Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज

  • Home
  • Nepal
  • Gorkha
  • Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज

Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज "स्वच्छ समाज, सामाजिक एकता, समृद्ध समाज आजको आवस्यकता"

गोरखा नाम्जुङकी हाम्री चेली, राष्ट्र सेवामा समर्पित नेपाली सेनाकी साहसी एवं कर्तव्यनिष्ठ राष्ट्र सेवक स्वर्गीय ईश्वरी भु...
09/06/2026

गोरखा नाम्जुङकी हाम्री चेली, राष्ट्र सेवामा समर्पित नेपाली सेनाकी साहसी एवं कर्तव्यनिष्ठ राष्ट्र सेवक स्वर्गीय ईश्वरी भुजेलमाथि भएको क्रूर, अमानवीय तथा हृदयविदारक घटनाले नामजुङ सेवा समाज परिवारलाई अत्यन्त स्तब्ध, मर्माहत र शोकाकुल बनाएको छ।

हाम्री चेली माथि भएको यस्तो निर्मम हिंसाले केवल एउटा परिवारलाई मात्र होइन, सम्पूर्ण समाजको मन र आत्मालाई गहिरो चोट पुर्‍याएको छ। देशको सेवा र जिम्मेवारीमा समर्पित एक साहसी चेलीलाई यसरी गुमाउनुपर्दा आज नामजुङ मात्र होइन, सिंगो समाज नै शोकमा डुबेको अनुभूति भइरहेको छ।

स्वर्गीय ईश्वरी भुजेलप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै, शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा आमाको माया गुमाएका ती अबोध सन्तानहरूमा यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भनी गहिरो समवेदना व्यक्त गर्दछौं।

मानवता नै लज्जित हुने यस्तो जघन्य अपराधमा संलग्न दोषीलाई यथाशिघ्र सत्य तथ्य छानबिन गरि तत्काल कानुनबमोजिम कडा भन्दा कडा कारवाही गरियोस् भन्ने सरकार समक्ष नामजुङ सेवा समाज स्पष्ट र दृढ माग गर्दछ।

भवदीय
Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज

Address

Barchuli Chowk Namjung
Gorkha

Telephone

+9779840259000

Website

Alerts

Be the first to know and let us send you an email when Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Namjung Sewa Samaj - नामजुङ्ग सेवा समाज:

Shortcuts

Share

Category