Senior Team Fikkal STF

Directions

Senior Team Fikkal STF 'Love Junior respect Senior'

⚠️ इलाममा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रहइलाम, २०८३ कार्तिक ११ गते। जिल्ला प्रशासन कार्यालय इलामले बंगालको खाडीमा वि...
28/10/2026

⚠️ इलाममा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

इलाम, २०८३ कार्तिक ११ गते। जिल्ला प्रशासन कार्यालय इलामले बंगालको खाडीमा विकसित चक्रवातका कारण २०८३ कार्तिक १२, १३ र १४ गते (तीन दिन) देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनाअनुसार उक्त अवधिमा भारी वर्षा, बाढी, डुबान, पहिरो तथा नदीमा पानीको बहाव बढ्ने जोखिम छ।

प्रशासनले कार्तिक १२ गतेदेखि १४ गतेसम्म जोखिमयुक्त क्षेत्रमा यात्रा, पदयात्रा तथा धार्मिक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिम भएका बस्तीमा सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ।

सूचना जारी मिति: २०८३ कार्तिक ११ गते
जोखिम अवधि: कार्तिक १२–१४ गते, २०८३
समय: सूचनामा वर्षा सुरु हुने वा समाप्त हुने निश्चित घण्टा उल्लेख छैन।

प्रशासनले आधिकारिक मौसम सूचना मात्र विश्वास गर्न र अफवाह नफैलाउन पनि आग्रह गरेको छ।

— जिल्ला प्रशासन कार्यालय, इलाम

Happy Dashara.
19/10/2026

Happy Dashara.

14/10/2026

S.T.F. surprise moves.

शुभकामना🙏
08/10/2026

शुभकामना🙏

सूर्योदय नगरपालिकाको अनुगमन टोलीद्वारा उद्योग, गोदाम तथा पसलमा अनुगमन तीव्रसूर्योदय नगरपालिकाको अनुगमन टोलीले नगर क्षेत्...
07/10/2026

सूर्योदय नगरपालिकाको अनुगमन टोलीद्वारा उद्योग, गोदाम तथा पसलमा अनुगमन तीव्र

सूर्योदय नगरपालिकाको अनुगमन टोलीले नगर क्षेत्रभित्र रहेका उद्योग, गोदाम तथा पसलहरूमा अनुगमनलाई तीव्रता दिएको छ।

टोलीले व्यवसाय सञ्चालनको अवस्था, मूल्यसूची, म्याद गुज्रिएका सामग्री, सरसफाइ तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा देखिएका कमी–कमजोरी सुधार गर्न व्यवसायीलाई आवश्यक सुझाव तथा निर्देशनसमेत दिइएको छ।

नगरपालिकाले उपभोक्ताको हित संरक्षण, बजार व्यवस्थापन तथा व्यवसायलाई थप व्यवस्थित बनाउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

इलाम जिल्ला साइकल सङ्घ गठन, युवराज बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति।इलाम जिल्लामा साइकल खेल तथा साइकल पर्यटनको विकास...
05/10/2026

इलाम जिल्ला साइकल सङ्घ गठन, युवराज बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति।

इलाम जिल्लामा साइकल खेल तथा साइकल पर्यटनको विकास, प्रवर्द्धन र खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले इलाम जिल्ला साइकल सङ्घ गठन गरिएको छ।

सूर्योदय नगरपालिकाका युवराज बस्नेतको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरिएको हो। नवगठित समितिको उपाध्यक्षमा खगेन्द्र सिवाकोटी, सचिवमा ;-शरण फागो , उपसचिवमा;-विकास :-प्रधान र टाईसन राई, कोषाध्यक्षमा कमला राई रहेका छन्।

त्यस्तै सदस्यहरूमा अभिषेक प्रताप पौडेल, मिलन फागो र अजन्ति तामाङ रहेका छन्।

नवगठित समितिले इलाममा साइकल खेलको संस्थागत विकाससँगै जिल्लाका पर्यटकीय तथा ग्रामीण क्षेत्रलाई साइकल पर्यटनसँग जोड्ने, साइकल खेलाडीलाई प्रोत्साहन गर्ने तथा विभिन्न साइकलसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।

इलाम जिल्ला साइकल सङ्घ गठनमा आवश्यक सहजीकरण तथा सहयोग गरेकोमा जिल्ला खेलकुद विकास समिति, इलामका कार्यालय प्रमुख नारायण भट्टराई तथा सम्पूर्ण पदाधिकारीप्रति धन्यवाद व्यक्त गरिएको छ।

नवगठित समितिका अध्यक्ष युवराज बस्नेतसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

27/09/2026

पर्यटन दिवसको शुभकामना।🙏

⚠️ अत्यावश्यक मौसम तथा सुरक्षा सूचना ⚠️🌧️ मौसम विभागको पूर्वसूचनाअनुसार देशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले स...
24/09/2026

⚠️ अत्यावश्यक मौसम तथा सुरक्षा सूचना ⚠️

🌧️ मौसम विभागको पूर्वसूचनाअनुसार देशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सम्पूर्ण इलाम तथा सूर्योदयवासीमा उच्च सतर्कता अपनाई सुरक्षित रहन हार्दिक अनुरोध।

🚫 बाढी तथा पहिरोको जोखिम भएका स्थानमा नजानुहोस्।
🚗 लामो दूरीको यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्।
📢 जोखिम वा विपद्को अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनुहोस्।

📞 नेपाल प्रहरी आपतकालीन: १००
📞 नेपाल प्रहरी टोल–फ्री: १६६००१४१५१६
📞 प्रमुख जिल्ला अधिकारी, इलाम: ९८५२६०७७७७

सतर्क रहौँ • सुरक्षित रहौँ • एक–अर्कालाई सहयोग गरौँ। 🤝

Senior Team Fikkal (S.T.F.)
सूर्योदय–१०, इलाम

14/09/2026

राहत रकम जम्मा गरिएको सम्बन्धी सूचना

रसुवा बाढीपीडित सहयोगार्थ S.T.F. द्वारा संकलित राहत रकममा थप गरी रु. ९२,६७५ आज मिति २०८३/०५/२९ गते ग्लोबल आइएमई बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी गराउँदछौँ।

— आयोजक: Senior Team Fikkal (S.T.F.)

Address

Suryodaya Ilam Fikkal
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Senior Team Fikkal STF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category