National Health Training Center, Kathmandu

National Health Training Center, Kathmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Health Training Center, Kathmandu, Government Organization, https://earth. google. com/earth/d/1h-yLa89Lnxeln0ScRVI_-AB1ZOB2VuyI?usp=sharing, Kathmandu.

National Health Training Center is one of the centers of Ministry of Health and Food Safe which is responsible for overseeing all health training activities at the federal, provincial and local level through appropriate and quality training needs assess

मिति २०८३ साल असार १५ गते फेक्ट-नेपाल (PHECT-Nepal) को सहकार्यमा कीर्तिपुर अस्पतालमा सञ्चालित १ दिने आधारभूत पोलाइ उपचार...
03/08/2026

मिति २०८३ साल असार १५ गते फेक्ट-नेपाल (PHECT-Nepal) को सहकार्यमा कीर्तिपुर अस्पतालमा सञ्चालित १ दिने आधारभूत पोलाइ उपचार तालीम (Basic Burn Care - BBC) को समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

स्वास्थ्यकर्मीहरूमा पोलाइ (Burn) का बिरामीहरूको प्रारम्भिक व्यवस्थापन, घाउको हेरचाह, फ्लुइड रिसुस्जिटेसन तथा आकस्मिक उपचारसम्बन्धी व्यावहारिक र प्राविधिक सीप विकास गर्ने उद्देश्यले यो तालीम आयोजना गरिएको थियो।

यस समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाह, कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नाकर्मी, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको तालीम प्रत्यायन तथा नियमन शाखाका प्रमुख डा. माधव प्रसाद लम्साल, मुख्य प्रशिक्षक प्रा. डा. शंकर मान राई लगायत सह-प्रशिक्षकहरूको विशेष उपस्थिति रहेको थियो।

तालीममा विभिन्न स्वास्थ्य संस्थाबाट प्रतिनिधित्व गर्नुहुने २० जना सहभागिताहरू को सक्रिय सहभागिता रहेको थियो भने कार्यक्रमको अन्त्यमा सम्पूर्ण सहभागिताहरूलाई प्रमाणपत्र वितरण गर्दै तालीम सफलताका साथ सम्पन्न गरिएको छ। यस तालीमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गरी पोलाइका बिरामीहरूलाई समयमै गुणस्तरीय र प्रभावकारी उपचार प्रदान गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
Ministry of Health and Population-Nepal Government of Nepal, Department of health service National Health Education Information and Communication Centre Anuj Bhattachan Prakash Shah Madhab Prasad Lamsal

मिति २०८३/०३/२१ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र को आयोजनामा सञ्चालित ५ दिने “Clinical Training Skills” तालिम सफलत...
05/07/2026

मिति २०८३/०३/२१ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र को आयोजनामा सञ्चालित ५ दिने “Clinical Training Skills” तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिममा १५ जना सहभागीहरू को सक्रिय सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको क्लिनिकल प्रशिक्षणसम्बन्धी ज्ञान, सीप, प्रस्तुतीकरण क्षमता, सिकाइ–सहजीकरण दक्षता तथा व्यवहारिक प्रशिक्षण सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्नु रहेको थियो।

पाँच दिनसम्म सञ्चालन भएको यस तालिममा सहभागीहरूलाई क्लिनिकल प्रशिक्षणका आधारभूत सिद्धान्त, प्रभावकारी सिकाइ सहजीकरणका विधि, प्रशिक्षण योजना निर्माण, सहभागीमुखी शिक्षण पद्धति, व्यवहारिक सिप हस्तान्तरण, मूल्याङ्कन तथा प्रतिपुष्टि प्रणाली लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। साथै, स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी प्रशिक्षकको भूमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले विभिन्न अभ्यास, प्रस्तुतीकरण तथा समूहगत सिकाइ क्रियाकलापसमेत सञ्चालन गरिएको थियो।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाह को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा Accreditation and Regulation Section का Section Chief डा. माधव प्रसाद लम्साल, Skill Development Section Chief माधव कुमार श्रेष्ठ, विजय श्रेष्ठ, प्रमुख प्रशिक्षक डा. ईश्वर प्रसाद उपाध्याय तथा अन्य सह–प्रशिक्षक एवं सरोकारवालाहरूको गरिमामय उपस्थितिमा तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो।

