इटहरी उपमहानगरपालिका कार्यालय सुनसरी Itahari Sub-Metropolitan Office

  • Home
  • Nepal
  • Itahari
  • इटहरी उपमहानगरपालिका कार्यालय सुनसरी Itahari Sub-Metropolitan Office

इटहरी उपमहानगरपालिका कार्यालय सुनसरी Itahari Sub-Metropolitan Office An official page of Itahari Sub-Metropolitan which is created for the information sharing among different stakeholders and citizens.

22/09/2026

इटहरी उपमहानगरपालिका वडा नं. १९ मा आज खाद्य बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा कैफियत (अनियमितता तथा म्याद गुज्रिएका सामान बिक्री-वितरण) भेटिएका किराना पसल तथा दुकानहरूलाई नियमानुसार कारबाही गरिएको छ भने उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुन नदिन जफत गरिएका म्याद गुज्रिएका अखाद्य सामानहरूलाई पूर्ण रूपमा नष्ट गरिएको छ।
उजुरीका लागि: १६६०२५५८८८८ , ०२५५९७००१

16/09/2026

आज जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा इटहरी उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलिद्वारा बजार अनुगमन गरिएको छ।

अनुगमनका क्रममा कैफियत भेटिएका तथा मापदण्ड विपरीत सञ्चालित किराना पसलहरूमाथि कडा कानुनी कारबाही गरिएको छ। जनस्वास्थ्यमा खेलबाड गर्ने ती पसलहरूबाट जफत गरिएका म्याद गुज्रिएका तथा अखाद्य सामानहरू आजै नष्ट गरिएको छ।

आम उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै यस्ता छड्के अनुगमन तथा कारबाहीका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर जारी रहनेछन्।
यदि तपाईंहरूले बजारमा गुणस्तरहीन, अखाद्य वा अन्य कुनै शंकास्पद खाद्य सामग्रीहरू देख्नुभयो भने तुरुन्त इटहरी उपमहानगरपालिकामा सम्पर्क गरी जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।
यो बजार अनुगमन नगरवासीको गुनासो र उजुरीको सम्बोधन गर्दै गरिएको हो।
उजुरीका लागि: १६६०२५५८८८८ , ०२५५९७००१

13/09/2026
10/09/2026

आज इटहरी उपमहानगरपालिकाद्वारा नगरभित्रका विभिन्न मिठाई पसलहरूमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने लापरबाही फेला परेको छ।

अखाद्य रसायनको प्रयोग: जेरी (जिलेबी) बनाउने क्रममा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने अखाद्य रसायन ‘हाइड्रो’ (Hydro) को प्रयोग भइरहेको रंगेहात फेला परेको छ।

ढुसी परेका मिठाई: विभिन्न पसलहरूमा खान अयोग्य, पुरानो र ढुसी परेको मिठाईहरू बिक्री वितरणका लागि राखिएको अवस्थामा भेटिएको छ।

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष गम्भीर असर पुर्‍याउने यस्ता कार्यमा संलग्न सम्बन्धित पसलहरूलाई तत्काल जरिवाना तिराई कडा कानुनी कारबाही गरिएको छ। साथै, मानव स्वास्थ्यमा हानि पुर्‍याउने अखाद्य वस्तुहरू तत्काल नष्ट गरिएको छ।

उपभोक्ताको स्वास्थ्यभन्दा ठूलो कुरा अरु केही छैन। सम्पूर्ण नगरवासीहरुलाई स्वच्छ र स्वस्थ मासु मात्र खरिद गरेर उपभोग गर्नहुन अनुरोध गर्दछौं।
यदि तपाईंहरूले बजारमा गुणस्तरहीन, अखाद्य वा अन्य कुनै शंकास्पद खाद्य सामग्रीहरू देख्नुभयो भने तुरुन्त इटहरी उपमहानगरपालिकामा सम्पर्क गरी जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।
यो बजार अनुगमन नगरवासीको गुनासो र उजुरीको सम्बोधन गर्दै गरिएको हो।
उजुरीका लागि: १६६०२५५८८८८ , ०२५५९७००१

स्थानीय बिदा सम्बन्धी सूचना (२०८३-०५-०९)
25/08/2026

स्थानीय बिदा सम्बन्धी सूचना (२०८३-०५-०९)

25/08/2026

आज इटहरी उपमहानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवाको संयुक्त टोलीद्वारा बजार अनुगमन, निरीक्षण तथा कारबाही सम्पन्न गरिएको छ। आजको अनुगमनका मुख्य विवरणहरू यस प्रकार छन्:

अखाद्य केचप नष्ट: केही दिन अगाडि सिल गरिएको अखाद्य केचपको बाँकी स्टकलाई आज टोलीको रोहवरमा सुरक्षित रूपमा नष्ट गरिएको छ।

