रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, खैरहनी, चितवन

  • Home
  • Nepal
  • Jhawani
  • रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, खैरहनी, चितवन

रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, खैरहनी, चितवन आन्तरिक रोजगार सम्बन्धी जानकारिहरु

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा विभिन्न पदमा जनशक्ति आवश्यकता सम्बन्धी सूचना !!!
20/08/2026

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा विभिन्न पदमा जनशक्ति आवश्यकता सम्बन्धी सूचना !!!

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा जनशक्ति आवश्यकता सम्बन्धी सूचनापदः स्वच्छ ऊर्जा परिचालक (Clean Cooking Solutions Mob...
20/08/2026

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा जनशक्ति आवश्यकता सम्बन्धी सूचना
पदः स्वच्छ ऊर्जा परिचालक (Clean Cooking Solutions Mobilizer)
आवश्यक संख्याः ३६ (खुल्ला १८, महिला १८)
थप जानकारीको लागिः www.aepc.gov.np

वैदेशिक रोजगार बोर्डको सचिवालयमा स्वयंसेवक कर्मचारी पदपूर्ति सम्बन्धी सूचना !!!
19/08/2026

वैदेशिक रोजगार बोर्डको सचिवालयमा स्वयंसेवक कर्मचारी पदपूर्ति सम्बन्धी सूचना !!!

Teacher Wanted Level: Secondary LevelSubject:- Mathematics
17/08/2026

Teacher Wanted
Level: Secondary Level
Subject:- Mathematics

श्री कपिया माध्यमिक विद्यालयमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!
04/08/2026

श्री कपिया माध्यमिक विद्यालयमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!

सीप विकास तालिमहरूमा सहभागी हुन इच्छुक निम्न योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) ...
28/07/2026

सीप विकास तालिमहरूमा सहभागी हुन इच्छुक निम्न योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र दरखास्त फारम भर्नुहुन अनुरोध छ ।

यस कार्यालयको चालु आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार २०८३ साउन महिना देखि सञ्चालन गरिने देहाय अनुसारका सीप विकास तालिमहरूमा सहभागी हुन इच्छुक निम्न योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र दरखास्त फारम भरी यस कार्यालयमा (कार्यालय समय भित्र) पेश गर्न हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित भएको छ ।

📢खैरहनी नगरपालिका भित्रका अध्ययनरत विद्यार्थी तथा बेरोजगार युवाहरूका लागि सुनौलो अवसर📢खैरहनी नगरपालिकाले सामुदायिक विद्य...
23/07/2026

📢खैरहनी नगरपालिका भित्रका अध्ययनरत विद्यार्थी तथा बेरोजगार युवाहरूका लागि सुनौलो अवसर📢

खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयहरूमा अध्यापन गराउन युवा स्वयंसेवक शिक्षक सूचिकृत हुनका लागि आवेदन आह्वान गरेको छ। आफ्नो पढाइ सँगसँगै वा रोजगारीको खोजीमा रहनुभएका स्थानीय युवाहरूका लागि यो आफ्नो क्षमता निखार्ने र शिक्षण अनुभव बटुल्ने उत्कृष्ट माध्यम हुन सक्छ ।

तह: आधारभूत (कक्षा १–५ र ६–८) तथा माध्यमिक तह (कक्षा ९–१०)
शैक्षिक योग्यता: प्लस टु (कक्षा १२) उत्तीर्ण भई स्नातक तहमा अध्ययनरत वा सोभन्दा माथि ।
उमेर हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
कार्य अवधि: बढीमा ११ महिना।
📋दरखास्त दिने अवधि: २०८३ साउन ६ गतेदेखि साउन १२ गतेसम्म।

🔍थप जानकारी र फारमका लागि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्नुहोला।

खैरहनी नगरपालिका, चितवन Sashi Khaniya Kabita Uprety नेत्र पौडेल

📢 दक्षिण कोरियाबाट फर्कनुभएका युवाहरूका लागि अत्यन्त जरुरी सूचना !!! 📢कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को K-Ha...
21/07/2026