समापन कार्यक्रममा वक्ताहरूले स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी, गुणस्तरीय र नतिजामुखी बनाउन दक्ष प्रशिक्षक तथा सक्षम स्वास्थ्य जनशक्ति उत्पादन अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँहरूले यस्ता तालिमले स्वास्थ्यकर्मीहरूको प्रशिक्षण सञ्चालन क्षमता, व्यवहारिक सीप हस्तान्तरण क्षमता र सेवा प्रवाहको गुणस्तर सुधार मा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

तालिममा सहभागीहरूले पनि तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, सहकर्मी क्षमता विकास तथा प्रभावकारी क्लिनिकल प्रशिक्षण सञ्चालन मा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस सफल तालिम कार्यक्रमका लागि सहयोग गर्नुहुने सम्पूर्ण प्रशिक्षक, सहभागी, आयोजक तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा साथ र सहयोग पुर्‍याउनुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
Ministry of Health and Population-Nepal
Government of Nepal, Department of health service
National Health Education Information and Communication Centre
Anuj Bhattachan
Prakash Shah
Madhab Prasad Lamsal
Daya Pant

मिति २०८३/०३/१९ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा Tilganga Institute of Ophthalmology को आयोजनामा सञ्चालित ३ दि...
05/07/2026

मिति २०८३/०३/१९ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा Tilganga Institute of Ophthalmology को आयोजनामा सञ्चालित ३ दिने “Primary Eye Care” तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिममा विभिन्न प्रदेशका २४ जना सहभागीहरू ले सक्रिय रूपमा सहभागिता जनाई तालिम प्राप्त गरेका थिए। तालिमको मुख्य उद्देश्य प्राथमिक तहमा आँखासम्बन्धी समस्याको पहिचान, आधारभूत उपचार, समयमै सिफारिस तथा समुदायस्तरमा प्रभावकारी आँखा सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु रहेको थियो।

तीन दिनसम्म सञ्चालन भएको यस तालिममा सहभागीहरूलाई आँखाको प्राथमिक जाँच, सामान्य आँखाका रोगहरूको पहिचान, प्राथमिक उपचार, आवश्यक परामर्श, जटिल अवस्थाको समयमै रेफरल, तथा समुदायस्तरमा आँखा स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापन सम्बन्धी विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। यस तालिमले प्राथमिक स्वास्थ्य सेवामार्फत आँखासम्बन्धी समस्याको प्रारम्भिक पहिचान र व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाह, Training Material Development Section Chief दया कृष्ण पन्त, तथा Tilganga Institute of Ophthalmology का प्रमुख प्रशिक्षकहरू डा. रचना सिंह राणा, डा. मोहन कृष्ण श्रेष्ठ, हरि कार्की, राम सिंह तामाङ को गरिमामय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

समापन कार्यक्रममा वक्ताहरूले आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार, प्रारम्भिक पहिचान र समयमै उपचारका लागि प्राथमिक तहका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, यस्ता तालिमले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा थप प्रभावकारी, गुणस्तरीय र पहुँचयोग्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

तालिममा सहभागी स्वास्थ्यकर्मीहरूले पनि प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गरी समुदायस्तरमा आँखा स्वास्थ्य प्रवर्द्धन, रोगको प्रारम्भिक पहिचान तथा समयमै सेवा सुनिश्चित गर्न योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस सफल तालिम कार्यक्रमका लागि सहयोग गर्नुहुने सम्पूर्ण प्रशिक्षक, सहभागी, आयोजक संस्था तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
Ministry of Health and Population-Nepal
Government of Nepal, Department of health service
National Health Education Information and Communication Centre
Anuj Bhattachan
Prakash Shah
Madhab Prasad
Daya Pant

मिति २०८३/०३/१९ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा सञ्चालित ५ दिने “Autism Care Disorder” तालिम Autism Care Ne...
05/07/2026

