27/07/2025
भिमसेनथापा गाउपालिका -१ मसेल, खागिथोकका युवाहरु द्वारा समाज सहजको लागि खोलिएको नाम फरक भएतापनी कार्य एक गर्ने लक्ष्यको साथ हामी सम्पुर्ण खागिथोक बासीको केन्द्रमा साविक मसेल गा.वि.स वडा नं ६ खागिथोक स्थित सामुदायिक भवन निमार्णको लागि भिमसेन थापा गाउँपालिकाबाट रु ५ लाख बजेट प्राप्त भई उपभोत्ता समिति मार्फत कार्य संचालन भईरहेको छ। यो पुण्य कार्यमा नि:शुल्क जग्गा प्रदान गर्नुहुने एकुदेव वगाले ज्यू हामी सबैको धन्यवादको पात्र हुनुहुन्छ । सामाजिक गतिविधिहरु, भाँडा वर्तनहरु, क्लवका सामाग्रीहरु, आमा समुहका सामाग्रीहरु, समग्रमा हाम्रा सामाजिक क्षेत्रमा रहेका सम्पुर्ण सामाग्रीहरुको संरक्षण एवंम व्यस्थापन, भेला तथा सामाजिक गतिविधिहरु ,पुस्तकालय र वृद्ध वृद्धाहरुको लागि मनोरञ्जन चौतारी निमार्णको यो अभियान मा डिजाइन गरि सहयोग गर्नुहुने मिलन देवकोटा ज्यू को डिजाइन अनुसार १७/१८ लाख बजेट लाग्ने अनुमान छ । तपाई हाम्रो टोलमा बन्न लागेको यो पवित्र स्थल हामी सबैको हो। यो अभियान सफल वनाई व्यवस्थीत सामुदायिक भवन निमार्ण गर्ने हाम्रो कर्तव्य हो। हामी सबैको सानो सानो सहयोग मार्फत सो कार्य सम्पन्न गर्न रिभर दरौदी क्लबले सहजीकरण गरिरहेको जानकारी गर्दै तपाई हाम्रा अग्रज परिवारका दिवङ्गत पित्रीहरुको स्मरणमा शिलालेखमा नाम लेखिने गरि हामी मसेल निवासी देश विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ दिदिबहिनीहरुले क्लबको खातामा आफ्ना दिवंगत पित्रीहरूको नाम / विवरण सहित नगद जम्मा गरि सहयोग गर्नु हुन अनुरोध गर्दछौ। तपाई हामी सबैको साझा दायित्व रहेको यो पवित्र कार्यमा क्लबले सहजिकरण गर्दै संकलन भएको रकम पारदर्शी तरिकाले शिलालेखमा लेखिने प्रतिबद्धता जनाउँदै, हाल सामाजिक सञ्जाल मार्फत रकम संकलन अभियानको सुरुवात भैनै रहेको छ ।
धन्यवाद