26/08/2026
प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,
देशमा आएको प्राकृतिक विपत्तिको यस कठिन घडीमा सबैलाई धैर्य, साहस र संयम अपनाउन हार्दिक अनुरोध गर्दछौँ। बाढी, पहिरो, विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा सुरक्षाका लागि सबै मिलेर सहयोग गरौँ।
कृपया अफवाहमा विश्वास नगर्नुहोस्, सम्बन्धित निकायको आधिकारिक सूचना मात्र पालना गर्नुहोस् र सुरक्षित स्थानमा रहनुहोस्। एकअर्काको सहयोग, सद्भाव र एकताले मात्र हामी यस संकटलाई पार गर्न सक्छौँ।
आउनुहोस्, हातेमालो गरौँ—सुरक्षित बनौँ र अरूलाई पनि सुरक्षित राखौँ।
“विपत्तिमा धैर्य, एकता र सहयोग नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।”
समसुद्दीन मु