राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी

राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी, Political organisation, Tamghas, Gulmi Tamghas.
(1)

14/08/2026

Heartbreaking Sad News: रोल्पामा गएको पहिरोमा परी मृ'त्यु हुनेको संख्या १० पुगेको छ। 💔😥

Source: Rolpa Police

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
11/08/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा नागरिकका गुनासा तथा समस्या सुन्दै प्रतिनिधि सभा सदस्यद्वय अ...
11/08/2026

आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा नागरिकका गुनासा तथा समस्या सुन्दै प्रतिनिधि सभा सदस्यद्वय अप्साना बानु र डा. अचुतम लामिछाने।

अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा विशेष अभियानयुवा शक्ति केवल नारामा होइन, समाज परिवर्तनको काममा देखिनुपर्छ। यही ...
11/08/2026

अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा विशेष अभियान

युवा शक्ति केवल नारामा होइन, समाज परिवर्तनको काममा देखिनुपर्छ। यही उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मीले आयोजनामा विभिन्न सामाजिक तथा युवा केन्द्रित कार्यक्रमहरू आयोजना हुँदैछन्।

१. सरसफाइ तथा श्रमदान अभियान
मिति:२०८३ श्रावण २७ गते
🕗 बिहान ८:०० देखि १०:०० बजेसम्म
📍 गुल्मी जिल्ला अस्पतालदेखि लाकुरी चोक हुँदै दुर्गा भगवती मन्दिर क्षेत्रसम्म
सफा, सुन्दर र जिम्मेवार समाज निर्माणका लागि युवाको सहभागितामा सरसफाइ तथा श्रमदान अभियान।

२. रक्तदान, मानसिक स्वास्थ्य चेतना तथा लागुऔषध दुर्व्यसनविरुद्ध अभिमुखीकरण कार्यक्रम

मिति:२०८३ श्रावण २७ गते
🕚 बिहान ११:०० बजे
📍 बालमन्दिर, तम्घास
“रक्तदान जीवनदान” भन्ने सन्देशसहित रक्तदान गरौं, जीवन बचाऔं। साथै मानसिक स्वास्थ्यप्रति सचेतना र लागुऔषध दुर्व्यसनबाट युवालाई जोगाउने विषयमा अभिमुखीकरण गरिनेछ।

३. युवा सचेतना र्‍याली
युवालाई केन्द्रमा राख्दै साइबर अपराध, साइबर ठगी, सामाजिक सञ्जालको सही प्रयोग, यसको दुरुपयोगबाट बच्ने उपाय, स्वरोजगार तथा रोजगारका अवसर र आफ्नै जिल्लामा उत्पादनमूलक काममा जोडिने विषयमा जनचेतनामूलक प्लेकार्ड तथा पम्प्लेटसहित बजार परिक्रमा गरिनेछ।

मिति:२०८३ श्रावण २७ गते
🕚 दिउसो १:०० बजे देखि
तीन अभियान, एउटै उद्देश्य: जिम्मेवार, सचेत र सक्रिय युवा।

आउनुहोस्, अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल शुभकामना आदानप्रदानमा सीमित नराखौं।
श्रम गरौं, रक्तदान गरौं, सचेतना फैलाऔं र समाज परिवर्तनमा युवाको भूमिका स्थापित गरौं।

युवा शक्ति, राष्ट्र शक्ति।
रक्तदान जीवनदान।
सचेत युवा, समृद्ध समाज।

सम्पूर्ण जिल्ला कार्यसमिति, नगर समिति, पालिका समिति, युवा साथीहरू तथा आम नागरिकमा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान।
Sagar Dhakal माननीय गोविन्द पन्थी सचिवालय Sagar Dhakal जिताउ अभियान @

अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी जिल्ला समिति र रेसुङ्गा नगर समितिले संयुक्त ...
10/08/2026

अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी जिल्ला समिति र रेसुङ्गा नगर समितिले संयुक्त आयोजनामा हुन गइरहेको “रक्तदान कार्यक्रम” केवल एउटा कार्यक्रम होइन, हाम्रो सामाजिक र “मानव जीवनप्रतिको हाम्रो जिम्मेवारी” प्रत्यक्ष अभिव्यक्ति हो।