मिति २०८३/०३/१९ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा सञ्चालित ५ दिने “Autism Care Disorder” तालिम Autism Care Nepal Society, गोदावरी, ललितपुर मा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिममा विभिन्न प्रदेशका १८ जना सहभागीहरू को सक्रिय सहभागिता रहेको थियो। तालिममार्फत अटिजम भएका बालबालिका तथा व्यक्तिहरूको हेरचाह, व्यवहार व्यवस्थापन, सहयोग तथा सेवा प्रवाहसम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाह, Training Material Development Section Chief दया कृष्ण पन्त, प्रमुख प्रशिक्षकहरू रोजिना बज्राचार्य, सुरेन्द्र बज्राचार्य, डा. मेरिना श्रेष्ठ, डा. उत्कर्ष कार्की तथा HMIS Section Chief ऋतु पन्था को गरिमामय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

समापन कार्यक्रममा वक्ताहरूले अटिजमसम्बन्धी सेवा, सचेतना तथा दक्ष जनशक्ति विकासका लागि यस्ता तालिमहरू अत्यन्त उपयोगी रहेको बताउँदै, प्राप्त ज्ञान र सीपलाई आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गरी अटिजम भएका बालबालिका तथा व्यक्तिहरूको जीवनस्तर सुधारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

यस सफल कार्यक्रमका लागि तालिममा संलग्न सम्पूर्ण प्रशिक्षक, सहभागी, आयोजक संस्था तथा सहयोगी सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

Ministry of Health and Population-Nepal
Government of Nepal, Department of health service
National Health Education Information and Communication Centre
Anuj Bhattachan
Prakash Shah
Madhab Prasad Lamsal
Daya Pant

मिति २०८३/०३/१८ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा परिवार स्वास्थ्य महाशाखाको आयोजनामा परोपकार तथा महिला अस्पताल...
02/07/2026

मिति २०८३/०३/१८ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा परिवार स्वास्थ्य महाशाखाको आयोजनामा परोपकार तथा महिला अस्पतालमा सञ्चालित Second Trimester Safe Abortion Service Provider सम्बन्धी ७ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिममा कालिकोट अस्पताल, डडेल्धुरा अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, भद्रपुर तथा चितवन मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रसूति तथा स्त्रीरोग (Obstetrics & Gynecology) चिकित्सकहरूको सहभागिता रहेको थियो। तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

दोस्रो त्रैमासिक सुरक्षित गर्भपतन सेवा सम्बन्धी ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा सुरक्षित सेवा प्रवाह, सेवाग्राहीको मूल्याङ्कन, परामर्श, संक्रमण रोकथाम, जटिलताको व्यवस्थापन तथा सेवा पछिको हेरचाहलगायत विषयमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

तालिम समापन कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशकज्यू, परिवार स्वास्थ्य महाशाखाका निशा जोशी तथा तालिमका प्रशिक्षकहरूको उपस्थिति रहेको थियो। सो अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै यस्ता तालिमहरूले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।
Government of Nepal, Department of health service Government of Nepal, Department of health service National Health Education Information and Communication Centre Family Welfare Division Anuj BhattachanPrakash Shah

मिति २०८३/०३/१७ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंमा सञ्चाल...
02/07/2026

मिति २०८३/०३/१७ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंमा सञ्चालन गरिएको ३० दिने Cardiac Catheterization Laboratory (Cathlab) (क्याथल्याब) तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिम नर्सिङ तथा रेडियोग्राफर कर्मचारीहरूका लागि आयोजना गरिएको थियो।

यस तालिममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, वीरगञ्ज तथा गेटा अस्पतालका सहभागीहरूको सहभागिता रहेको थियो। तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो।

