Shikhar-Doti, Nepal

Shikhar-Doti, Nepal हाम्रो डोटी राम्रो डोटी.....!!😻👊 Shikhar is Municipality of Doti District. Shikhar-Doti is located in Sudurpashchim Province,(Far West) Nepal.

Talkot is the Capital of Shikhar. It is surrounded by Dipayal Silgadhi Municipality, K.I. Singh Rural Municipality to the East, Dadeldhura District to the West, Jorayal Rural Municipality, Badikedar Rural Municipality to the South and Dipayal Silgadhi Municipality, Aadarsh Rural Municipality (Pashchimchauki) to the North. The total area of Shikhar Municipality is 285.35 sq. km (110.18 sq mi) and a

ccording to National Census B.S 2078, the total population of this Municipality is 30,399. The main markets of this Municipality are Gobghat, Kalagad, Luwakhadi, Adeul, Dhurkot, Koral Khola Bazar etc. This Municipality is made up of former Kapalleki, Mudegaun, Mudbhara, Tijali, Pachanali, Latamandu, Jijodamandu, Banlek and Barapata VDC. There are total 11 wards in this Municipality.

डोटीको शिखर नगरपालिकाले बाढीपीडितका लागि थप २० लाख सहयोग गर्नेनगर कार्यपालिकाको बैठकले बाढीपीडितलाई राहत तथा उद्धारका ला...
03/09/2026

डोटीको शिखर नगरपालिकाले बाढीपीडितका लागि थप २० लाख सहयोग गर्ने

नगर कार्यपालिकाको बैठकले बाढीपीडितलाई राहत तथा उद्धारका लागि थप २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यसअघि दुई लाख रुपैयाँ सहयोग गर्ने बताएको थियो ।

डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि थप २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकले बाढीपीडितलाई राहत तथा उद्धारका लागि थप २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ ११ मा नगरपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने बताएको थियो ।

पछिल्लो बैठकले नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाअन्तर्गतका कार्यालय, विद्यालय, स्वाथ्य संस्थामा कार्यरत स्थायी, करार, ज्यालादारी कर्मचारी, स्वाथ्यकर्मी तथा शिक्षकहरूको भदौ महिनाको तलबबाट हुन आउने २२ लाख रुपैयाँ उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरपालिका प्रमुख दीर्घवहादुर बलायरले जानकारी दिए ।

यस्तै, रसुवा बाढीमा परी सम्पर्कविहीन भएका शिखर नगरपालिका–४ का दीपक महराको खोजी र उद्धारमा सहयोग पुर्‍याउन परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्नेसमेत नगरपालिकाले निर्णय गरेको छ ।

साच्चै भन्नुपर्दा शिखर नगरपालिका , डोटीले पहिलो पटक मन जितेको छ । धेरै धेरै धन्यवाद, शिखर सरकार....!!❤️🙏

Follow For More....

30/08/2026

धन्यवाद डोटीका स्थानीय सरकार.....!!🙏


Follow For More.....

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना..!!❤️🙏Follow For More......
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना..!!❤️🙏

Follow For More......

कामको सिलसिलामा रसुवा जानु भएका शिखर न.पा- ४ भडीपातल घर भइ काठमाडौं मा बसोवास गर्दै आउनु भएका दिपक महरा Upper Trishuli-1...
27/08/2026

कामको सिलसिलामा रसुवा जानु भएका शिखर न.पा- ४ भडीपातल घर भइ काठमाडौं मा बसोवास गर्दै आउनु भएका दिपक महरा Upper Trishuli-1 (UT-1) Hydropower Project Site Hydro Power Korean Camp Working Site मा कामको सिलसिलामा जानुभएको र अहिले सम्म सम्पर्क विहिन हुनु भएको हुँदा उद्वारमा खटिएका कुनै पनि व्यक्ति वा साथीभाइहरुले भेटेमा सर्म्पक गरिदिनु होला ।

स्रोत: सुनिता रावल जोरा (उपमेयर, शिखर न.पा)

Follow For More.....

27/08/2026

भोटेकोशी- त्रिशुली बाढीमा राहत सहयोग गर्ने डोटीका स्थानिय तहहरु तथा अन्य:

१. पुर्वीचौकी गाउँपालिका (रु. १ लाख)
२. शिखर नगरपालिका (रु. २ लाख)
३. दिपायल-सिलगढी नगरपालिका (रु. ४ लाख संगै नगरपालिका भरी कार्यरत सरकारी कर्मचारीको तलबको १० प्रतिशत रकम अझै सहयोग)
४. आदर्श गाउँपालिका (रु. १ लाख +)
५. बोगटान-फुड्सिल गाउँपालिका (रु. २ लाख)

धन्यवाद डोटीका स्थानीय सरकार, साथै डोटीबाट सहयोग गर्नुहुने विभिन्न युवा संघ, व्यापारी, दाजुभाइ तथा दिदिबहिनीहरुलाई धेरै धेरै धन्यवाद, दुखको घडीमा यस्तै सहयोग गर्नु नै असल मानवको कर्तव्य हो ।

Follow For More.....

धन्यवाद युवा संघ जोरागाउँ.....!!🙏शिखर न.पा-३ जोरागाउँका युवाहरुले भारतको बैंगलोर देखि रसुवा- नुवाकोट बाढी पीडितको लागि न...
27/08/2026

धन्यवाद युवा संघ जोरागाउँ.....!!🙏

शिखर न.पा-३ जोरागाउँका युवाहरुले भारतको बैंगलोर देखि रसुवा- नुवाकोट बाढी पीडितको लागि ने.रु. १० हजार सहयोग गरेका छन् ।

Follow For More.....

