12/08/2026
धादिङकी सांसद आशिका तामाङको लेख:
सांसद भए पछि जनताको काम गर्न सजिलो होला भनेर सोचेको थिए, तर यहाँ त एउटा काम गराउन मन्त्री र सचिवको ढोका कति पटक धाउनु पर्ने हो म ?? कम्बोडियामा निधन भएका धादिङ धुनिबेशी नगरपालिका 9 का सन्तोष राईको शव नेपाल ल्याउन भनेर सदनमा बोलेको आज 2 महिना भइसक्यो ! कार्यविधि बनाइदिनु भनेर सम्बन्धित मन्त्रालय धाएको 27 दिन बितिसक्यो ! बजेट छ, पैसा छ तर कार्यविधि छैन रे ! परराष्ट्र मन्त्री लाई सदनमा भेटेर सोध्दा अ पनि छैन ह पनि छैन बिल्कुल चुपचाप ! अब म त्यो परिवारलाई के भनेर जवाफ दिउँ, श्रीमती चाहिँले हरेक दिन फोन मा मेरो श्रीमानको लास कहिले आउछ दिदी भनेर रुन्छिन् 😣तपाईंको मान्छेको शव ल्याउन सरकारको एउटा कार्यविधि बनाइदेको छैन भनेर कति दिन मैले सम्झाउने ??