बागवानी विकास केन्द्र, बोच, दोलखा

  • Home
  • Nepal
  • Dolakha
  • बागवानी विकास केन्द्र, बोच, दोलखा

बागवानी विकास केन्द्र, बोच, दोलखा .....कृषकहरूको सेवामा समर्पित......

नेपालका दुर्गम पहाडी भू-भागहरुमा बागवानी क्षेत्रसँग सम्बन्धित सेवा तथा प्रविधिहरू विस्तार गर्ने उद्देश्यसाथ वि.सं. २०३४ सालमा स्विस सरकारको सहयोगमा सञ्चालित सघन पहाडी विकास आयोजना (Integrated Hill Development Project) अन्तर्गत दोलखा जिल्लाको बोँच गा.वि.स., वडा नं ०५ मा कृषि फार्मको नामले यस केन्द्रको स्थापना भएको ऐतिहासिक पृष्ठभूमि देखिन्छ । करिव १० वर्ष सघन पहाडी विकास आयोजना (IHDP) अन्तर्गत सञ्च

ालन हुँदै आएकोमा वि.सं. २०४५ सालमा यस केन्द्र नेपाल सरकारलाई हस्तान्तरण भएको थियो र तत्पश्चात बागवानी केन्द्र, बोँचको नामले यस केन्द्रले आफ्ना सेवाहरू प्रवाह गर्दै आईरहेको थियो । वि.सं. २०६१ सालमा तत्कालिन कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका निकायहरुको संगठनात्मक संरचना परिवर्तन गरिँदा यस केन्द्रको नामाकरण हालको शीतोष्ण फलफूल रुटस्टक विकास केन्द्र रहन गएको हो ।

हाललाई यस केन्द्रको कमाण्ड क्षेत्र दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्ला तोकिएको छ । हालको संघिय संरचनामा यस केन्द्रले बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत आफ्नो सेवा प्रवाह गर्दै आईरहेको छ ।

बागवानी विकास केन्द्र, बोच, दोलखाद्वारा प्रकाशित किवीफल खेती प्रविधि सम्बन्धि प्राविधिक लिफलेटहरुः
02/07/2026

बागवानी विकास केन्द्र, बोच, दोलखाद्वारा प्रकाशित किवीफल खेती प्रविधि सम्बन्धि प्राविधिक लिफलेटहरुः

संघिय संरचनामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको स्थापना भई देशमा अनुसन्धान तथा परिक्षणका लागि काम अगि बढाउनु ...
18/06/2026

संघिय संरचनामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको स्थापना भई देशमा अनुसन्धान तथा परिक्षणका लागि काम अगि बढाउनु पर्छ भन्दै गर्दा हामीले पनि आफूले सक्ने कोसिस निरन्तर गरिरहेका छौं । हालको समयमा कृषि क्षेत्रमा विश्व बजारमा आणविक स्तरमा अनुसन्धान तथा परिक्षण हुदै गर्दा हामीले त्यो स्तरमा काम गर्न नसकेतापनि आफ्नो क्षेत्राधिकारमा पर्ने गरि बागवानी विकास केन्द्र, बोच, दोलखामा यस वर्ष किवीफलमा जातका चारित्रिक गुणहरुको अध्ययन सहित ४ वटा परिक्षणात्मक कार्य अगि बढाएका छौं ।

केन्द्रमा रहेका ६ वटा हरियो गुदी भएका र १ वटा पहेँलो गुदी भएका किवीफलका जातहरुको वृद्दी विकासको अवस्थाको परिक्षणात्मक कार्य अगि बढाएका छौं । हाल सम्म आउँदा विभिन्न जातका फलहरुको अवस्थाको तस्वीर यस प्रकारको रहेको देख्न सकिन्छ ।

यस बागवानी विकास केन्द्र, बोच, दोलखाको खाली जमिनको अधिकतम् सदुपयोग गर्ने, आलु खेती गर्ने किसानको बीउ आलुको मागलाई केहि म...
11/06/2026

यस बागवानी विकास केन्द्र, बोच, दोलखाको खाली जमिनको अधिकतम् सदुपयोग गर्ने, आलु खेती गर्ने किसानको बीउ आलुको मागलाई केहि मात्रामा भएपनि सहयोग गर्ने र आलुबाली बिकास केन्द्र निगालेसँग समन्वय गर्ने उद्देश्य सहित आ. व. २०८२/८३ मा करिब २५ रोपनी क्षेत्रफलमा बीउ आलु रोपण गरेका थियौँ। यसरी रोपण गरिएको आलु मध्य चर्नावती जोनको बीउ उत्पादन ब्लकबाट बीउ आलु उत्खनन सुरू गरेका छौँ ।

बालीः आलु
जातः रोजिटा
बीउको स्तरः पहिलो पुस्ता
बीउको श्रोतः आलुबाली बिकास केन्द्र निगाले, सिन्धुपाल्चोक