धन्यवाद शिखर सरकार.....!!🙏आशा छ, डोटीका अन्य पालिकाले पनि यस्तै सहयोग गरोस् ।शिखर नगरपालिका , डोटी Follow For More.....
27/08/2026

धन्यवाद शिखर सरकार.....!!🙏
आशा छ, डोटीका अन्य पालिकाले पनि यस्तै सहयोग गरोस् ।

शिखर नगरपालिका , डोटी
Follow For More.....

मैले त सहयोग गरे, तपाइँले गर्नु भयो त ?सानो होस् वा ठुलो तपाइको सहयोगले रसुवा-नुवाकोट बाढी पीडितले राहत पाउने छन् ।त्यसै...
27/08/2026

मैले त सहयोग गरे, तपाइँले गर्नु भयो त ?
सानो होस् वा ठुलो तपाइको सहयोगले रसुवा-नुवाकोट बाढी पीडितले राहत पाउने छन् ।

त्यसैले जुन पायो त्यही QR मा सहयोग नगरौं, तल दिइएको नेपाल सरकारको Prime Ministers Disaster Relife Fund अन्तर्गत विभिन्न बैंक खाता तथा QR मा राहतको लागी सहयोग गरौं ।

Follow For More......

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊आज घरमै बसेर, शिखर न.पा डोटीको कालाभन्जारमा अवस्थित श्री शिखर लाटा काफली मन्दिरको दर्शन ...
21/08/2026

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊

आज घरमै बसेर, शिखर न.पा डोटीको कालाभन्जारमा अवस्थित श्री शिखर लाटा काफली मन्दिरको दर्शन गर्नुहोस् ।

ॐ नम: शिवाय, जय लाटा काफली, जय सेलारै

Follow for more.....

ओल्के पर्वको शुभकामना.....!!❤️🙏ओल्के पर्व विशेष गरी नेपालको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू तथा भारतको कुमाउमा हरेक...
17/08/2026

ओल्के पर्वको शुभकामना.....!!❤️🙏

ओल्के पर्व विशेष गरी नेपालको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू तथा भारतको कुमाउमा हरेक वर्ष भदौ संक्रान्ति (भदौ १ गते) का दिन हर्षोल्लासका साथ मनाइने एक मौलिक सांस्कृतिक पर्व हो । डोटेली समुदायमा यसलाई वर्षभरिका चाडपर्वहरूमध्ये सबैभन्दा "जेठो पर्व" को रूपमा लिइन्छ, जसको समापनसँगै गौरा, तीज, दसैँ तथा दुत्ते जस्ता ठूला पर्वहरूको चहलपहल सुरु हुन्छ ।

ओल्के पर्वका मुख्य विशेषता र परम्परा:-

ओल्को (कोसेली) दिने चलन: डोटेली भाषामा 'ओल्को' भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । यस दिन आफूभन्दा ठूला, मान्यजन, छिमेकी र ज्येष्ठ नागरिकहरूलाई सम्मानस्वरूप फलफूल, नयाँ अन्न (मकै), सागपात, दही, घिउ, दूध, पिँडालु र काँक्रो जस्ता स्थानीय परिकारहरू उपहार दिने गरिन्छ ।

मिठो परिकार खाने: यस दिन घर-घरमा खीर, पुरी, सेलरोटी, माणा, पिँडालुका गाभाको साग जस्ता परम्परागत मीठा पकवानहरू पकाएर पारिवारिक जमघटसहित खाने चलन छ ।

विपत्तिबाट जोगिएको खुसीयाली: साउनको झरी, बाढीपहिरो र रोगव्याधिको कठिन समय पार गरी बाँचेको र प्रकृतिले नयाँ अन्नबाली दिएको खुसीयालीमा यो पर्व मनाइन्छ ।

बुढी हाल्ने परम्परा: भदौ १ गतेकै दिन गाउँ नजिकैका अग्ला टाकुरा, चोक वा चौताराहरूमा सल्लो, बाँस र विभिन्न बोटबिरुवाका हाँगाहरू जम्मा गरेर 'बुढी' हाल्ने (थुप्रो बनाउने) काम गरिन्छ ।

'बुढी पोलेर' पर्वको समापनओल्के पर्वसँग जोडिएको अर्को महत्त्वपूर्ण पाटो 'बुढी पोल्ने' परम्परा हो । भदौ १ गते हालिएको उक्त थुप्रोमा महिनाभरि स्थानीय गोठाला र बटुवाहरूले हरियो बुट्यान र काँडाहरू थप्दै जान्छन् । ठिक एक महिनापछि, अर्थात् असोज संक्रान्तिका दिन साँझपख, गाउँलेहरू भेला भएर उक्त बुढीलाई धूमधामका साथ जलाउँछन् (पोल्छन्) ।

धार्मिक विश्वास: पौराणिक कालमा भगवान् श्रीकृष्णले तीखा काँडाहरू भएकी र बालकहरूलाई दुःख दिने राक्षसी 'पुतना' को वध गरेको र सोही खुसीयालीमा पुतनाको शव दहन गरिएको सम्झनामा यो पर्व मनाइन्छ । बुढी पोलेपछि समाजको नकारात्मक ऊर्जा, रोगव्याधि र पशुचौपायामा आउने विपत्ति नष्ट हुने जनविश्वास छ । यो पर्वले सुदूरपश्चिमेली समाजमा आपसी सद्भाव, भ्रातृत्व, आदर-सत्कार र प्रकृतिको आदर गर्ने परम्परालाई जीवन्त राखेको छ ।

(नोट: सुदूरपश्चिम सरकारले यस विशेष दिनको अवसरमा प्रदेशभर सार्वजनिक बिदा समेत दिने गर्दछ ।)

Follow For More.....

Address

Shikhar
Doti

Website

Alerts

Be the first to know and let us send you an email when Shikhar-Doti, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share