Cathlab मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूको पहिचान, परीक्षण र उपचारका लागि प्रयोग हुने अत्याधुनिक तथा विशिष्टीकृत सेवा हो। Cathlab मार्फत मुटुको रक्तनलीमा आएको अवरोध, मुटुको संरचनात्मक समस्या, मुटुको भल्भसम्बन्धी समस्या तथा अन्य जटिल हृदय रोगहरूको परीक्षण र उपचार गरिन्छ। यस प्रविधिबाट Coronary Angiography, Angioplasty, Stent Placement, Temporary तथा Permanent Pacemaker Insertion, Cardiac Hemodynamic Monitoring लगायतका सेवा प्रदान गर्न सकिन्छ। साथै, आपत्कालीन तथा जटिल मुटुरोगको उपचारमा Cathlab सेवाको विशेष महत्व रहेको हुन्छ।

उक्त तालिमको मुख्य उद्देश्य Cathlab सेवामा संलग्न नर्सिङ तथा रेडियोग्राफर जनशक्तिको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्नु, मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवामा आवश्यक प्राविधिक क्षमता विकास गर्नु, तथा स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय र सुरक्षित Cathlab सेवा प्रवाहका लागि दक्ष जनशक्ति तयार गर्नु रहेको थियो। तालिम अवधिमा सहभागीहरूलाई Cathlab उपकरणको सञ्चालन तथा व्यवस्थापन, बिरामीको तयारी र हेरचाह, संक्रमण रोकथाम तथा सुरक्षा व्यवस्थापन, रेडियसन सुरक्षा, प्रक्रिया अवधिको सहकार्य, आपत्कालीन अवस्थाको व्यवस्थापन, र Cathlab सेवासँग सम्बन्धित व्यवहारिक सीपका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो।

समापन कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाह, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका Training Material Development Section प्रमुख दया कृष्ण पन्त, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. दीपंकर प्रजापति, डा. अरुण मास्के, डा. कार्तिकेश कुमार ठाकुर, डा. आनन्द खनाल, विद्या जोशी कोइराला तथा मुख्य प्रशिक्षक नीता देवी डंगोलको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले मुटुरोगको बढ्दो भार, समयमै निदान तथा उपचारको आवश्यकता, र विशिष्टीकृत स्वास्थ्य सेवामा दक्ष जनशक्तिको भूमिकालाई विशेष रूपमा जोड दिएका थिए। उनीहरूले यस्ता तालिमहरूले Cathlab सेवाको प्रभावकारी सञ्चालन, बिरामी सुरक्षाको सुनिश्चितता, उपचार सेवाको गुणस्तर अभिवृद्धि तथा देशभर विशिष्टीकृत मुटु उपचार सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले स्वास्थ्य सेवाको गुणस्तर सुधार, विशिष्टीकृत सेवाका लागि आवश्यक दक्ष जनशक्ति विकास तथा स्वास्थ्यकर्मीहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता सीपमूलक तथा सेवामुखी तालिमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Government of Nepal, Department of health service Anuj Bhattachan Prakash Shah Daya Pant

मिति २०८३/०३/१७ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट से...
02/07/2026

मिति २०८३/०३/१७ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टर, काठमाडौंमा सञ्चालनमा रहेको ३० दिने Cardiac Catheterization Laboratory तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

विशेषज्ञ तथा गुणस्तरीय हृदयसम्बन्धी सेवा प्रवाहमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको समापन समारोह राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाह, मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेल, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका Training Material Development Section प्रमुख दया कृष्ण पन्त, प्रमुख प्रशिक्षक बिमला न्यौपाने तथा अन्य सहप्रशिक्षकहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

तालिम अवधिभर सहभागीहरूलाई Cardiac Catheterization Laboratory सेवासम्बन्धी सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक तथा प्राविधिक सीपसमेत प्रदान गरिएको थियो। विशेषगरी हृदयसम्बन्धी परीक्षण तथा उपचार प्रक्रियामा प्रयोग हुने क्याथ ल्याब सेवाको सञ्चालन, उपकरणको प्रयोग, सेवाग्राही सुरक्षा, संक्रमण रोकथाम, प्राविधिक समन्वय, आपत्कालीन व्यवस्थापन तथा गुणस्तरीय सेवा सुनिश्चिततासम्बन्धी विषयमा केन्द्रित रही तालिम सञ्चालन गरिएको थियो।