📢 दक्षिण कोरियाबाट फर्कनुभएका युवाहरूका लागि अत्यन्त जरुरी सूचना !!! 📢
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को K-HaMi परियोजना अन्तर्गत दक्षिण कोरियाबाट वैधानिक रूपमा फर्किएका नेपाली नागरिकहरूका लागि "Returnee Innovators for Nepal (RIN) Cohort III" कार्यक्रमको आवेदन खुल्ला गरिएको छ । यस खैरहनी नगरपालिका क्षेत्रभित्र रहनुभएका इच्छुक र योग्य कोरिया रिटर्नी (Returnee) हरूलाई समयमै आवेदन दिई यस सुनौलो अवसरको लाभ लिन अनुरोध छ ।
✨ मुख्य कार्यक्रमहरु:
🎯 नि:शुल्क उद्यमशीलता बुटक्याम्प (Bootcamp) र मेन्टोरसिप ।
💰 सहुलियतपूर्ण कर्जा (Interest Subsidy Loan) को लागि सिफारिस ।
🛠️ व्यवसाय विस्तारका लागि आवश्यक प्राविधिक सहयोग ।

📝 महत्त्वपूर्ण विवरणहरू:
👥 लक्षित समूह: EPS मार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्किएका व्यक्तिहरु ।
💻 आवेदन दिने माध्यम: अनलाइन (Online)
🔗 आधिकारिक लिङ्क: https://rinnepal.org/rin
⏰ आवेदन दिने अन्तिम मिति: २०८३ साल साउन १३ गते (29 July 2026) सम्म।
💡थप जानकारीको लागि खैरहनी नगरपालिकाको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ ।

खैरहनी नगरपालिका, चितवन
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारबाट फर्की स्वदेशमै उल्लेखनीय उद्यम, उत्पादन र रोजगारी सिर्जना गर्ने ७ जन...
16/07/2026

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारबाट फर्की स्वदेशमै उल्लेखनीय उद्यम, उत्पादन र रोजगारी सिर्जना गर्ने ७ जना उद्यमीहरूलाई राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ७ जना उद्यमी राष्ट्र...

"श्रमको सम्मान, राष्ट्रको अभियान"खैरहनी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा वडा नं. १२ को सहकार्यमा सचेतना कार्यक...
02/07/2026

"श्रमको सम्मान, राष्ट्रको अभियान"
खैरहनी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा वडा नं. १२ को सहकार्यमा सचेतना कार्यक्रम वडा नं. १२ मा सम्पन्न भएको छ । कार्यवाहक वडाध्यक्ष श्री एकला महतोको अध्यक्षता आयोजित यस कार्यक्रममा वैदेशिक रोजगारीसँग सम्बन्धित व्यक्ति र उनीहरूका परिवारलाई लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी, कानुनी प्रक्रिया, श्रम स्वीकृति र ठगीबाट बच्ने उपायहरू बारे अभिमुखीकरण प्रदान गरियो । साथै, वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायता, बिरामी उपचार खर्च र छात्रवृत्ति जस्ता कल्याणकारी सेवाहरू, रेमिट्यान्सको सही सदुपयोग, बचत, लगानी र उद्यमशीलता सम्बन्धी वित्तीय साक्षरता एवं वैदेशिक रोजगारीका मानसिक प्रभाव व्यवस्थापनका लागि मनोसामाजिक परामर्श विषयमा विस्तृत जानकारी दिइयो । सुरक्षित आप्रवासन र स्वरोजगार प्रवर्द्धनका लागि आयोजित यस कार्यक्रमलाई सफल पार्न सहभागी हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । 🙏💐
खैरहनी नगरपालिका, चितवन Sashi Khaniya Kabita Uprety नेत्र पौडेल
#खैरहनी_नगरपालिका #रोजगार_सेवा_केन्द्र #सुरक्षित_आप्रवासन #श्रमको_सम्मान

Address

Khairahani Municipality Chitwan
Jhawani

Alerts

Be the first to know and let us send you an email when रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, खैरहनी, चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, खैरहनी, चितवन:

Shortcuts

Share