25/09/2026
माई नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
बैठकपश्चात् माई खोलाले कटान गरिरहेका खेतियोग्य जमिन, तटीय तथा जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरिएको छ।
🔹 अविरल वर्षा पछि माई खोलामा भइरहेको नदी कटानको प्रत्यक्ष निरीक्षण गरि सम्भावित कटान नियन्त्रणका लागि तत्काल तटबन्धन र व्यवस्थापनका कार्यहरू अघि बढाइने भएको छ।
🔹 जोखिममा रहेका स्थानीय समुदायको सुरक्षा तथा उद्दार कार्यका लागि आवश्यक सामाग्रीहरू तयारी अवस्थामा राखिएको
विपद्को यस समयमा सतर्क रहन र नदी किनार बसोबास गर्नुहुने सम्पूर्ण नगरबासीहरूलाई उच्च सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
-
माई नगरपालिका, इलाम🙏
====================
मितिः २०८३ असोज ०९ गते शुक्रबार