Spring Valley Academy

Spring Valley Academy A community based school

🌸 हार्दिक बधाइ तथा शुभकामना! 🌸बागिना सांस्कृतिक परिवारद्वारा आयोजित तीज नृत्य प्रतियोगितामा स्प्रिङ भ्याली एकेडेमीका छात...
02/09/2026

🌸 हार्दिक बधाइ तथा शुभकामना! 🌸

बागिना सांस्कृतिक परिवारद्वारा आयोजित तीज नृत्य प्रतियोगितामा स्प्रिङ भ्याली एकेडेमीका छात्राहरूले उत्कृष्ट नृत्य प्रस्तुति दिँदै उत्कृष्ट स्थान हासिल गर्न सफल हुनुभएकोमा सम्पूर्ण नृत्य छात्राहरूलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछौँ। 💐

तपाईंहरूको मेहनत, लगनशीलता, प्रतिभा र उत्कृष्ट प्रस्तुतिले विद्यालयको गौरव अझ उचो बनाएको छ। आगामी दिनमा पनि अझ उत्कृष्ट प्रदर्शन गर्दै सफलताको नयाँ उचाइ चुम्न सफल हुनुहोस् भन्ने हार्दिक शुभकामना।

साथै, नृत्य निर्देशक सन्तोष कुमारज्यू लगायत यस सफल नतिजा प्राप्तिका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, मार्गदर्शन र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। 🙏

धन्यवाद।
🌷 स्प्रिङ भ्याली एकेडेमी परिवार

🏸 Prize Distribution Ceremony 🏆The prizes were distributed today during the school’s morning assembly to the students wh...
01/09/2026

🏸 Prize Distribution Ceremony 🏆

The prizes were distributed today during the school’s morning assembly to the students who secured First, Second, and Third positions in the Badminton Competition organized by the Spring Valley Academy Bal Club.

The competition was conducted among students studying from Grade 4 to Grade 9, who were divided into four different levels.

We would like to extend our heartfelt congratulations and appreciation to all the award-winning students for their outstanding performances. We also wish them continued progress, success, and excellence in their academic as well as sporting journeys ahead.

We strongly believe that such competitive and creative activities play a significant role in nurturing students’ talents while developing discipline, confidence, sportsmanship, and teamwork.

Heartiest congratulations to all the winners and participants! 🎉🏸

School Administration
Spring Valley Academy

🌸 हार्दिक शुभकामना 🌸जनै पूर्णिमा एवं रक्षा बन्धनको पावन अवसरमा सम्पूर्ण अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू, आदरणीय शिक्...
28/08/2026

🌸 हार्दिक शुभकामना 🌸

जनै पूर्णिमा एवं रक्षा बन्धनको पावन अवसरमा सम्पूर्ण अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू, आदरणीय शिक्षक–शिक्षिकाज्यूहरू तथा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

यस पावन पर्वले आपसी प्रेम, सद्भाव, भाइचारा तथा पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दछौँ।

विद्यालय प्रशासन

17/08/2026

क्रमश:

17/08/2026

विद्यालयीय सभामा प्रस्तुत नेपाली वक्तृत्वका केही झलक

विद्यालयको नियमित प्रार्थना सभामा प्रस्तुत गरिएको नेपाली वक्तृत्वका केही उत्कृष्ट झलकहरूले विद्यार्थीहरूमा सामूहिक रूपमा आत्मविश्वासका साथ बोल्ने, कलात्मक एवं प्रभावकारी ढङ्गले आफ्ना विचार प्रस्तुत गर्ने, उपयुक्त शब्दको संयोजन तथा शब्द छनोट गर्ने कला विकास गर्ने सकारात्मक अभ्यासको सुरुवात भएको अनुभूति गराएको छ।

मञ्चमा उभिएर आफ्ना विचारलाई स्पष्ट, शालीन र प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास गर्नु आफैँमा प्रशंसनीय कार्य हो। यस्ता गतिविधिले विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास, सिर्जनशीलता, भाषिक क्षमता तथा नेतृत्व दक्षता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ।

यस प्रस्तुति तथा अभ्यासमा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट, प्रभावकारी र कलात्मक रूपमा आफ्ना विचार प्रस्तुत गर्न सकून् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

निरन्तर अभ्यास गरौँ, शब्दलाई सशक्त बनाऔँ र आफ्नो आवाजलाई प्रभावकारी अभिव्यक्तिको माध्यम बनाऔँ।

— विद्यालय प्रशासन
स्प्रिङ भ्याली एकेडेमी

हार्दिक धन्यवाद तथा आभारस्प्रिङ भ्याली बाल क्लबद्वारा आयोजित तीन तहमा विभाजित ब्याडमिन्टन प्रतियोगिता भव्य, सभ्य र सफलता...
17/08/2026

