07/08/2026
मिति २०८३/०४/२२ गते बागमती प्रदेश सरकारका श्रीमान् प्रमुख सचिव कमल प्रसाद भट्टराईज्यूबाट उद्योग,वाणिज्य तथा पर्यटन कार्यालय,काभ्रेको निरिक्षण सम्पन्न भयो।उक्त निरिक्षणका क्रममा कार्यालयको सेवा प्रवाह एवं कार्यसम्पादनका विषयमा कार्यालय प्रमुख श्री रबिन घिमिरेले संक्षिप्त प्रस्तुतिकरण गर्नुभयो।श्रीमान् प्रमुख सचिवज्यूबाट कार्यालयको एकद्वार सेवा प्रणाली(One stop Services),सेवाग्राही कक्ष,कर्मचारी कार्यसम्पादन कक्ष,फाइल व्यवस्थापन कक्षको अनुगमन गरी सेवा प्रवाहका विषयमा गरेको सुधारका लागि धन्यवाद व्यक्त गर्दै उद्यमशीलता विकास तथा उपभोक्ता हकहित संरक्षणका लागि थप कार्यक्रमहरु सञ्चालन गर्न सुझाव समेत प्रदान गर्नु भयो।उक्त कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,बागमती प्रदेशका महाशाखा प्रमुख श्री असिम घिसिङ लामाज्यू,उपसचिव श्री कृष्ण प्रसाद सुवेदीज्यू,झ्याम्बल कृषि फर्म,बनेपा,काभ्रेपलाञ्चोकका प्रोपाइटर श्रीकृष्ण लामाज्यू एवं कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।