Khusbu Oli Supporters

Contact the organization

Khusbu Oli Supporters प्रतिनिधि सभा सदस्य ( संघिय सांसद )
Member of Parliament
प्रमुख सचेतक, राष्ट्रिय प्रजातन्त्र पार्टी
Chief Whip, Rastriya Prajatantra Party

छठको लागि दुई दिन बिदा दिन माननीयज्युको सरकारसँग आग्रह
13/11/2026

छठको लागि दुई दिन बिदा दिन माननीयज्युको सरकारसँग आग्रह

12/11/2026

Balen प्रधानमन्त्रीज्यू, PMO Nepal छठ पर्व मनाउन काठमाडौं लगायत देशका विभिन्न स्थानबाट लाखौँ नागरिक आफ्नो जन्मथलो, तराई-मधेस तथा गृहजिल्ला पुग्ने गर्छन्। वर्षभरि रोजगारी, अध्ययन र विभिन्न कामका सिलसिलामा घरपरिवारबाट टाढा रहेका नागरिकका लागि छठ परिवारसँग पुनर्मिलन हुने र आफ्नो मौलिक संस्कृति तथा परम्परासँग जोडिने विशेष अवसर पनि हो। यस्तो महत्त्व बोकेको पर्वमा सरकारले नागरिकको आस्था, भावना र व्यावहारिक आवश्यकतालाई ध्यान दिनुपर्छ।
छठ पर्वका दुई मुख्य दिनमध्ये पहिलो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ भने दोस्रो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ। यी दुवै अर्घ पर्वका अभिन्न र उत्तिकै महत्त्वपूर्ण धार्मिक अनुष्ठान हुन्। पहिलो दिनको साँझको अर्घ र दोस्रो दिनको बिहानको अर्घ दुवै पूरा भएपछि मात्र छठ पर्वको विधि सम्पन्न हुन्छ। त्यसैले एउटा दिन मात्र सार्वजनिक बिदा दिएर अर्को दिनलाई नियमित कार्यदिवस बनाउनु व्यावहारिक र धार्मिक दुवै दृष्टिले उचित हुँदैन।
छठ कुनै एक समुदायको मात्र पर्व नभई नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक विविधताको अभिन्न हिस्सा हो। लाखौँ नागरिकको आस्था, सहभागिता र सांस्कृतिक पहिचान जोडिएको यस पर्वका दुवै मुख्य दिनलाई समान महत्त्व दिँदै सरकारले कम्तीमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गर्नुपर्छ। यो कुनै विशेष सुविधा होइन, नागरिकको आस्था, संस्कृति र परम्प्रतिप्रतिको राज्यको सम्मान हो। जय छठी मैया। जय सनातन।

माननियज्युको भाइटीका !!!
11/11/2026

माननियज्युको भाइटीका !!!

NPL हेर्दै माननीय Khusbu Oli
10/11/2026

NPL हेर्दै माननीय Khusbu Oli

नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना ।
10/11/2026

नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना ।

10/11/2026

गौ माता❤️🙏

सनातन संस्कृति र परम्पराको सम्मानका लागि नेपाल सरकारलाई हार्दिक धन्यवाद! दशकौँपछि पहिलोपटक नेपाली मौलिक संस्कृति, परम्पर...
09/11/2026

सनातन संस्कृति र परम्पराको सम्मानका लागि नेपाल सरकारलाई हार्दिक धन्यवाद! दशकौँपछि पहिलोपटक नेपाली मौलिक संस्कृति, परम्परा र आस्थाको अभिन्न पर्व देउसी भैलोलाई समयको सीमाबिना चौबीसै घण्टा खेल्न पाउने व्यवस्था हुनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य निर्णय हो।

गृह मन्त्रालयबाट जारी निर्देशनले देउसी भैलो कार्यक्रमलाई सुरक्षित, मर्यादित, व्यवस्थित र सभ्य रूपमा सञ्चालन गर्दै हाम्रो मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण मार्ग प्रशस्त गरेको छ।

देउसी भैलो मनोरञ्जन मात्र होइन, यो हाम्रो सनातन संस्कृतिको जीवन्त अभिव्यक्ति, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परा र नेपाली समाजको सामूहिक पहिचान हो। यसलाई समयको बन्देजबाट मुक्त गर्दै संस्कृति र आस्थाको सम्मान गर्ने वातावरण बनाउनु आफैँमा प्रशंसनीय कदम हो।

साथै, ध्वनि प्रदूषण, सुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण र सभ्य व्यवहारसम्बन्धी निर्देशनहरू पालना गर्दै सबैले उल्लासपूर्वक पर्व मनाउन सक्ने वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी र नागरिकको साझा कर्तव्य पनि हो।

यस सकारात्मक निर्णयका लागि नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सबै निकायलाई हार्दिक धन्यवाद।

जय सनातन! जय नेपाली संस्कृति!

माननीयज्यू पूजा गर्नुहुँदै लेख्नुहुन्छ "गाई केवल आस्थाको प्रतीक मात्र होइन, हाम्रो सनातन संस्कृति, मातृत्व, करुणा र समृद...
09/11/2026

माननीयज्यू पूजा गर्नुहुँदै लेख्नुहुन्छ "गाई केवल आस्थाको प्रतीक मात्र होइन, हाम्रो सनातन संस्कृति, मातृत्व, करुणा र समृद्धिको प्रतीक पनि हो। हाम्रो सनातन धर्म, संस्कार र परम्परा सधैँ जीवित रहोस्।
गौ माता की जय! जय सनातन।"

राष्ट्र , धर्म र संस्कृति सभ्यता सबै बचाउनुपर्छ
09/11/2026

राष्ट्र , धर्म र संस्कृति सभ्यता सबै बचाउनुपर्छ

07/11/2026

क्रिकेटको विकास चाहनुहुन्छ भने पास लिएर होइन हाम्रो माननीय ज्यू जस्तो टिकट काटेर खेल हेरौ !!!!!

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Khusbu Oli Supporters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Khusbu Oli Supporters:

Shortcuts

Share