LP Sanwa Limbu - Secretariat Office

LP Sanwa Limbu - Secretariat Office लाल प्रसाद साँवा लिम्बू
प्रतिनिधि सभा सदस्य उम्मेदवार
झापा निर्वाचन क्षेत्र नं.–४

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ। मतदान गर्नुहुने झापा–४ का सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दि...
05/03/2026

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ। मतदान गर्नुहुने झापा–४ का सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आभार व्यक्त गर्दछु। साथै, दल, प्रशासन, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सबै सरोकारवालाहरूमा पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु।

झापा–४ को एकता, सभ्यता र लोकतान्त्रिक संस्कारले सधैं यस्तै सकारात्मक सन्देश दिइरहोस् भन्ने कामना गर्दछु। तपाईंहरूको प्रत्येक मतमा देशको समृद्धि,स्थिरता र रूपान्तरणप्रतिको अपेक्षा जोडिएको छ। यही विश्वास र सहभागिताले समृद्ध नेपाल निर्माण गर्ने हाम्रो साझा संकल्पलाई अझ बलियो बनाउनेछ।

– एल.पी. सान्वा लिम्बु 🙏

आज सतासीधाम आधारभूत विद्यालय, दुधे – झापा मा गई आफ्नो अमूल्य मत प्रयोग (मतदान) सम्पन्न गरें।लोकतन्त्रको यो महान पर्वमा स...
05/03/2026

आज सतासीधाम आधारभूत विद्यालय, दुधे – झापा मा गई आफ्नो अमूल्य मत प्रयोग (मतदान) सम्पन्न गरें।

लोकतन्त्रको यो महान पर्वमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्नु सबै नागरिकको कर्तव्य हो।
झापा–४ का सम्पूर्ण मतदाता साथीहरूलाई पनि मतदान केन्द्रमा गई आफ्नो अमूल्य मत प्रयोग गर्न हार्दिक अनुरोध गर्दछु।

मौन अवधि सुरु हुँदैछ।याद गर्नुहोस्, मौन अवधि भनेको आफ्नो विवेक मौन राख्नु होइन।यो त आफ्नै अन्तरआत्मासँग इमान्दारीसाथ कुर...
02/03/2026

मौन अवधि सुरु हुँदैछ।
याद गर्नुहोस्, मौन अवधि भनेको आफ्नो विवेक मौन राख्नु होइन।
यो त आफ्नै अन्तरआत्मासँग इमान्दारीसाथ कुरा गर्ने समय हो, जलाउनेलाई रोज्ने कि बनाउनेलाई।

02/03/2026
02/03/2026

प्रिय झापा–४ का आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,

आगामी फाल्गुन २१ केवल निर्वाचनको दिन मात्र होइन — यो हाम्रो भविष्य रोज्ने दिन हो।यो हाम्रो सपना, हाम्रो संघर्ष र हाम्रो झापा–४ लाई कता लैजाने भन्ने निर्णय गर्ने क्षण हो।

मैले सधैं तपाईंहरूको विश्वासलाई शक्तिको रूपमा लिएको छु। तपाईंहरूको माया, साथ र सुझावकै कारण आज यहाँसम्म आइपुगेको छु। विकासका थुप्रै कामहरू सुरु भएका छन्, धेरै पूरा भएका छन्, र अझ धेरै काम गर्न बाँकी छन्।

म तपाईंसँग फेरि एकपटक विनम्र अनुरोध गर्न चाहन्छु —
फाल्गुन २१ गते आफ्नो अमूल्य मतद्वारा विकासको यात्रालाई निरन्तरता दिनुहोस्।

यो मेरो व्यक्तिगत जितको लागि होइन,
यो हाम्रो सामूहिक सपनाको लागि हो।
यो समृद्ध झापा–४ को लागि हो।