हार्दिक धन्यवाद तथा आभार

स्प्रिङ भ्याली बाल क्लबद्वारा आयोजित तीन तहमा विभाजित ब्याडमिन्टन प्रतियोगिता भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न भएकोमा बाल क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू र प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सम्बन्धित शिक्षक–शिक्षिकाज्यूहरूमा विद्यालय प्रशासन हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, स्वस्थ प्रतिस्पर्धाको भावना तथा नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको सफलताले विद्यालयको शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापको महत्त्वलाई समेत थप उजागर गरेको छ।

कार्यक्रमलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न तपाईंहरूले गर्नुभएको मेहनत, समय, समन्वय र समर्पण प्रशंसनीय छ। आगामी दिनमा पनि यस्तै सिर्जनात्मक तथा विद्यार्थीकेन्द्रित कार्यक्रमहरूमा निरन्तर सक्रिय सहभागिताको अपेक्षा राख्दै सम्पूर्ण बाल क्लब परिवार तथा सम्बन्धित शिक्षक–शिक्षिकाज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

— विद्यालय प्रशासन
स्प्रिङ भ्याली एकेडेमी

17/08/2026
🏕️ स्प्रिङ भ्याली एकेडेमी स्काउट क्लबको शपथ ग्रहण तथा ब्याच वितरण कार्यक्रम 🇳🇵स्प्रिङ भ्याली एकेडेमी स्काउट क्लबमा आबद्ध...
16/08/2026

🏕️ स्प्रिङ भ्याली एकेडेमी स्काउट क्लबको शपथ ग्रहण तथा ब्याच वितरण कार्यक्रम 🇳🇵

स्प्रिङ भ्याली एकेडेमी स्काउट क्लबमा आबद्ध विद्यार्थीहरूको शपथ ग्रहण तथा स्कार्फ र ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शपथ ग्रहणसँगै विद्यार्थीहरूलाई स्काउटको अनुशासन, सेवा, जिम्मेवारी र नेतृत्वप्रति प्रतिबद्ध गराइएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सिर्जनात्मक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएका थिए।

विद्यार्थीहरूलाई ब्याच वितरण गर्ने कार्यमा विद्यालयका सहायक प्रधानाध्यापक श्री मोहन पन्तज्यूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

यस कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, आत्मनिर्भरता, नेतृत्व क्षमता, सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।

🌿 सेवा, अनुशासन र नेतृत्व—स्काउटको पहिचान, विद्यार्थीको उज्ज्वल भविष्यको आधार। 🇳🇵

हरेक चालमा सोच, हरेक कदममा रणनीति अनि हरेक निर्णयमा धैर्यता—यही हो चेसको सुन्दरता।विद्यार्थी–विद्यार्थीबीच विद्यालयद्वार...
16/08/2026

हरेक चालमा सोच, हरेक कदममा रणनीति अनि हरेक निर्णयमा धैर्यता—यही हो चेसको सुन्दरता।

विद्यार्थी–विद्यार्थीबीच विद्यालयद्वारा आयोजित चेस प्रतियोगिताका केही रोमाञ्चक झलकहरू।
जहाँ जित–हारभन्दा माथि रहेर विद्यार्थीहरूले एकाग्रता, तार्किक सोच, धैर्यता र निर्णय क्षमताको अभ्यास गरिरहेका छन्।

विजयी शृङ्खला, पुनः प्रथम स्थान 🏆✍️तारकेश्वर नगरपालिकाद्वारा आज आयोजित हस्तलेखन प्रतियोगितामा senior Level को English  H...
15/08/2026

विजयी शृङ्खला, पुनः प्रथम स्थान 🏆✍️

तारकेश्वर नगरपालिकाद्वारा आज आयोजित हस्तलेखन प्रतियोगितामा senior Level को English Handwriting विधामा Spring Valley Academy की कक्षा ९ मा अध्ययनरत छात्रा वन्दना राईले पुनः प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।

वन्दनाको यो निरन्तर सफलता उनको लगनशीलता, अभ्यास र उत्कृष्ट प्रतिभाको प्रमाण हो। यस गौरवपूर्ण उपलब्धिका लागि उनलाई विद्यालय प्रशासनको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

आगामी दिनमा पनि अझ उत्कृष्ट सफलता हासिल गर्दै विद्यालय, अभिभावक र सम्पूर्ण परिवारको नाम उच्च राख्न सफल होऊन्। 💐

हार्दिक बधाई, वन्दना!
विजयको यो शृङ्खला निरन्तर कायम रहोस्। 🎉🏆

Address

Basantanagar Colony, Tarakeshwor/2
Kathmandu
44600

Telephone

+97714025597

Website

Alerts

Be the first to know and let us send you an email when Spring Valley Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Spring Valley Academy:

Shortcuts

Share