19/08/2026
आज लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेज्यू को उपस्थितिमा प्रदेशमा Health Emergency Workforce–HEW को Surge Planning तथा Workforce Mapping सम्बन्धी छलफल सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश तथा स्वास्थ्य निर्देशनालयका पदाधिकारीहरू, WHO-SEARO, WHO Country Office तथा WHO Provincial Team का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा WHO-SEARO का Dr. W.L. Sugandhika Padmini Perera र Dr. Sourabh Sinha ले Global Health Emergency Corps (GHEC) तथा WHO South-East Asia Health Emergency Workforce Strategy 2025–2030 सम्बन्धी प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनीका स्वास्थ्य प्रशासक डा. अच्युत शर्मा न्यौपानेले लुम्बिनी प्रदेशको स्वास्थ्य आपतकालीन अवस्था व्यवस्थापनका चुनौती तथा प्राथमिकताबारे प्रस्तुति गर्नुभयो। WHO-SEARO टोलीले नेपालको स्वास्थ्य आपतकालीन तयारीमा भएका प्रयासहरूको प्रशंसा गर्दै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्सयञ्चालन केन्द्र (PHEOC) को स्थापना तथा सञ्चालनलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्यो।
WHO-SEARO टोलीले नेपालको स्वास्थ्य आपतकालीन तयारीमा भएका प्रयासहरूको प्रशंसा गर्दै विशेषगरी Provincial Health Emergency Operations Centre (PHEOC) को स्थापना तथा सञ्चालनलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको थियो।
यसै क्रममा माननीय मुख्यमन्त्री चेतनारायण आचार्यसँग छुट्टै छलफल गरी प्रदेशको स्वास्थ्य आपतकालीन तयारी, कार्यबल परिचालन तथा WHO सँगको निरन्तर प्राविधिक सहकार्यलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको थियो।