आउनुहोस्, हातेमालो गरेर उज्यालो भविष्य निर्माण गरौं।





01/03/2026

यो हाम्रो सामूहिक सपनाको लागि हो —
समृद्ध झापा–४ को निर्माणका लागि।

हामी सबैले देखेको सपना,
हामी सबैले खोजेको विकास,
र हामी सबैले चाहेको उज्यालो भविष्यका लागि
अब निर्णय गर्ने समय आएको छ।

झापा–४ को समृद्धि, सुशासन र स्थायित्वका लागि
हाम्रो एकताबद्ध कदम नै सबैभन्दा ठूलो शक्ति हो।

आउनुहोस्,
हातेमालो गरेर समृद्ध झापा–४ बनाऔं। ☀️





🌈 होलीको शुभकामना! 🌈रंगहरूको यो पवित्र पर्वलेतपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।आपसी सद्भाव, एकता र भाइ...
01/03/2026

🌈 होलीको शुभकामना! 🌈

रंगहरूको यो पवित्र पर्वले
तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।

आपसी सद्भाव, एकता र भाइचाराको भावना अझ प्रगाढ बनाओस्।
रंग जस्तै हाम्रो सम्बन्ध पनि सधैं उज्यालो र रमाइलो रहोस्।

होलीको हार्दिक शुभकामना! 🎉✨

01/03/2026

संयुक्त अरब इमिरेट्स, कतार, ओमान, साउदी अरेबिया लगायतका देशहरूमा रहनुहुने सम्पूर्ण नेपाली साथीहरूमा हार्दिक अनुरोध — कृपया सुरक्षित रहनुहोस्।

स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुहोस्, स्थानीय नियमहरूको पालना गर्नुहोस् र आधिकारिक सूचनामात्र विश्वास गर्नुहोस्।
एक–अर्कालाई सहयोग गर्दै सचेत र सुरक्षित रहनुहोस्।

तपाईंहरूको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। 🙏

01/03/2026

विकास अभियान जारी छ।
गर्नु अझै बाँकी छ।
त्यसैले फेरि एल.पी. साँवा चाहिएको छ!

झापा–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एल.पी. साँवा लिम्बू ले सुरु गरेका विकासका योजना, पूर्वाधारका काम, जनताको आवाज संसदसम्म पुर्‍याउने अभियान — अझै अधुरा छन्।

✔️ अधुरा आयोजना पूरा गर्न
✔️ दीर्घकालीन विकासलाई निरन्तरता दिन
✔️ युवाको भविष्य सुरक्षित गर्न
✔️ समृद्ध झापा–४ निर्माण गर्न

यसपटक पनि हाम्रो रोजाइ स्पष्ट छ ✊

🗳️ निरन्तरताका लागि
🗳️ स्थायित्वका लागि
🗳️ विकासका लागि

फेरि एकपटक एल.पी. साँवा लिम्बूलाई जिताऔं!

घर–घरमा सन्देश फैलाऔं, एकजुट बनौं, र बलियो मतले विजय सुनिश्चित गरौं।

28/02/2026

झापा गाउँपालिकाको मुहार बदल्ने विकासका संवाहक— माननीय एलपी साँवा लिम्बू! 🗳️☀️
झापा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने दक्षिणी भेग झापा गाउँपालिका (साविक कुमरखोद, टाघनडुब्बा र शरणामति) मा माननीय एलपी साँवा लिम्बुज्यूको पहलमा भएका ऐतिहासिक विकासका कार्यहरू यहाँका आम नागरिकको जीवनस्तरमा आएको परिवर्तनका साक्षी हुन्।झापा गाउँपालिकाको अधुरा सपना पूरा गर्न र समृद्धिको यो यात्रालाई अझ उचाइमा पुर्‍याउन फेरि एकपटक सूर्य चिह्नमा मतदान गरी एलपी साँवा लिम्बूज्यूलाई अत्यधिक बहुमतले विजयी गराऔँ! 🗳️🇳🇵
📍 झापा निर्वाचन क्षेत्र नं. ४

Address

Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when LP Sanwa Limbu - Secretariat Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share