जोनः गौरीशंकरब्लकः बीउ उत्पादन ब्लक ३बालीः रायोजातः मार्फा चौडापातबीउको स्तर: मूल बीउबीउको श्रोतः शितोष्ण बागवानी केन्द्...
08/06/2026

जोनः गौरीशंकर
ब्लकः बीउ उत्पादन ब्लक ३
बालीः रायो
जातः मार्फा चौडापात
बीउको स्तर: मूल बीउ
बीउको श्रोतः शितोष्ण बागवानी केन्द्र, मार्फा, मुस्ताङ
स्थानः बागवानी विकास केन्द्र, बोच, दोलखा

स्थलतग घुम्ती तालिम ...यस बागवानी विकास केन्द्र, बोच, दोलखाको किवीफल खेति प्रविधि सम्बन्धी १ दिने स्थलगत घुम्ती तालिम मि...
06/06/2026

स्थलतग घुम्ती तालिम ...
यस बागवानी विकास केन्द्र, बोच, दोलखाको किवीफल खेति प्रविधि सम्बन्धी १ दिने स्थलगत घुम्ती तालिम मिति २०८३/०२/२२ गतेका दिन भोटेकोशी गाँउपालिका वडा नम्बर १, सेमुङ, सिन्धुपाल्चोकमा सम्पन्न गरेका छौँ। स्थलगत तालिम सञ्चालन गर्न सहजीकरण गर्नुहुने भोटेकोशी गा. पा., कृषि विकास शाखा परिवारलाई धन्यवाद दिन चाहन्छौँ।

यस केन्द्रका पूर्व प्रमुख एवम् बागवानी विज्ञ आदर्णीय Chandraman Shrestha सर यस केन्द्रमा आएर हालको अवस्था बारे बुझ्दै भा...
04/06/2026

यस केन्द्रका पूर्व प्रमुख एवम् बागवानी विज्ञ आदर्णीय Chandraman Shrestha सर यस केन्द्रमा आएर हालको अवस्था बारे बुझ्दै भावी दिनमा विषेतः किवीफलमा गर्नुपर्ने कामका बारेमा छलफल गर्नु भएकोछ । किवीफलको र यस केन्द्रको इतिहास बारे सबैकुरा प्रस्टपारी भावी दिनमा गर्नैपर्ने कामहरूको बारे सरसल्लाहा दिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहान्छौं।

संघिय सरकार र स्थानीय सरकार सँग सहकार्य...कृषि सूचना तथा प्रशिक्षणकेन्द्रको अगुवायीमा हाल देशैभरि सञ्चालित किसान सूचीकरण...
04/06/2026

संघिय सरकार र स्थानीय सरकार सँग सहकार्य...

कृषि सूचना तथा प्रशिक्षणकेन्द्रको अगुवायीमा हाल देशैभरि सञ्चालित किसान सूचीकरण कार्यक्रम सम्बन्धी १ दिने अभिमुखी कार्यक्रम बिगु गाउँपालिका सिँगटीमा सहजीकरण गरि सम्पन्न गरेका छौँ । विगु गाँउपालिकाका कृषि तथा पशुसेवा शाखाका कर्मचारीहरु र सहजकर्ताहरूसँग किसान सूचीकरणबारे आवश्यक छलफल गरि कार्यक्रम सम्पन्न गरियो ।

कृषि स्नातकको रुपमा यस बागवानी विकास केन्द्र, बोच, दोलखामा विगत पाँच महिनादेखि खटिनुभएका भाइबहिनीहरू उषा दाहाल, Shobik A...
02/06/2026

कृषि स्नातकको रुपमा यस बागवानी विकास केन्द्र, बोच, दोलखामा विगत पाँच महिनादेखि खटिनुभएका भाइबहिनीहरू उषा दाहाल, Shobik Aryal र Ashma Dharel लाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछौँ।

परिक्षणात्मक कार्ययस केन्द्रको गौरीशंकर जोनमा रहेको किवीको माउबोट ब्लकमा रहेका २४ वटा मोन्टी जातका बिरुवामा कृत्रिम पराग...
02/06/2026

परिक्षणात्मक कार्य

यस केन्द्रको गौरीशंकर जोनमा रहेको किवीको माउबोट ब्लकमा रहेका २४ वटा मोन्टी जातका बिरुवामा कृत्रिम परागसेचन (Artificial Pollination) र फूल छाट्ने (Flower thinning) कार्यले किवीफलमा पार्ने असरको अध्ययन सुरुवात गरेका छौं । जसमा तपसिल अनुसारका treatment र replication रहेका छन् ।

Factor 1: Artificial Pollination
Flower Touching Method
Dry Pollen Application Method
Wet Pollen Application Method
Control

Factor 2: Flowering Thinning
Lateral Flower thinning
Control

Total Replication: 3
Total treatment: 8
Research Design: Randomized Complete Block Design
Total Plants: 24
Variety: Monty (Female, Green Flesh Kiwi Variety)

Address

Boanch
Dolakha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when बागवानी विकास केन्द्र, बोच, दोलखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बागवानी विकास केन्द्र, बोच, दोलखा:

Shortcuts

Share