिएको Jhapa Action Against Narcotics (JAAN–२०८३) अभियानअन्तर्गत सञ्चालन भइरहेका चार प्रमुख रणनीतिक कार्यक्रममध्ये एक Poster Campaign कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आज झापाका दुई स्थानीय तहमा पोस्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा दमक नगरपालिका र गौरादह नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। बिहान ११:०० बजे दमक नगरपालिकाको सभाहलमा तथा दिउँसो ३:०० बजे गौरादह नगरपालिकाको सभाहलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो।
दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा तथा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सम्बन्धित नगर प्रमुखहरूलाई JAAN–२०८३ अभियानअन्तर्गत तयार पारिएका जनचेतनामूलक पोस्टरहरू हस्तान्तरण गर्दै Poster Campaign को औपचारिक शुभारम्भ गर्नुभएको थियो।
कार्यक्रममा सम्बन्धित नगरपालिकाका जनप्रतिनिधि, प्रहरी अधिकृत तथा कर्मचारी, सञ्चारकर्मी, विभिन्न शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत करिब ९०/९५ जनाको सहभागिता रहेको थियो।
Poster Campaign मार्फत लागूऔषधको प्रयोग तथा दुर्व्यसनबाट हुने सामाजिक, पारिवारिक र व्यक्तिगत असरबारे आम नागरिकमा सचेतना अभिवृद्धि गर्ने, विशेषगरी युवा तथा विद्यार्थीहरूलाई लागूऔषधबाट टाढा रहन प्रेरित गर्ने तथा समुदायस्तरमा लागूऔषध नियन्त्रणका लागि सामूहिक सहभागिता र सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्य राखिएको छ।
JAAN–२०८३ अभियानअन्तर्गत सञ्चालन भइरहेको यस अभियानले लागूऔषध दुर्व्यसन नियन्त्रण, रोकथाम तथा समुदायमा जनचेतना अभिवृद्धि गर्दै सुरक्षित र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

जिल्ला प्रशासन कार्यालय झापाको सुचना..........
30/08/2026

जिल्ला प्रशासन कार्यालय झापाको सुचना..........

27/08/2026
मानव बेचबिखन तथा ओसारपसार कसुरमा २ जना पक्राउ ।
24/08/2026

मानव बेचबिखन तथा ओसारपसार कसुरमा २ जना पक्राउ ।

वडा कार्यालयमा चोरी गर्ने १ जना पक्राउ ।
23/08/2026

वडा कार्यालयमा चोरी गर्ने १ जना पक्राउ ।

Address

Jhapa
Chandragadhi
57203

Alerts

Be the first to know and let us send you an email when DPO JHAPA, NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DPO JHAPA, NEPAL:

Shortcuts

Share