निर्वाण बहुआयामिक पुस्तकालय-इलाम

  • Home
  • Nepal
  • Ilam
  • निर्वाण बहुआयामिक पुस्तकालय-इलाम

निर्वाण बहुआयामिक पुस्तकालय-इलाम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from निर्वाण बहुआयामिक पुस्तकालय-इलाम, Library, Ilam.

We believe in providing an independent platform either by physical or virtual method for offering knowledge in inclusive manner inorder to create opportunities for learning , support literacy and info. यो पुस्तकालयको एउटै मात्र उदेश्य हो "जान"। हरेक मान्छेले जान्न पाउनु पर्छ, जान्नको लागि पढ्नु पर्छ र जाने पछि स्वविवेक प्रयोग गर्नु पर्छ भन्ने हो।
आज संसारमा जिवात्माहरु बिच जति पनि फरक छ ज

ान्नुको कारण नै फरक छ। मान्छे मान्छे बीचमा भनौं या त मान्छे र जनावर बीचमा भनौं यदि फरक छ भने त्यो हो "जान्नु" अर्थात "चेतना"।यहि जान्नुको कारण नै संसारमा सृजना र बिनासको लामो इतिहासहरु रचना भएका छन् र विभिन्न काल खण्ड देखि आजसम्म बिचार र सिद्धान्तले शासन गरि रहेको छ। माक्र्सको कुरा गरौं या त बुद्धको वा आइन्स्टाइनको नै, उनिहरुको बिचार र सिद्धान्तले दुनियाँलाई हेर्ने दृष्टिकोण बदलिदिए अथवा दुनियाँलाई शासन गरे। "जान्नु" र "बिचार र सिद्धान्त"मा के सम्बन्ध छ भन्ने पनि कुरा आउन सक्छ, जब जानिन्छ अनि नै बिचार र सिद्धान्तहरु बन्ने हो, जान्नु भित्र जानू हो भने बिचार र सिद्धान्त बाहिर आउनु हो, बिचार र सिद्धान्त एउटा फुलेको फुल हो र जान्नु भनेको माटो हो काण्ड हो पात हो जति पनि फुलाउनलाई सहयोगी तत्त्वहरु छन। त्यसैले जसले जान्ने शाहास गर्यो उसले जिबन र जगतलाई बुझेर आफ्नो बिचार र सिद्धान्तले संसारलाई हेर्ने दृष्टिकोण बदली दियो। यसले गर्दा जान्नु नै मानवीय उच्च मुल्य र अस्तित्वको पहिलो आधार हो भन्ने यो लाइब्रेरी स्थापनको एक मात्र उदेश्य हो। जान्नको लागि किन लाइब्रेरी नै हाम्रो रोजाईमा पर्यो, यो त्यति धेरै ब्याख्या गर्नु पर्दैन होला, किन भने लाइब्रेरी जति सर्ब सुलभ र सरल छ त्यति नै अरु माध्यम भन्दा फराकिलो र सुस्म छ भन्ने हो।
हुन त अहिलेको एकाइसौं शताब्दिमा मान्छेहरु संचारको दुनियाँ भन्दा टाढा छैनन् तर यसले मात्र चेतना स्तर गहिराई सम्म लिएर जान पर्याप्त छैन। किन कि जति बिसृत ज्ञान र तथ्य किताबले दिन्छ त्यति सामाजिक संजालले नदिन सक्छ, जुन अनुभुती किताबले दिन्छ त्यो मिडियाले नदिन सक्छ र बर्तमान समसामयिक बिषयमा जति मिडिया सकृय छन् भबिस्य र बिगतको लागि खासै देखिदैन। अर्को कुरा सबै बर्ग र क्षेत्रको लागि मिडिया अहिले नै त्यति धेरै सर्ब सुलभ बनि सकेको छैन जसले मिडियाबाट नै आफ्नो अध्यायन अनुसन्धानको काम पूरा गर्न सकोस। अझ भन्ने हो भने अहिले पनि ग्रामीण भेगमा मिडियाको पहुँच अत्यन्तै कम्जोर छ। यस कारणले जान्नको लागि पढ्नु जति उत्तम उपाय हाम्रो जस्तो ज्ञानको खोजिम तड्पी रहेको गाउँ समाजको लागि अरु नहोला कि भन्ने हो र लाइब्रेरी जतिको सर्बसुलभ र सबै बर्गले प्रयोग गर्न सक्ने बौद्धिक क्रान्तिको लागि अरु माध्यम त्यति धेरै सरल र सुविधाजनक छैन कि भन्ने हो।अझ अध्ययन अनुसन्धान गर्नेहरुको लागि यसले ठूलो सहयोग गर्नेछ भन्ने हाम्रो बिश्वास हो।
हरेक मान्छेले जान्नको लागि पढ्न पाउनु पर्छ र जानेर स्वबिवेकले निर्णय गर्न सक्ने हुनु पर्छ भन्ने निर्वाणको यात्रामा यहि आधारभूत खुड्किला संगाल्ने क्षमता अभिवृद्धि गर्नु नै लाइब्रेरीको मुख्य काम हुनेछ।

