15/05/2026
आज मिति २०८३ साल जेठ १ गते, साँगुरीगढी गाउँपालिकाको अध्यक्ष श्री जितेन्द्र राईज्यूको अध्यक्षता तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारी टिमको उपस्थितिमा, भेडेटार प्रहरी चौकीमा कार्यरत रहनु भएका प्रहरी निरीक्षक श्री महेश भट्टराईज्यू नेपाल प्रहरी सेवाबाट सेवानिवृत्त हुनु भएको अवसरमा "फेरि भेटौला तथा विदाई कार्यक्रम" सम्पन्न भएको छ। साथै यस अवसरमा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष श्री जितेन्द्र राई ज्यूबाट उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझै सुख, शान्ति, र सफलताको शुभकामना व्यक्त गरिएको छ।