22/08/2026
गाईजात्रा (सापारू) पर्वको अवसरमा "हास्यव्यङ्ग्य प्रहसन - २०८३" को अनलाइन मार्फत टिकट बुकिङ खुला गरिएको छ । लिंक :- ( Cultural Corporation - Sanskritiksansthan https://share.google/SSR9GtLWDd5daXilU )
डिजिटल रूपमा टिकट बुकिङ गर्ने तरिका:-
१.संस्थानको आधिकारिक वेबसाइट www.sanskritiksansthan.gov.np मा लगइन गरी त्यहाँ गाईजात्रा २०८२ टिकटका लागि भन्ने अप्सनलाई क्लिक गर्ने,
२.कुन मितिको कार्यक्रम हेर्ने सो कार्यक्रम मितिलाई क्लिक गरेपछि Number Login भन्ने अप्सन आउँछ त्यसमा आफ्नो मोबाइल नम्बर राख्ने र Send OTP मा क्लिक गर्ने,
३.मोबाइलको Message Box मा प्राप्त हुने OTP कोडलाई राखेर Send गर्ने,
४.आफूले चाहेको सिटलाई क्लिक गर्ने, त्यसपछि Buy Ticket भन्ने अप्सनमा क्लिक गर्ने,
५.Select Payment Gateway भन्ने अप्सनमा आफूसँग भएको Connect IPS लाई क्लिक गरी Proceed with Payment क्लिक गरी त्यहाँ आफ्नो व्यक्तिगत कनेक्ट आइपिएसको विवरण पेश गरी क्लिक गरेपछि टिकट लिन सकिनेछ ।
६.टिकट लिइसकेपछि टिकट लिएको डाउनलोड वा स्कृनशट गरी सो विवरण कार्यक्रम हर्ने दिन संस्थानलाई उपलब्ध गराउनु पर्नेछ ।
प्रमुख आकर्षण:
क) सांस्कृतिक संस्थानका कलाकारको प्रस्तुति ।
ख) लोकप्रिय हास्य कलाकारको प्रस्तुति ।
ख) सामुदायिक कलाकारको प्रस्तुति ।
मिति : २०८३ भाद्र १२,१३,१४ र १५ गते ।
समय : दिउँसो ३:०० बजे ।
स्थान : सांस्कृतिक संस्थानको मेगा प्रेक्षालय, जमल, काठमाडौँ ।
(टिकट संस्थानको कार्यालय तथा आधिकारिक वेबसाइटबाट अनलाइन मार्फत उपलब्ध गराइनेछ ।)
#सांस्कृतिक_संस्थान_गाईजात्रा_हास्यव्यङ्ग्य_प्रहसन_२०८३