25/02/2025

राष्ट्रिय विभूति, किरात धर्मका महान् दार्शनिक, समाज सुधारक फाल्गुनन्द लिङ्देनज्युको १४० औं जन्मजयन्तीको पावन अवसरमा  स्व...
10/11/2024

राष्ट्रिय विभूति, किरात धर्मका महान् दार्शनिक, समाज सुधारक फाल्गुनन्द लिङ्देनज्युको १४० औं जन्मजयन्तीको पावन अवसरमा स्वदेश तथा बिदेशमा बसोबास गर्ने सम्पुर्ण किराँत धर्मावलम्वीहरु तथा सम्पुर्ण नेपाली आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति समृध्दिको हार्दिक शुभकामना

Cillian Murphy, known for his powerful performances, is also an avid reader with a strong connection to literature, part...
20/10/2024

Cillian Murphy, known for his powerful performances, is also an avid reader with a strong connection to literature, particularly J.P. Donleavy's The Ginger Man, which he considers a lifelong favorite. The novel, first published in 1955, tells the story of Sebastian Dangerfield, a charming yet destructive American law student in post-war Dublin. Murphy admires the book's irreverent tone and the rebellious spirit of its protagonist, which resonate with his own experiences and roles, such as Tommy Shelby in Peaky Blinders.
Murphy describes The Ginger Man as a book that intoxicated him in his youth and one that offers new insights as he matures. He revisits it regularly, finding fresh meanings that reflect his evolving understanding of life. This enduring relationship with the novel highlights how literary influences shape his artistic choices and performances, adding depth to his work. For Murphy, the book serves as a literary anchor that continues to influence him, embodying rich contradictions and humanity that resonate beyond the page.

दिर्घकालिन प्रभावको लक्ष्य लिई स्थापना गरिएको यस ग्रामिण क्षेत्रमा उदाउँदो पुस्तकालय का संस्थापक अध्यक्ष आदरणीय युवा व्य...
20/10/2024

दिर्घकालिन प्रभावको लक्ष्य लिई स्थापना गरिएको यस ग्रामिण क्षेत्रमा उदाउँदो पुस्तकालय का संस्थापक अध्यक्ष आदरणीय युवा व्यवसायी तथा विकास प्रेमि Bhandari ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौ।❤️🎁🎉📚

अरनिको सङ्ग्रालयमा सामुदायिक पुस्तकालय गजराजसिंह थापा सामुदायिक पुस्तकालयको उदघाटन भएको छ । हाल अरनिको संग्राहलय रहेको इ...
10/07/2024

अरनिको सङ्ग्रालयमा सामुदायिक पुस्तकालय
गजराजसिंह थापा सामुदायिक पुस्तकालयको उदघाटन भएको छ । हाल अरनिको संग्राहलय रहेको इलाममा राणाहरुले निर्माण गरेको इलाम दरबारबाट लामो सयम सम्म प्रशासनिक कार्यहरु संचालन भएको थियो ।
अहिले यसै दरबारमा इलाम नगर साहित्य, कला, संस्कृति प्रतिष्ठानले संग्राहलय सहित पठन संस्कृतिको विकास गर्न सामुदायिक पुस्तकालयको स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङले जानकारी दिनु भएको छ ।
पुस्तकालयको उदघाटन इलाम नगरका प्रमुख केदार थापाले गर्नु भएको थियो।
साभार : @शिक्षा सरोकार

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when निर्वाण बहुआयामिक पुस्तकालय-इलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to निर्वाण बहुआयामिक पुस्तकालय-इलाम:

Shortcuts

Share

Category