09/06/2026
सुशासन कायम गर्न पहिले आफूबाटै परिवर्तन गर्नुपर्छ। नेता मात्र राम्रो भएर हुँदैन, जनता पनि जिम्मेवार हुनुपर्छ। हामी आफैँ दुई मिनेट लाइन बस्न नसक्ने, सानो कामका लागि पनि सेटिङ गर्न खोज्ने बानी छ भने सुशासन कहाँबाट आउँछ? केवल भोट हालेर नेता राम्रो बनाउने मात्र होइन, नियम पालना गर्ने जिम्मेवारी जनताले पनि लिनुपर्छ। जनता पनि अनुशासित र जिम्मेवार भए मात्रै सुशासन कायम हुन्छ र देश सही दिशामा अघि बढ्छ।