Magurmadi, Jhapa

Magurmadi, Jhapa Mechinagar-9, Magurmadi Jhapa, Nepal We love Magurmadi . यस पेजमा असभ्य सामाग्री,विज्ञापन,राजनैतिक सामाग्री पोष्ट, ट्याग नगरिदिनुहुन अनुरोध छ |

20/09/2025

कसकसलाई याद छ यो घर । मागुरमाडीका युवालाई थाहा हुनुपर्ने हो । रहस्यमयी घर

02/07/2024

मेचीनगर ९ अवस्थित मागुरमाडी सामुदायिक वन बिट नं. भित्र आँपझोडीमा हात्तीले बच्चा जन्माई २/३ दिनदेखि रातीको समयमा गाउँ पसी बितण्डा गरेकोले सो क्षेत्रका स्थानीयबासी सजग रहनुहोला ।

अघि राती बाँसबारी पिकनिक स्पटपुर्व गोपाल कडरियाको घरमा तोडफोड गरे भने आहिले वडाध्यक्ष कञ्चन तामाङको घर मुनि चिमरिया, उप्रेती गाउँमा भर्खरै देखिएको छ

21/04/2024
कमाउँछु भनी गएका थियौ जहाजमा उडेरकस्तो भै गा थ्यौ कस्तो भै आयौ काठैको बाकसमाबोल माया....राजु जस्ता हजारौं भर्भराउँदा युव...
21/03/2024

कमाउँछु भनी गएका थियौ जहाजमा उडेर
कस्तो भै गा थ्यौ कस्तो भै आयौ काठैको बाकसमा
बोल माया....

राजु जस्ता हजारौं भर्भराउँदा युवा बर्सेनि बिदेश मै निभेर आउँछन् । उता सरकार भने यस्ता युवा बेच्न लालायित छ । तर कहिलेसम्म ????

बैदेशिक रोजगारीका क्रममा साउदीमा ज्यान गुमाउन पुगेका मेचीनगर ९ मागुरमाडी बिट नं. १ घाटगद्दी निवासी राजु विश्वकर्माको शब आईपुगेकोले भोलि बिहान १० बजे स्थानीय जंगलमा गरिने अन्तिम संस्कारमा सहभागी भै उनको आत्माशान्तिको कामना गरौं ।

मेचीनगर वडा नं. ९ ले उदाहरणीय कामको शुरूवात गरेको छ । वडामा निवासी ६५ वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क उपचार वडाले नै ...
05/03/2024

मेचीनगर वडा नं. ९ ले उदाहरणीय कामको शुरूवात गरेको छ । वडामा निवासी ६५ वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क उपचार वडाले नै आम्दा अस्पतालसँग सहकार्य गरि गर्दैछ ।
यस सराहनीय कामको लागि वडाध्यक्ष Kanchan Tamang लगायत सम्पूर्ण टीमलाई साधुवाद ।

पुरा पढ्नुहोस

02/12/2023

sad news
मेचीनगर ९ निबासी टंक उप्रेतीको परालको टौवा, धानको कुन्युमा आगलागी । आगो घरतिर सर्नसक्ने भएकोले २ वटा दमकल,प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिईदै

24/04/2023

वडाध्यक्षज्यु, यो फिँजाएर अवरुद्ध भएको बाट‍ो सञ्चालन योग्य वनाउन सिघ्र पहल होस् । कुनै दुर्घटना नहुञ्जेल यति कै छोडिनुपर्ने हो र ? Kanchan Tamang Yonzon

24/04/2023

सडक सुविधाको हिसाबले मेचीनगरको सबैभन्दा पछि परेको मागुरमाडीबीचबाट मागुरमाडी सडक बन्दैछ बहुत खुसीको कुरा हो तर बहुत दुःखको कुरा के हो भने स्व. भीमप्रसाद अकौलियाको घरदेखि दक्षिण शिवराजचोक सम्म बाटोको बीचमा गिटी थुपारेर बाटो अबरुद्ध छ ।
हात्ती समस्याग्रस्त क्षेत्र साँझ रात हिड्नुपर्छ जतिखेरसुकै जम्काभेट हुँदा भाग्नु पर्ने हुनसक्छ। साईकलमा विद्यार्थी, शारीरिक अशक्त, गर्भवती बिरामी, साँझरात आवतजावत गर्नुपर्छ । दुःखसुख चलिरहेका मोटरसाइकल बिग्रेर कवाडी भै रहेका छन । साईकल चलाउन नसकिने अवस्था छ यो अवस्था कहिलेसम्म भोग्नुपर्ने ??? वर्तमान वडाध्यक्ष नै दिनको कम्तीमा २ पटक ओहोरदोहोर गर्दा पनि नपेलेपनि ग्रेडरले सम्याउनसम्म पहल नगर्नुले यो सडकप्रयोगकर्ता अचम्मित छन् । Kanchan Tamang Yonzon

Address

Magurmadi, Jhapa
Jhapa District
00977

Website

Alerts

Be the first to know and let us send you an email when Magurmadi, Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Magurmadi, Jhapa:

Share

Category