इलाम ग्रीनद्वारा संचालित “खोजतलास” पेज

  • Home
  • Nepal
  • Ilam
  • इलाम ग्रीनद्वारा संचालित “खोजतलास” पेज

इलाम ग्रीनद्वारा संचालित “खोजतलास” पेज यो पेज पुर्ण रुपमा इलाम ग्रीन मिडिया प्रा.लि.द्वारा संचालित हो । यस पेजमा तपाईहरुको हराएका वा भेटिएका वस्तु तथा मृत्यु सन्देश जस्ता सूचनाहरु प्रवाह गरिनेछ ।

01/08/2026
31/07/2026
29/07/2026

🔴 इलामका गोविन्दलाई भारतको प्रतिष्ठित विश्वविद्यालयबाट दुई स्वर्णपदक ‼️
इलाम नगरपालिका–५, बरबोटेका ज्योतिषविद् गोविन्द सापकोटा भारतको संपूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी को ४४औँ दीक्षान्त समारोहमा दुई स्वर्णपदकबाट सम्मानित भएका छन्।

सापकोटाले प्राचीन खगोलशास्त्र (सिद्धान्त ज्योतिष) विषयमा सर्वाधिक अंक प्राप्त गर्दै दुई स्वर्णपदक हासिल गरेका हुन्। भारतमा आयोजित विशेष समारोहका बीच उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

ग्रामीण परिवेशमा जन्मिएका सापकोटाले कक्षा १२ सम्मको अध्ययन नेपालकै सरकारी विद्यालयबाट पूरा गरेका थिए। त्यसपछि उच्च शिक्षाका लागि करिब आठ वर्षअघि भारत प्रस्थान गरेका उनी वाराणसी लगायतका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत रहँदै ज्योतिषशास्त्रको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

विशेषगरी सिद्धान्त ज्योतिष तथा प्राचीन खगोलशास्त्रको अध्ययनमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएका सापकोटा अहिले यस क्षेत्रमा प्रतिभाशाली नेपाली विद्यार्थीका रूपमा परिचित बनेका छन्।

करिब २८–३० वर्षकै उमेरमा अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित विश्वविद्यालयबाट दुई स्वर्णपदक प्राप्त गर्नु केवल इलामका लागि मात्र नभई सम्पूर्ण नेपालकै लागि गर्वको विषय बनेको छ। उनको यो उपलब्धिले नेपाली विद्यार्थीको क्षमता र अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा नेपालको उपस्थिति अझ उजागर गरेको छ।

PS: प्रकाश अभिलाषी

28/07/2026

🔴 ३ वर्षभन्दा बढी समयदेखि नवीकरण नभएका फर्मलाई विशेष सुविधा, आगामी असार मसान्तसम्म नवीकरण वा खारेजी गर्न आग्रह ‼️

इलाम, साउन १२ः घरेलु तथा साना उद्योग कार्यालय, इलामले तीन वर्षभन्दा बढी समयदेखि नवीकरण नभई रोकिएका निजी तथा साझेदारी फर्महरूलाई विशेष सहुलियतसहित नवीकरण वा खारेजी गर्ने अवसर प्रदान गरिएको जनाएको छ । कार्यालयले शुक्रबार सूचना जारी गर्दै कोशी प्रदेश आर्थिक ऐन, २०८३ को दफा १४ तथा कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता ऐन, २०७७ र नियमावली, २०७८ बमोजिम यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो ॥
सूचनाअनुसार, तीन वर्षभन्दा बढी समयदेखि नवीकरण म्याद नाघेका निजी तथा साझेदारी फर्महरूले २०८४ साल असार मसान्तभित्र सम्बन्धित निकायमा आवेदन दिएमा प्रत्येक छुटेको नवीकरण अवधिका लागि तोकिएको नवीकरण दस्तुरको सतप्रतिशत जरिवाना लाग्नेछ । यस सहुलियतमा फर्मको नवीकरण वा आवश्यक परे खारेजीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ॥
घरेलु तथा साना उद्योग कार्यालय, इलामले सम्बन्धित सबै उद्योगी तथा व्यवसायीलाई यो विशेष अवसरको सदुपयोग गर्दै समयमै आफ्नो उद्योग/फर्मको नवीकरण वा खारेजी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार यो व्यवस्था लामो समयदेखि नवीकरण नभएका फर्महरूको अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा व्यवसायलाई कानुनी दायराभित्र ल्याउने उद्देश्यले लागू गरिएको हो ❗️

Address

Phulganchhi (फुलगाछी)
Ilam

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 11:00 - 17:00

Telephone

+9779842635187

Website

Alerts

Be the first to know and let us send you an email when इलाम ग्रीनद्वारा संचालित “खोजतलास” पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to इलाम ग्रीनद्वारा संचालित “खोजतलास” पेज:

Shortcuts

Share