उक्त तालिममा मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टर, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, लुम्बिनी प्रादेशिक अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नर्सिङ तथा रेडियोग्राफर समूहका सहभागीहरूको सहभागिता रहेको थियो। तालिममा सहभागी स्वास्थ्यकर्मीहरूले प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्दै क्याथ ल्याब सेवाको गुणस्तर अभिवृद्धि, सेवाको पहुँच विस्तार तथा बिरामीलाई सुरक्षित, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सञ्चालन भएको यस ३० दिने तालिमले हृदयसम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवामा दक्ष जनशक्ति विकास, स्वास्थ्य संस्थाबीच अनुभव आदानप्रदान तथा संस्थागत सहकार्य सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, यस प्रकारका सीपमूलक तालिमहरूले विशिष्टीकृत स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्दै देशभर हृदयसम्बन्धी उपचार तथा परीक्षण सेवाको प्रभावकारिता अभिवृद्धि गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तालिम समापन समारोहका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। उक्त समारोहले तालिम अवधिभर हासिल गरिएका सिकाइ, अनुभव तथा उपलब्धिहरूलाई औपचारिक रूपमा सम्मान गर्नुका साथै आगामी कार्यक्षेत्रमा अझ प्रभावकारी सेवा प्रवाहका लागि सहभागीहरूलाई प्रेरित गरेको विश्वास गरिएको छ।

Ministry of Health and Population-Nepal Health Education Information and Communication Centre Government of Nepal, Department of health service Anuj Bhattachan Prakash Shah Daya Pant

मिति २०८३/०३/१६ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा स्वास्थ्य तालिम केन्द्र, मधेश प्रदेशको सहकार्यमा काठमाडौं मोड...
02/07/2026

मिति २०८३/०३/१६ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा स्वास्थ्य तालिम केन्द्र, मधेश प्रदेशको सहकार्यमा काठमाडौं मोडल अस्पताल, काठमाडौंमा सञ्चालनमा रहेको ४ दिने Second Trimester Safe Abortion Service Provider तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सुरक्षित गर्भपतन सेवाको गुणस्तर अभिवृद्धि, सेवाप्रदायक स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा दक्षता विकास, तथा दोस्रो त्रैमासिक सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो।

उक्त तालिम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक, स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि तथा मुख्य प्रशिक्षक डा. गणेश दंगालको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। तालिम अवधिभर सहभागीहरूलाई दोस्रो त्रैमासिक सुरक्षित गर्भपतन सेवासम्बन्धी सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक सीपसमेत प्रदान गरिएको थियो। सेवाप्रवाहका क्रममा अपनाउनुपर्ने मापदण्ड, सेवाग्राहीको सुरक्षा, परामर्श, संक्रमण रोकथाम, जटिलता व्यवस्थापन तथा गुणस्तरीय सेवा सुनिश्चिततासम्बन्धी विविध पक्षमा केन्द्रित रही प्रशिक्षण सञ्चालन गरिएको थियो।

यस तालिममा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज, नारायणी अस्पताल, वीरगञ्ज तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। विभिन्न स्वास्थ्य संस्थाबाट सहभागी भएका स्वास्थ्यकर्मीहरूले तालिममार्फत प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गरी सुरक्षित गर्भपतन सेवालाई अझ सहज, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

काठमाडौं मोडल अस्पताल, काठमाडौंमा सञ्चालन भएको यस तालिमले स्वास्थ्य संस्थाबीचको सहकार्य, अनुभव आदानप्रदान तथा सेवाप्रदायकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। साथै, यस प्रकारका तालिमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको सुदृढीकरणमा टेवा पुर्‍याउँदै महिलाहरूलाई समयमै सुरक्षित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस महत्वपूर्ण तालिमको सफल आयोजना तथा सम्पन्नताले सुरक्षित गर्भपतन सेवाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन, सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ। तालिम समापन समारोहका अवसरमा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो। उक्त समारोहले तालिमको उपलब्धि, सिकाइ तथा अनुभव आदानप्रदानलाई थप अर्थपूर्ण बनाएको छ
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Government of Nepal, Department of health service Anuj Bhattachan Prakash Shah Madhab Prasad Lamsal

