Devraj Ghimire - देवराज घिमिरे

Devraj Ghimire - देवराज घिमिरे पूर्व सभामुख, प्रतिनिधि सभा

प्रतिनिधि सभा सदस्य उम्मेदवार झापा -०२

विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधार...
01/08/2026

विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ।

दिवङ्गत योद्धाहरूलाई हार्दिक श्रद्धाञ्जली

१९औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्ध...
29/05/2026

१९औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।

लोकतन्त्र दिवसको शुभकामना ।
24/04/2026

लोकतन्त्र दिवसको शुभकामना ।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।

नवनिर्वाचित सम्माननीय सभामुख डोलप्रसाद अर्यालसँग आज सिंहदरवारमा संसदीय अनुभव आदान प्रदान गर्दै । भेटमा सभामुखज्यूलाई बधा...
13/04/2026

नवनिर्वाचित सम्माननीय सभामुख डोलप्रसाद अर्यालसँग आज सिंहदरवारमा संसदीय अनुभव आदान प्रदान गर्दै । भेटमा सभामुखज्यूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छु ।

आदरणीय सूर्यप्रकाश सापकोटाको असामयिक निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ। कम्युनिष्ट आन्दोलनका अगुवा नेताको रूपमा उहाँ...
18/03/2026

आदरणीय सूर्यप्रकाश सापकोटाको असामयिक निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ। कम्युनिष्ट आन्दोलनका अगुवा नेताको रूपमा उहाँले स्वर्गीय रत्नकुमार वान्तवासहितका अग्रजहरूसँग सहकार्य गर्दै इलाम जिल्लामा पार्टी र संगठनलाई मजबुत र उचाइमा पुर्‍याउन पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।

उहाँको समर्पण, संघर्षशीलता र संगठनप्रतिको निष्ठा हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ। यस्तो क्षमतावान, इमानदार र कर्मठ नेताको अभाव पार्टी र समाजका लागि अपूरणीय क्षति हो।

यस दुःखद घडीमा शोकाकुल परिवारजन, आफन्त तथा सम्पूर्ण पार्टी पंक्तिप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु।

पार्टी केन्द्रीय कमिटीका सदस्य , गण्डकी प्रदेशका पुर्व सभासद, पोखरा महानगर पालिकाका पुर्व मेयर मेरा घनिष्ठ मित्र कमरेड क...
14/03/2026

पार्टी केन्द्रीय कमिटीका सदस्य , गण्डकी प्रदेशका पुर्व सभासद, पोखरा महानगर पालिकाका पुर्व मेयर मेरा घनिष्ठ मित्र कमरेड कृष्ण थापाको अप्रत्याशित दु:खद निधनको खबर सुनेर म र मेरो परिवार अत्यन्तै दुखित छ, यश घडीमा पृय कमरेड कृष्ण थापा प्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछु। सिङ्गो पार्टी र गण्डकी प्रदेशमा उहाँको निधनले पर्न गएको अपुरणिय क्षतिबाट अगाडि बढन साहस प्राप्त होस भनी कामना समेत गर्दछु।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भए...
13/03/2026

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको खबरले दुःखित बनाएको छ। स्वर्गीय पिताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूका बुवा मोहनप्रसाद ओलीको निधन भएको खबरले स्तब्ध बनाएको...
13/03/2026

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूका बुवा मोहनप्रसाद ओलीको निधन भएको खबरले स्तब्ध बनाएको छ। स्वर्गीय बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनु भएका अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यू लगायत सम्पूर्ण शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।

धन्यवाद 🙏
08/03/2026

धन्यवाद 🙏

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Devraj Ghimire - देवराज घिमिरे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share