Nepal Scouts Bagmati Province

Nepal Scouts Bagmati Province Welcome to official page of Nepal Scouts Bagmati Province updated from Provincial Headquarter.

24/09/2026

मिति: २०८३/०६/०८
विज्ञप्ती

विद्यमान नेपाल स्काउट ऐन २०५० समयानुकूल नभएको हुँदा यसमा व्यापक सुधार गरी नयाँ ऐन तर्जुमा/जारी गर्नुपर्ने माग विगत लामो समयदेखि हुँदै आएको थियो। नयाँ ऐन जारी गर्नका लागि नेपाल स्काउटका विभिन्न तहमा पटक पटक आवाज उठ्दै आएको विषय ढिलै भएपनि अब सम्बोधन हुने भएको छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित ऐनको मस्यौदामा सरोकारवाला सबैको राय सुझाव लिनका लागि सार्वजनिक रूपमा समय सीमा तोकी प्रस्तावित ऐनको संशोधन मस्यौदा सार्वजनिक गरेको छ।
नेपाल कानुन आयोग, तत्कालीन युवा तथा खेलकुद मन्त्रालयले ऐन मस्यौदाका लागि खेलेको भूमिका प्रशंसनीय रहेको छ। आयोगबाट प्राप्त मस्यौदालाई शिक्षा तथा खेलकुद मन्त्रालयले थप समयसापेक्ष बनाउनका लागि सरोकारवालाको राय सुझाव लिएर अन्तिम रूप दिन खोज्नु आफैँमा हामी स्काउट सदस्य तथा स्काउट प्रेमी सबैका लागि उत्साहजनक र महत्वपूर्ण विषय हो। मस्यौदा सार्वजनिक गरिएको विषय र नेपाल स्काउट ऐनलाई समयानुकूल बनाउनका लागि चालिएका पहलकदमीको कदर गर्दै नेपाल स्काउटका प्रमुख स्काउट माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यू र मन्त्रालय प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं । साथै आगामी दिनमा यस मस्यौदालाई अन्तिम रूप दिई मन्त्रिपरिषद् र संसदमा अविलम्ब पुऱ्याउने कार्यमा माननीय मन्त्रीज्यू एवं मन्त्रालयबाट प्रभावकारी भूमिका खेलिनेछ भन्ने अपेक्षा समेत राखिएको छ।
सार्वजनिक गरिएको मस्यौदालाई पूर्णता दिने क्रममा नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिको एउटै आधिकारिक धारणा तयार गरी मन्त्रालयमा पठाउनका लागि मिति २०८३/०६/०८ गते अन्तरिम राष्ट्रिय कार्यकारी समितिका सदस्य एवं राष्ट्रिय प्रशिक्षक श्री कमल बहादुर देउजाको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको छ। सो कार्यदलले मस्यौदाको अध्ययन गरी राय सुझाव आगामी अन्तरिम राष्ट्रिय कार्यकारी समितिको बैठकमा अनुमोदनका लागि पेस गर्नेछ र अनुमोदित ऐनको मस्यौदा संशोधन प्रक्रियाका लागि मन्त्रालय पठाइने छ।
उक्त मस्यौदामा आफ्नो तर्फबाट रायसुझाव उपलब्ध गराउनुहुन म सम्पूर्ण स्काउटरहरूलाई हार्दिक अनुरोध गर्दछु। साथै, ऐन जारी गर्ने यस कार्यमा सबैको रचनात्मक सहयोग र सुझाव प्राप्त हुने अपेक्षा राखेको छु।

सन्तोष कुमार थापा
संयोजक,
अन्तरिम राष्ट्रिय कार्यकारी समिति

Link: https://moest.gov.np/content/13683/regarding-providing-opinions-and-suggestions-on-the/

18/09/2026
07/09/2026
06/09/2026
05/09/2026
05/09/2026
04/09/2026

नेपाल स्काउटको पोसाक, स्कार्फ तथा संस्थागत पहिचानको प्रयोग सम्बन्धमा ध्यानाकर्षण!


मिति: २०८३/०५/१९
प्रेस विज्ञप्ति

नेपाल स्काउटको पोसाक, स्कार्फ तथा संस्थागत पहिचानको प्रयोग सम्बन्धमा ध्यानाकर्षण।

नेपाल स्काउटको गरिमा, अनुशासन, मर्यादा र स्वायत्तताको संरक्षण गर्नु सम्पूर्ण स्काउटको साझा दायित्व हो। यसर्थ, नेपाल स्काउटसँग आधिकारिक सम्झौता (MoU) नगरी वा लिखित पूर्वस्वीकृति नलिई कुनै पनि निजी, व्यावसायिक वा बाह्य संस्थाका कार्यक्रम एवम् गतिविधिमा स्काउट पोसाक, स्कार्फ वा संस्थागत पहिचान प्रयोग गरी कुनै पनि कार्य नगर्न र नगराउन सम्पूर्ण स्काउट सदस्य, रोभर/रेन्जर, स्काउट लिडर तथा मातहतका सबै इकाइहरूलाई कडा निर्देशन दिइन्छ।

यसका साथै, नेपाल स्काउटको औपचारिक स्वीकृति वा समन्वयबिना कुनै पनि निजी तथा बाह्य संघसंस्था वा कम्पनीले आयोजना गर्ने कुनै पनि गतिविधि वा कार्यक्रमहरूमा स्काउट सदस्यको हैसियतमा सहभागी नहुनसमेत सम्पूर्ण स्काउट सदस्यहरूमा गम्भीर ध्यानाकर्षण गराइन्छ।

नेपाल स्काउटसँग औपचारिक सम्झौता (MoU) वा लिखित पूर्वस्वीकृति बिना स्काउटको नाम, लोगो, युनिफर्म, स्कार्फ वा अन्य संस्थागत पहिचानको प्रयोग गरिएमा त्यसलाई पूर्णतः अनधिकृत प्रयोग (Unauthorized Use) मानिनेछ। यस्तो अनधिकृत प्रयोग भएको पाइएमा प्रचलित नियम तथा कानुनी प्रावधान बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत स्पष्ट पारिन्छ।

अतः संस्थागत मर्यादाको सम्मान गर्दै आधिकारिक अनुमति बिना स्काउटको पहिचान प्रयोग नगर्न र सम्पूर्ण सरोकारवाला एवम् सर्वसाधारणलाई यस्ता अनधिकृत गतिविधिबाट सिर्जना हुन सक्ने भ्रममा नपर्न नेपाल स्काउट हार्दिक अनुरोध गर्दछ।

04/09/2026

Address

Hetauda
47100

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779851160157

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts Bagmati Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts Bagmati Province:

Shortcuts

Share