04/09/2026
“यहाँ मान्छेले भात खान पाएका छैनन्, तिमीहरूलाई नाच्न लाज लाग्दैन?” 😥💔
बाढीले बस्ती उजाडेको छ, घरबार बगाएको छ। कसैको चुलो बलेको छैन, कसैको पेटमा भात परेको छैन। कोही आफन्त गुमाएको पीडामा छन्, कोही आफ्नो घर–आँगन गुमाएर खुला आकाशमुनि बस्न बाध्य छन्।
यही पीडाबीच टिकटक बनाउँदै नाच्नेहरू देखेपछि एक आमाको आक्रोश केवल शब्द होइन—पीडितहरूको मौन चीत्कार हो।
कृपया बाढी गएको ठाउँमा गएर नाच्दै टिकटक नबनाउनुहोला।