भुजिया उद्योगमा सुधार: भुजिया फ्याक्ट्रीको निरीक्षण गर्दा उत्पादन प्रक्रियामा निकै सुधार आएको पाइयो। उत्पादनमा प्रयोग हुने पुराना भाँडाकुँडाहरू हटाएर 'फूड ग्रेड' (Food Grade) का भाँडाहरू राखिएको र मिक्सिङ बावलहरू (Mixing bowls) सफा गरी स्टेनलेस स्टिल (Stainless Steel) को प्रयोग गरिएको सकारात्मक अवस्था भेटियो।

हानिकारक रसायन (Liquid ETHRON) को प्रयोग: धरान लाइनमा आएको गुनासोको आधारमा विभिन्न होटल र पसलहरूमा अनुगमन गर्दा एउटा पसलमा काँचो केरा पकाउन 'लिक्विड इथ्रोन' (Liquid ETHRON) नामक कृत्रिम रसायनको प्रयोग गरिएको फेला पर्‍यो। पसलेले टुथब्रशको प्रयोग गरी सिधै फलफूलमा उक्त रसायन लगाइरहेको गम्भीर लापरवाही भेटिएको छ।

कारबाही प्रक्रिया: अनुगमनका क्रममा यसरी गम्भीर कैफियत भेटिएका पसल तथा व्यवसायीहरूलाई कानुन बमोजिम कडा कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ।

आफूले खरिद गर्ने उपभोग्य सामानको गुणस्तर, उत्पादनस्थलको अवस्था र लेबलप्रति सचेत रहनुहोला। यदि तपाईंहरूले बजारमा गुणस्तरहीन, अखाद्य वा अन्य कुनै शंकास्पद खाद्य सामग्रीहरू देख्नुभयो भने तुरुन्त इटहरी उपमहानगरपालिकामा सम्पर्क गरी जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।
यो बजार अनुगमन नगरवासीको गुनासो र उजुरीको सम्बोधन गर्दै गरिएको हो।
उजुरीका लागि: १६६०२५५८८८८ , ०२५५९७००१

बिशेज्ञ सूचीमा सूचिकृत हुने सम्बन्धि सूचना (२०८३-०५-०८)
24/08/2026

बिशेज्ञ सूचीमा सूचिकृत हुने सम्बन्धि सूचना (२०८३-०५-०८)

18/08/2026

इटहरी उप-महानगरपालिका, बजार अनुगमन शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवा सुनसरीको संयुक्त समन्वयमा आज नगरका विभिन्न उद्योग, कारखाना तथा पसलहरूमा सघन बजार अनुगमन गरिएको छ।

यस अनुगमनका क्रममा इटहरी-९ स्थित एक भुजिया फ्याक्ट्रीमा अनुगमन गर्दा गम्भीर कैफियत भेटिएको छ। उक्त फ्याक्ट्रीले उत्पादन गरिरहेका १६ वटा विभिन्न सामग्रीहरूमध्ये जम्मा २ वटाको मात्र खाद्य अनुज्ञापत्र (अनुमति) लिएको र बाँकी सामग्रीहरू बिना अनुमति गैरकानुनी रूपमा उत्पादन गरिरहेको पाइएको छ।
साथै, उत्पादन स्थलमा न्यूनतम सरसफाइ नभएको र मापदण्ड अनुसार सञ्चालन नगरेको भेटिएको छ। तसर्थ, उक्त फ्याक्ट्रीलाई सरसफाइ र मापदण्डमा पूर्ण सुधार नल्याएसम्म र सम्पूर्ण उत्पादनहरूको आधिकारिक अनुमतिपत्र प्राप्त नगरेसम्मका लागि उत्पादन कार्य पूर्ण रूपमा ठप्प (रोक्का) गरिएको छ।

आफूले खरिद गर्ने उपभोग्य सामानको गुणस्तर, उत्पादनस्थलको अवस्था र लेबलप्रति सचेत रहनुहोला। यदि तपाईंहरूले बजारमा गुणस्तरहीन, अखाद्य वा अन्य कुनै शंकास्पद खाद्य सामग्रीहरू देख्नुभयो भने तुरुन्त इटहरी उपमहानगरपालिकामा सम्पर्क गरी जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।

यो बजार अनुगमन नगरवासीको गुनासो र उजुरीको सम्बोधन गर्दै गरिएको हो।

उजुरीका लागि: १६६०२५५८८८८ , ०२५५९७००१

Address

Itahari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when इटहरी उपमहानगरपालिका कार्यालय सुनसरी Itahari Sub-Metropolitan Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to इटहरी उपमहानगरपालिका कार्यालय सुनसरी Itahari Sub-Metropolitan Office:

Shortcuts

Share