हामीले दिने केही मिनेटको समय र केही मिलिलिटर रगत भोलि कुनै आमाको सन्तान, कुनै बाबुको सहारा, कुनै घाइते नागरिक वा उपचाररत बिरामीका लागि जीवनको आशा बन्न सक्छ। राजनीति समाज बदल्ने माध्यम हो भने, रक्तदान समाजप्रतिको हाम्रो जिम्मेवारी पूरा गर्ने सबैभन्दा सरल र प्रत्यक्ष काममध्ये एक हो।

त्यसैले गुल्मी जिल्ला कार्यसमिति, रेसुङ्गा नगर समिति तथा जिल्लाका सम्पूर्ण पालिका समितिहरूलाई यस अभियानमा सक्रिय रूपमा जोडिन हार्दिक अपिल गर्दछौं। आफ्ना समिति, सदस्य, शुभेच्छुक, युवा साथीहरू तथा आम नागरिकलाई सहभागी गराउँदै रक्तदान कार्यक्रमलाई जिल्लाव्यापी अभियानको रूपमा सफल बनाउन आ-आफ्नो ठाउँबाट नेतृत्व गरौं।

हामीले परिवर्तनको कुरा धेरै गर्छौं। अब परिवर्तनलाई व्यवहारमै देखाउने समय हो।

आउनुहोस्, युवा शक्तिलाई जीवन बचाउने शक्तिमा बदलौं।
रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं।

नारा एउटै हो:
“रक्तदान जीवनदान”

सम्पूर्ण जिल्ला, नगर तथा पालिका समितिका साथीहरूलाई सक्रिय सहभागिता, व्यापक जनसहभागिता र कार्यक्रमको भव्य सफलताका लागि हार्दिक आह्वान गर्दछौं।
Sagar Dhakal माननीय गोविन्द पन्थी सचिवालय Sagar Dhakal Gulmi Dhurkot

मिति:२०८३ श्रावण २७ गते

03/08/2026
📢 सार्वजनिक सूचनाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको आधिकारिक फेसबुक पेज यही रहेको सम्पूर्ण नेता, कार्यकर्ता, ...
03/08/2026

📢 सार्वजनिक सूचना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको आधिकारिक फेसबुक पेज यही रहेको सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकमा जानकारी गराइन्छ।

आधिकारिक फेसबुक पेज:
https://www.facebook.com/share/1Cwboyb5Mq/?mibextid=wwXIfr

हाल केही व्यक्तिहरूले अनुमति बिना रास्वपा गुल्मीको नाम प्रयोग गरी फेसबुक पेज तथा ग्रुपहरु बनाई सामाजिक सञ्जालमार्फत आधिकारिक नभएका तथा भ्रम सिर्जना गर्ने सूचना, समाचार र सामग्री प्रकाशित गरेको पाइएको छ।

त्यस्ता अनधिकृत पेज वा स्रोतबाट प्रकाशित सामग्रीमा विश्वास नगर्नुहुन तथा कुनै पनि आधिकारिक सूचना, निर्णय, कार्यक्रम, विज्ञप्ति वा धारणा रास्वपा गुल्मीको आधिकारिक फेसबुक पेज बाट प्रकाशित सामग्रीलाई मात्र आधिकारिक मान्नुहुन हार्दिक अनुरोध गर्दछौं।

साथै, सही सूचना सबैसम्म पुग्नका लागि यस सूचनालाई शेयर गरी आफ्नो साथीभाइ, शुभेच्छुक तथा आम नागरिकसम्म पुर्‍याइदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं।

सही सूचना प्राप्त गरौं, भ्रमपूर्ण सूचनाबाट सचेत रहौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मी

Political Organization

आसन्न स्थानीय तहको निर्वाचनमार्फत तल्लो तहसम्मै राजनीतिक शुद्धीकरण र सुशासनको जग बसाल्ने महाअभियानमा राष्ट्रिय स्वतन्त्र...
30/07/2026

आसन्न स्थानीय तहको निर्वाचनमार्फत तल्लो तहसम्मै राजनीतिक शुद्धीकरण र सुशासनको जग बसाल्ने महाअभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढेको छ। यसै संकल्पलाई मूर्तरूप दिँदै, आगामी निर्वाचनका लागि योग्य, इमानदार र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने पहिलो खुड्किलोका रूपमा पार्टीले आगामी भाद्र १ गतेदेखि 'क्यान्डिडेट क्लब' को आवेदन खुला गर्ने निर्णय गरेको छ।

