01/07/2026
हिजो असार १६ गते नेपाल सरकार र मेचीनगर वार्ड नं ९ बाट छुट्टाछुट्टै रुपमा उपलब्ध भएको छात्रवृत्ति कक्षा १ देखि १२ सम्मका बिद्यार्थीहरुलाई अभिभावकको उपस्थितिमा बितरण गरियो ।
बिद्यालयकी सहायक प्रधानाध्यापक तुलसा दङ्गालले सञ्चालन गर्नुभएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमारी दनुवारको सभापतित्व , वडा नं ९ अध्यक्ष कन्चन कुमार तामाङको प्रमुख आतिथ्यता एवम् अतिथिहरु दाता अनिता पाठक , शिक्षक अभिभावक संघ अध्यक्ष डिल्लिराम प्रसाईं लगायत रहनु भएको थियो ।
बिद्यालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अतिथि र अभिभावकलाई स्वागत गर्नुभएको थियो ।
यसै अवसरमा मेचीनगर १०, धुलाबारी निवासी अनिता पाठकज्युका दिवङ्गत पति एवम् यस बिद्यालयका पुर्व बिद्यार्थी डाक्टर बुद्धिनाथ पाठक तथा इन्जिनियर हरिकेशव पाठकका पिता स्वर्गीय 'नित्यानन्द पाठक' को धामगमनको पहिलो बर्षको पुण्य स्मृतिमा यस विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ५ जना बिद्यार्थीहरुको शिक्षामा सहयोग पुग्ने उद्देश्यले रु ५०,००० ( अक्षरेपी पचास हजार ) सहयोग गर्नुभएकोमा बिद्यालय परिवार हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै यहाँहरुको अनन्त पारिवारिक खुशी , शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।