राष्ट्रिय स्वतन्त्र पार्टी डुङ्गेश्वर ०१ सचिवालय

  • Home
  • Nepal
  • Dailekh
  • राष्ट्रिय स्वतन्त्र पार्टी डुङ्गेश्वर ०१ सचिवालय

राष्ट्रिय स्वतन्त्र पार्टी डुङ्गेश्वर ०१ सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय स्वतन्त्र पार्टी डुङ्गेश्वर ०१ सचिवालय, Political Party, Dailekh.

राष्ट्रिय स्वतन्त्र पार्टी, डुङ्गेश्वर गाउँपालिका, दैलेखको पालिका समिति बैठक महत्वपूर्ण छलफल र उत्साहका साथ सम्पन्न भएको...
07/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, डुङ्गेश्वर गाउँपालिका, दैलेखको पालिका समिति बैठक महत्वपूर्ण छलफल र उत्साहका साथ सम्पन्न भएको छ।
बैठकमा संगठनलाई अझ बलियो र व्यवस्थित बनाउने, वडा/टोल तहसम्म सक्रियता बढाउने, जनतासँग प्रत्यक्ष संवाद र सम्बन्ध विस्तार गर्ने तथा आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरिएको छ।
हामी विश्वास गर्छौँ
सकारात्मक सोचले अभियान जन्माउँछ,
संगठित प्रयासले परिवर्तन ल्याउँछ,
र इमानदार नेतृत्वले समाज बदल्छ।
अब गुनासो होइन, समाधानको राजनीति।
अब भाषण मात्र होइन, कामको राजनीति।
अब व्यक्तिगत स्वार्थ होइन, जनताको हितको राजनीति।

06/09/2026

🌅 Good Morning Dungeshwor! 🇳🇵
नयाँ बिहानसँगै नयाँ सोच, नयाँ ऊर्जा र नयाँ संकल्प गरौँ।
अब राजनीति केवल चुनाव जित्ने माध्यम होइन जनताको आवाज सुन्ने, समस्या बुझ्ने र समाधान दिने जिम्मेवारी हो।
📚 अध्ययनशील नेतृत्व
🤝 जवाफदेही राजनीति
💡 नयाँ सोच
🌱 दिगो विकास
🇳🇵 सुशासन र समृद्ध डुङ्गेश्वर
हामी बदलिन तयार भयौँ भने,
डुङ्गेश्वर बदलिन धेरै समय लाग्दैन।
परिवर्तनको सुरुवात आफैँबाट गरौँ।
डुङ्गेश्वरको भविष्यका लागि आजैदेखि जुटौँ।

#रास्वपा #डुङ्गेश्वर #सुशासन #जवाफदेहिता #परिवर्तन #नयाँराजनीति #समृद्धडुङ्गेश्वर

31/08/2026
30/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको लागि रकम पठाउनु अघि खाता, QR वा लिंक आधिकारिक हो वा होइन भन्ने सुनिश्चित गर्नुहोस्। नक्कली QR, लिंक, बैंक खाता वा सामाजिक सञ्जालबाट हुने ठगीबाट सावधान रहनुहोस्।

29/08/2026
29/08/2026

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ।
आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। बिहानदेखि यति बेलासम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।
अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्‍याइँदैछ।
छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउनेछ।
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ।
ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ।
उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्।
आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

29/08/2026

अत्यन्त जरुरी सूचना ।
सूचना प्रविधि शाखा
डुङ्गेश्वर गाउँपालिका, दैलेख ।
Email ID: [email protected]
Mobile Apps: Dungeshwor Rural Municipality
Website: www.dungeshwormun.gov.np
page: डुङ्गेश्वर गाउँपालिका, दैलेख-Dungeshwor Rural Municipality, Dailekh

26/08/2026

वि.सं. २०८३ भदौ १०
ने.सं. ११४६ गुंलाथ्व त्रयोदशी

विज्ञप्ति

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा पुगेको क्षति र यसको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भनी बाढी पूर्वानुमान शाखाले जारी गरेको चेतावनीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्रहरू यतिबेला उच्च जोखिममा रहेकाले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न हामी सरकार, स्थानीय प्रशासन र आम नागरिकमा विशेष आह्वान गर्दछौं।

बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरूलाई उच्च सतर्कताका साथ परिचालन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँछौं। जोखिमपूर्ण तटीय बस्तीहरूका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्दछ।

यस विपद्को संवेदनशील घडीमा, नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न पनि हामी हार्दिक अपील गर्दछौं। अवस्था सामान्य नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक सम्बन्धित नदी तटीय सडकहरूमा कुनै पनि प्रकारको यात्रा नगर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध छ।

कुनै पनि आपतकालीन अवस्था सिर्जना भएमा तत्काल नेपाल प्रहरीको टोल-फ्री नम्बर १०० र आपतकालीन नम्बर १२३४ मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ। साथै, जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सेवामा सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यहरूलाई निर्देश गरिन्छ।

विपिन कुमार आचार्य
महामन्त्री

02/01/2026

वि.सं. २०८२ पौष १६
ने.सं. ११४६ पोहेलाथ्व द्वादशी

सूचना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरुबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेश भएको हो ।

उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराइन्छ । अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १०:०० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ।
धन्यवाद ।
पार्टी सचिवालय

Address

Dailekh
DUNGESHWOR

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी डुङ्गेश्वर ०१ सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share