मिति २०८३ साल असार १४ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा Nick Simons Institute को सहकार्यमा परोपकार प्रसूति तथा ...
29/06/2026

मिति २०८३ साल असार १४ गते, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा Nick Simons Institute को सहकार्यमा परोपकार प्रसूति तथा महिला अस्पताल, काठमाडौंको आयोजनामा सञ्चालित ५६ दिने एड्भान्स्ड दक्ष स्वास्थ्यकर्मी (एसएचपी) मोड्युलर तालिम (मोड्युल–५) तथा आधारभूत जीवन रक्षा (बीएलएस) तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिममा विभिन्न अस्पतालबाट सहभागी भएका ६ जना चिकित्सक ले सफलतापूर्वक तालिम पूरा गर्नुभएको थियो।

तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम Paropakar Maternity and Women's Hospital का निर्देशक डा. श्रीप्रसाद अधिकारीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाह, निक साइमन्स इन्स्टिच्युटको Training Manager डा. अर्पणा बी.सी. कलौनी, तालिमका मुख्य प्रशिक्षक डा. सन्देश पौडेल लगायतको गरिमामय उपस्थिति रहेको थियो।

समापन समारोहमा वक्ताहरूले दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा मातृ एवं नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा यस्ता सीपमूलक तालिमहरूको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो। साथै, सफलतापूर्वक तालिम सम्पन्न गर्ने सम्पूर्ण सहभागी चिकित्सकहरूलाई प्रमाणपत्र प्रदान गर्दै उज्ज्वल कार्यसफलताको शुभकामना व्यक्त गरियो।

सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा आगामी कार्ययात्राको सफलताको शुभकामना!
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Government of Nepal, Department of health service Anuj Bhattachan Prakash Shah Madhab Prasad LamsalSita Pokharel Arpana Kalaunee

मिति: २०८३ असार १३, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीहरूका लागि सञ्चालन गरिएको ए...
29/06/2026

मिति: २०८३ असार १३, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीहरूका लागि सञ्चालन गरिएको एकदिने बेसिक लाइफ सपोर्ट (Basic Life Support–BLS) तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा तालिम प्रत्यायन शाखाका प्रमुख डा. माधव प्रसाद लम्साल, मुख्य प्रशिक्षक डा. आशिष थापा तथा अन्य सह–प्रशिक्षकहरूको गरिमामय उपस्थिति रहेको थियो।

उक्त तालिममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका २४ जना ट्राफिक प्रहरीको सक्रिय सहभागिता रहेको थियो। तालिममार्फत सहभागीहरूलाई आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, कार्डियोपल्मोनरी रिससिटेसन (CPR), श्वासप्रश्वास अवरुद्ध हुँदा अपनाउनुपर्ने उपाय तथा अन्य जीवनरक्षक सीपसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाहले सडक दुर्घटना तथा अन्य आकस्मिक स्वास्थ्य समस्याका अवस्थामा सबैभन्दा पहिले घटनास्थलमा पुग्ने ट्राफिक प्रहरीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले यस्ता तालिमले ट्राफिक प्रहरीहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गरी आपत्कालीन अवस्थामा प्रभावकारी प्रारम्भिक उद्धार तथा जीवनरक्षक सेवा प्रदान गर्न थप सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा तालिम सफलतापूर्वक सम्पन्न गरेका २४ जना सहभागी ट्राफिक प्रहरीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले आगामी दिनमा पनि विभिन्न लक्षित समूहका लागि यस्ता जीवनरक्षक तालिमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Ministry of Health and Population-Nepal, National Health Education Information and Communication Centre, Government of Nepal, Department of health service, National Health Education Information and Communication Centre, Anuj Bhattachan, Prakash Shah, Madhab Prasad Lamsal Ashish Thapa

Address

Https://earth. Google. Com/earth/d/1h-yLa89Lnxeln0ScRVI_-AB1ZOB2VuyI?usp=sharing
Kathmandu
44600

Telephone

+97715362161

Alerts

Be the first to know and let us send you an email when National Health Training Center, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Health Training Center, Kathmandu:

Shortcuts

Share