25/08/2026
📢 सर्भे साहित्य सभा–२०८३
सर्भे दिवस–२०८३ को उपलक्ष्यमा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रद्वारा “सर्भे साहित्य सभा–२०८३” आयोजना गरिँदैछ।
सर्भे तथा जियोम्याटिक्स क्षेत्रसँग सम्बन्धित आफ्ना मौलिक साहित्यिक सिर्जनाहरू प्रस्तुत गर्न इच्छुक सर्जकहरूबाट रचना आमन्त्रण गरिएको छ।
✍️ सिर्जनाका विधाहरू:
कविता, गीत, गजल, हाइकु, देउडा तथा सर्भे र जियोम्याटिक्स क्षेत्रसँग सम्बन्धित अन्य साहित्यिक रचना
📅 रचना पठाउने अन्तिम मिति:
२०८३ भाद्र १५ गते
📌 कार्यक्रम मिति:
२०८३ भाद्र १७ गते, बुधबार
📍 स्थान:
सभा हल, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेल
📞 सम्पर्क व्यक्ति:
प्रशिक्षक भुवन सिंह बिष्ट
९८४३६१०२६६
सर्भे तथा जियोम्याटिक्स क्षेत्रका अनुभव, ज्ञान, भावना र सिर्जनात्मक अभिव्यक्तिलाई साहित्यका माध्यमबाट साझा गर्ने यस अवसरमा सम्बन्धित सबैको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।
कार्यक्रमको समय तथा अन्य विस्तृत विवरण पछि जानकारी गराइनेछ।
आयोजक:
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र
धुलिखेल, काभ्रेपलाञ्चोक
#सर्भेसाहित्यसभा२०८३ #सर्भेदिवस२०८३