27/08/2026
कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेसीमा बजार अनुगमन
हालै भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा,नुवाकोट,धादिंग,चितवन लगायत विभिन्न जिल्लाहरूमा भौतिक,आर्थिक तथा मानवीय क्षति भएको छ। यस प्राकृतिक विपद्का कारण दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामग्रीहरूको आपूर्ति प्रणालीमा समेत केही असहजता देखिएको अवस्था छ।
धादिंग का विभिन्न स्थान मा रहेका पुलहरु बगाएपछि धादिङबेसीसँगको सडक सम्पर्क अवरुद्ध भएको अवस्थामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, अनावश्यक मूल्यवृद्धि र कालोबजारी हुन नदिन बजार अनुगमन गरिएको छ।बजार अनुगमनमा प्रमुख प्रशाशकीय अधिकृत हरिदत्त कडेल, वडा न ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, जिल्ला प्रशासन,जिल्ला प्रहरी,उपभोक्ता हित संरक्षण मन्च,उद्योग बाणिज्य संघ धादिङ,पत्रकार महासंघ,धादिङ चेम्बर अफ कर्मश,राष्ट्रिय उपभोक्ता मन्चका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विपद्को यस कठिन घडीमा सबै सरोकारवाला पक्षले संयमता, जिम्मेवारी र सामाजिक उत्तरदायित्वका साथ कार्य गरी नागरिकको सहज जीवनयापनमा सहयोग पुर्याउनु हुनेछ भन्ने अपेक्षा गरिएको छ।