04/06/2026
CAP निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न,
मिति:-२०८३/०२/२१ गते।
तालुक नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवाल ज्यूबाट मिति २०८३/०२/२१ गते यस जिल्ला प्रहरी कार्यालय रसुवाको (CAP-IV) अनुमगन तथा निरीक्षण सम्पन्न भएको छ । उक्त अनुगमन तथा निरीक्षणको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवाल ज्यूबाट अपराध नियन्त्रण तथा अनुसन्धान शाखा, हिरासत कक्ष, सामुदायिक शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको अवलोकन गर्नु भई आवश्यक निर्देशन दिनु भएको थियो ।