लक्ष्मी बजार टोल बिकास संस्था गो.न.पा-९,लक्ष्मी बजार

  • Home
  • Nepal
  • Gorkha
  • लक्ष्मी बजार टोल बिकास संस्था गो.न.पा-९,लक्ष्मी बजार

लक्ष्मी बजार टोल बिकास संस्था गो.न.पा-९,लक्ष्मी बजार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लक्ष्मी बजार टोल बिकास संस्था गो.न.पा-९,लक्ष्मी बजार, Social service, Gorkha.

सक्दो share गरेर सम्पुर्णलाइ जानकारी दिनुहुन अनुरोध
01/07/2026

सक्दो share गरेर सम्पुर्णलाइ जानकारी दिनुहुन अनुरोध

28/06/2026

लक्ष्मीबजार टोल विकास संस्था
गोरखा नगरपालिका–९, गोरखा

मिति: १४ असार २०८३

श्री सम्बन्धित इन्टरनेट सेवा प्रदायक (ISP) हरू
गोरखा

विषय: पुरानो पोलबाट इन्टरनेट लाइन हटाई आवश्यक व्यवस्थापन गरिदिनुहुन सम्बन्धमा।

महोदय,

लक्ष्मीबजार, गोरखा नगरपालिका–९ क्षेत्रमा नाला निर्माण कार्य सञ्चालन हुने भएकाले हाल प्रयोगमा रहेका पुराना पोलहरू हटाइने कार्यक्रम रहेको व्यहोरा जानकारी गराइन्छ।
तसर्थ, उक्त पुराना पोलहरूमा जडान गरिएका सम्पूर्ण इन्टरनेट/फाइबर लाइनहरू यस सूचनाप्राप्त भएको ७ (सात) दिनभित्र सुरक्षित रूपमा हटाई वा आवश्यक स्थानमा स्थानान्तरण गरी सहयोग गरिदिनुहुन अनुरोध छ।

निर्धारित समयभित्र लाइन व्यवस्थापन नगरिएमा नाला निर्माण तथा पोल हटाउने क्रममा हुन सक्ने क्षतिको जिम्मेवारी सम्बन्धित सेवा प्रदायक स्वयंको हुने व्यहोरा समेत जानकारी गराइन्छ।

विकास निर्माण कार्यलाई समयमै सम्पन्न गर्न यहाँहरूको आवश्यक सहयोगको अपेक्षा गर्दछौं।

धन्यवाद।

भवदीय,

कलिम मिया
सचिव

लक्ष्मीबजार टोल विकास संस्था
गोरखा नगरपालिका–९, गोरखा

सम्पर्क नं.: ९८१८०७६४९७
बोधार्थ:

वडा कार्यालय, गोरखा नगरपालिका–९

सम्बन्धित निर्माण उपभोक्ता समिति

कार्यालय प्रयोजनका लागि

नयाँ ट्राफिक नियम सबैले मान्नु हाम्रो कर्तव्य हो।
25/06/2026

नयाँ ट्राफिक नियम सबैले मान्नु हाम्रो कर्तव्य हो।

लक्ष्मी बजार टोल बिकास संस्था गो.न.पा-९,लक्ष्मी बजार ले गरेको सर सफाइ कार्यक्रममा तपाइँको उपस्तिथिको लागि विशेष धन्यवाद ...
06/06/2026

लक्ष्मी बजार टोल बिकास संस्था गो.न.पा-९,लक्ष्मी बजार ले गरेको सर सफाइ कार्यक्रममा तपाइँको उपस्तिथिको लागि विशेष धन्यवाद , सम्मिलित हुन नआउने सदस्यहरुले आगामी महिनाको पहिलो शनिबार रु.५००/- लिएर आउनुहोला ।
र #सरसफाई हरेक माहिनाको दोस्रो शनिबार हुनेछ नआउँदा जरीवाना रु. ५००/- लाग्नेछ।

जेठ २३ पर्सि शनिबार  उपस्तिथि हुन हार्दिक अनुरोध।
03/06/2026

जेठ २३ पर्सि शनिबार उपस्तिथि हुन हार्दिक अनुरोध।

यो हो नि सही तरिका,,चेतनाको विकास भएको र समाजमा अनुशासन कायम राख्ने मानिसले यसरी टोल ,समाज र पर्यावरणलाई टेवा पुराउँछ। य...
02/06/2026

यो हो नि सही तरिका,,

चेतनाको विकास भएको र समाजमा अनुशासन कायम राख्ने मानिसले यसरी टोल ,समाज र पर्यावरणलाई टेवा पुराउँछ। यसरी हामी सबैले गर्यौ भने सभ्य र अनुशासित समाज बन्नेछ। धन्यवाद लक्ष्मी बजार टोल विकास संस्थाका उपाध्यक्ष एवंम सामाजिक अभियन्ता कल्पना कुँवरज्यूलाई 🙏💐

नमस्कार सम्पुर्ण टोलबासीमा,टोलमा बिगतमा भै-रहेको बाहेक अन्य नयाँ 15 वटा डस्बिनलाई मिलाएर राखिएको छ, कृपया जतन गर्ने तपाई...
22/05/2026

नमस्कार सम्पुर्ण टोलबासीमा,

टोलमा बिगतमा भै-रहेको बाहेक अन्य नयाँ 15 वटा डस्बिनलाई मिलाएर राखिएको छ, कृपया जतन गर्ने तपाईं हाम्रो जिम्मेवारी हो, तसर्थ कसैले सार्बजनिक ठाउँमा पर्ने तरीकाले राखिएको छ कोइ कसैको दबाबमा नपरी निस्फिक्री फोहोर फाल्न पाइन्छ तर दुरुपयोग गर्न पाईएन।

अनुशासनमा बसौ, फोहोर डस्बिनमा फ्याकौ।।

21/05/2026

नमस्ते सम्पुर्णमा ,

हामी यस लक्ष्मी बजार टोल बिकास संस्था गो.न.पा-९,लक्ष्मी बजार टोल सक्रिय भएर अस्ति देखि सडक बत्ती राखी सकेका छौ, अब हामी पनि सदैब यसरी नै काम गर्नेछौ तपाईं पनि इमानदारी पुर्बक टोल शुल्क बुझाएर हाम्रो टोललाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

सचिब
लक्ष्मी बजार टोल बिकास संस्था

03/05/2026

श्री महालक्ष्मी बहुउद्देश्यीय विश्राम स्थलको मन्दिरको निर्माणकार्य तिब्र रुपमा भैरहेको छ भने यो मन्दीर तथा विश्राम स्थलमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देश बिदेशमा स्थानीय बासिन्दाको सहयोग , नगर, प्रदेश तथा वडाको पनि सहयोग रहि बनिरहेको छ अझै धेरै काम हुनै बाकी रहेको कारण सहयोग गरेर आफु नरहदा पनि पुण्यको भागिदार हुन चहानुहुन्छ भने आउनुहोस् सहयोग गर्नुहोस ।

भनिन्छ यस संसार भनेको छोडेर जाने ठाउँ हो, रहने भनेको हाम्रो असल काम हो त्यसैले मन खोलेर सहयोग गर्नुहोस र पुण्य कमाउनबाट नचुक्नुहोस ।

Address

Gorkha
064

Website

Alerts

Be the first to know and let us send you an email when लक्ष्मी बजार टोल बिकास संस्था गो.न.पा-९,लक्ष्मी बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category