08/03/2026
आजको परिणामलाई हामी शान्त मनले स्वीकार्छौँ। लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम निर्णय हो, र हामी त्यसलाई सम्मान गर्छौँ।
पहिलो प्रयासमै पाँचथरवासीले दिनुभएको माया, विश्वास र समर्थनका लागि हृदयदेखि नै धेरै–धेरै धन्यवाद।
हामीलाई विश्वास गरेर मत दिनु भएकोमा पाँचथरवासी सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। यो समर्थन परिवर्तनको चाहनाको स्पष्ट संकेत पनि हो।
१८ घण्टा लोडसेडिङ अन्त्य गर्ने कुलमान घिसिङजस्तो व्यक्तिलाई पनि समाजले जिताउन नसक्नु हाम्रो राजनीतिक यथार्थ हो। तर यसले हामीलाई निराश होइन, अझ दृढ भएर राजनीतिक परिवर्तनका लागि लड्ने प्रेरणा दिन्छ।
इतिहासले सिकाउँछ—हार अन्त्य होइन, सफलताको सुरुवात हो।
हामी हार मान्नेहरू होइनौँ, हामी त परिवर्तनका लागि लड्ने योद्धा हौँ।
अझ संगठित, अझ बलियो भएर फेरि फर्किनेछौँ।
धन्यवाद पाँचथर! 🙏