युवा, श्रम तथा रोजगार मन्त्रालय

  • Home
  • Nepal
  • Kathmandu
  • युवा, श्रम तथा रोजगार मन्त्रालय

युवा, श्रम तथा रोजगार मन्त्रालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from युवा, श्रम तथा रोजगार मन्त्रालय, Government Organization, Singhadurbar, Kathmandu.

नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो तथा मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यमा गठित कार्यदल...
20/08/2026

नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो तथा मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यमा गठित कार्यदलले तयार पारेको “नेपाल हरित रोजगारी मिसन ( नेपाल ग्रिन जब्स मिसन)” सम्बन्धी प्रतिवेदन आज युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवसमक्ष पेस गरेको छ।
मन्त्रालयको समन्वयमा सञ्चालन हुने प्रस्तावित मिसनले सबैका लागि हरित सीप तथा मर्यादित रोजगारीका अवसरमा पहुँच सुनिश्चित गर्दै आर्थिक रूपान्तरणको परिकल्पना गरेको छ। हरित सीप, उद्यमशीलता र लगानीयोग्य परियोजनालाई रोजगारीसँग जोडेर आगामी पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

19/08/2026

वैदेशिक रोजगारीमा गएका श्रमिक वा श्रमिकका परिवारका सदस्यका लागि अवसर!
वैदेशिक रोजगार बोर्डको सचिवालयमा १० जना पारिश्रमिकसहितका स्वयंसेवक आवश्यक।
योग्य हुनुहुन्छ? तपाईंको सहभागिता नै महत्वपूर्ण योगदान बन्न सक्छ।

19/08/2026

मानव बेचबिखनको जोखिम, अनुसन्धान र पीडितको उद्धारका विषयमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक राजन लिम्बुसँग विशेष जानकारीमूलक अन्तर्वार्ता।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरू कुन–कुन अवस्थामा मानव बेचबिखनको जालमा पर्न सक्छन्? ब्यूरोको भूमिका के हो? जानौँ, बुझौँ र सचेत बनौँ।

17/08/2026

वैदेशिक रोजगारी सम्बन्धी डिजिटल श्रृंखलाः वित्तीय साक्षरता।

प्रेस विज्ञप्ति-२०८३-५-१
17/08/2026

प्रेस विज्ञप्ति-२०८३-५-१

युवा, श्रम तथा रोजगार मन्त्री, माननीय रामजी यादवले  आज साउन २९ गते राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान अन्तरगत रहे...
14/08/2026

युवा, श्रम तथा रोजगार मन्त्री, माननीय रामजी यादवले आज साउन २९ गते राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान अन्तरगत रहेको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीको अवलोकन तथा निरीक्षण गर्नु भएको छ। निरीक्षणमा मन्त्रालयका सचिव डा. दिपक काफ्ले, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक श्री चक्र पाणी पाण्डे, प्रशिक्षण केन्द्रका प्रमुख श्री पुष्पराज कटवाल लगायतका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

श्रम तथा रोजगार कार्यालय मोरङको नयाँ भवन उद्घाटन गर्दै आज साउन २९ गते युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले ...
14/08/2026

श्रम तथा रोजगार कार्यालय मोरङको नयाँ भवन उद्घाटन गर्दै आज साउन २९ गते युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत तथा संरचनागत सुधारका कामहरू अघि बढाएको बताउनुभएको छ ।

यस्तै नीति र कार्यक्रमको वास्तविक मूल्याङ्कन कार्यान्वयनको तहमा हुने बताउँदै मन्त्री यादवले श्रमिकको दैनिक जीवनमा सकारात्मक प्रभाव नदेखिएसम्म परिवर्तनको अर्थ नहुने बताउनुभयो ।

श्रमिक र प्रतिष्ठान दुवैसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले श्रम तथा रोजगार कार्यालयहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री यादवले कानुन बुझाउने, कानुन पालना गर्न सहजीकरण गर्ने र कमजोरी सुधार गराउने कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।

श्रमिक आपूर्ति प्रणालीका समस्या र समाधानबारे छलफल सम्पन्नहिजो बुधबार युवा, श्रम तथा रोजगार मन्त्री, माननीय रामजी यादवज्य...
13/08/2026

श्रमिक आपूर्ति प्रणालीका समस्या र समाधानबारे छलफल सम्पन्न

हिजो बुधबार युवा, श्रम तथा रोजगार मन्त्री, माननीय रामजी यादवज्यूको अध्यक्षतामा श्रमिक आपूर्ति क्षेत्रका विद्यमान समस्या, चुनौती तथा समाधानका उपायबारे सरोकारवालाहरूसँग छलफल सम्पन्न भयो।

छलफलमा श्रमिकको हक–अधिकार संरक्षण, श्रमिक आपूर्ति व्यवसायको व्यवस्थित तथा प्रभावकारी नियमन र आवश्यक कानुनी सुधारका विषयमा सुझावहरू प्रस्तुत गरिए।

माननीय मन्त्रीज्यूले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै श्रम ऐन, २०७४ को संशोधन प्रक्रियामा व्यावहारिक सुझावहरू समेटिने बताउनुभयो। साथै, श्रमिक आपूर्ति प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार, श्रमिक, रोजगारदाता तथा सरोकारवालाबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

12/08/2026

२६औँ अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना!
“भिन्न परिवेश, साझा आकांक्षा” युवाका अनुभव र परिवेश भिन्न भए पनि उज्ज्वल भविष्यप्रतिको आकांक्षा साझा छ। युवाको आवाज, सहभागिता र नेतृत्वलाई सशक्त बनाउँदै समृद्ध भविष्य निर्माण गरौँ।

युवा जागे, राष्ट्र जाग्छ!
जय युवा शक्ति! जय नेपाल!

11/08/2026

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान

Address

Singhadurbar
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714211678

Alerts

Be the first to know and let us send you an email when युवा, श्रम तथा रोजगार मन्त्रालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to युवा, श्रम तथा रोजगार मन्त्रालय:

Shortcuts

Share