04/11/2022
एथार्थ
न कुनै ज्ञान , न कुनै सीप, न त कुनै कला
किन होला सथीभाइ ,दिदीबहिनि यत्रो हल्ला खल्ला
म परे १२ कक्षा फेल हेर मेरो कात्रो छ चुरी फुरि
अलिकती पढेलेखेको भए चल्थ्यो यहाँ ठुलै हुरि
के गर्नु देशको अवस्था , टाठो बाठो सबै बिदेश
म जस्ता गोवर गणेशहरुकै मात्र हुने भयो यो देश
ठुला गफ न हाकौ हामी ,देश मै केही गर्छौ भनी
जापान , अमेरिका भन्दै प्रयास गरेकै हु मैले पनि
न त जापान , न त अमेरिका कसैले मलाइ पताएनन
दुबइ , कतार , साउदी जा है छोरा भनी बा ले सताएनन
सम्पती त छ नै धेरै हजुर नेपालमै बा को
केही उपाए न लागेरै हजुर म व्यापारी भा को
व्यापार गर्दै गए पछि देखे पैसा मैले
ठिकै गरे जस्तो लाग्छ नपढेर अहिले
धेरै दुख कस्ट गरि मित्रहरु बिद्वान भए पनि
५० हजारको लागि खटेकै छन दिनरात नभनी
सस्तो किन्छु , महङ्गो बेच्छु ब्रान्डेड भनी भनि
मात्र ५० हजार त दिनकै गन्छु खनखनि
पढी लेखी केही फाइदा छैन हाम्रो देशमा
बिद्वान जति सबै बसाइ सरिसके परदेशमा
टिठ लाग्छ आज तिम्रो हेरि हेरि त्यो हरि बिजोक
अवस्था तिम्रो देखेरै मनाउदै छु मैले पनि शोक
स्कुल पढ्ने बेला ल्याउथेउ धेरै राम्रो नम्बर
हेर एथार्थ जीबनमा त तिमी भन्दा म नै १ नम्बर
कक्षा ८ मा पढ्दा मैले खान्थे २ ,३ वटा ठूलो ठूलो आलु
अहिले भार धेरै परेर त हैन साथी २६को उमेरमै भएछौ टालु ?
राम्रो खान्छु, ब्रान्डेड लाउछु , चड्छु म त प्लेन
धेरै पुरानो भयो स्कूटर तिम्रो किन आर्को सेकेनहेन
के गर्ने यस्तै छ हाम्रो देशको रिति , रिवाज र चलन
मुर्खको त राज चल्छ बिद्वानको शोषण अनि हनन