परम्परागत उम्मेदवार छनोटको अपारदर्शी परिपाटीलाई चिर्दै, यस प्रक्रियालाई थप लोकतान्त्रिक, पारदर्शी, वैज्ञानिक र उन्नत बनाउन यतिबेला सम्पूर्ण पार्टी पङ्क्ति, संरचना र आम सदस्यहरूबाट व्यापक रूपमा सल्लाह र सुझाव सङ्कलन भइरहेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार छनोटको यस रूपरेखालाई थप समृद्ध, व्यावहारिक र जनमुखी बनाउन तपाईंको रचनात्मक भूमिका नितान्त आवश्यक छ। तसर्थ, कृपया तलको दस्तावेज गहिरोसँग अध्ययन गरी आफ्नो महत्त्वपूर्ण सुझाव प्रदान गर्नुहुन आग्रह गर्दछु।
~ महामन्त्री विपिन कुमार आर्चाय

File: local election frame work 2083_V2_260504_072904.pdf

19/07/2026

पूर्व डीएसपी तथा अधिवक्ता माननीय गोविन्द पन्थीको टिगरमा -विष्णु पौडेल

पूर्व डीएसपी तथा अधिवक्ता माननीय गोविन्द पन्थीको प्रश्न: विष्णु पौडेल प्रकरणमा अनुसन्धान, अभियोजन र अदालतबीच किन देखियो फरक निष्कर्ष?

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित एक चर्चित मुद्दामा पूर्व उपप्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नाम जोडिएको विषयमा माननीय गोविन्द पन्थीले गम्भीर कानुनी तथा संस्थागत प्रश्न उठाउनुभएको छ।

उहाँका अनुसार, यदि अनुसन्धानका क्रममा संकलित बयान र अन्य आधारहरू अभियोजनका लागि पर्याप्त थिएनन् भने मुद्दा अदालतसम्म किन पुर्‍याइयो? र यदि अभियोजन बलियो प्रमाणका आधारमा गरिएको थियो भने ठूलो बिगो दाबी गरिएको मुद्दामा विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश किन दियो?

उहाँले यी प्रश्न कुनै व्यक्ति वा दललाई लक्षित नभई अनुसन्धान गर्ने निकाय, अभियोजन गर्ने निकाय र न्यायिक प्रक्रियाको गुणस्तर तथा विश्वसनीयतासँग सम्बन्धित भएको उल्लेख गर्नुभएको छ।

उहाँको भनाइमा, अनुसन्धान कमजोर थियो, अभियोजन अपर्याप्त थियो वा अदालतले प्रमाणको मूल्याङ्कन फरक ढंगले गर्‍यो भन्ने विषयको निष्पक्ष र वस्तुनिष्ठ समीक्षा आवश्यक छ। यदि राज्यका निकायहरूबीच समन्वय, प्रमाण व्यवस्थापन वा अनुसन्धान प्रक्रियामै कमजोरी छ भने त्यसले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमाथि जनविश्वास कमजोर पार्न सक्छ।

त्यसैले तथ्य, प्रमाण र कानुनका आधारमा निष्पक्ष अनुसन्धान, जिम्मेवार अभियोजन र पारदर्शी न्यायिक प्रक्रिया सुनिश्चित गर्नु नै जनविश्वास कायम गर्ने आधार हो।

* गोविन्द पन्थीले उठाए कडा कानुनी प्रश्न: विष्णु पौडेल प्रकरणमा आखिर कहाँ चुक्यो राज्य?
* विष्णु पौडेल प्रकरणमा गोविन्द पन्थीको प्रश्न: अनुसन्धान कमजोर कि अभियोजन?
* २० करोडभन्दा बढी बिगो दाबीको मुद्दा, तर साधारण तारेख-गोविन्द पन्थीले मागे संस्थागत समीक्षा
Sagar DhakalSagar Dhakal जिताउ अभियान
Govind Panthi

Address

Tamghas
Gulmi Tamghas
32600

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share