13/08/2026
चार्टर वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न 🎉
Lions Club of Kathmandu Mithila City तथा Lions Club of Kathmandu Mithilanchal को संयुक्त आयोजनामा सम्पन्न Charter Anniversary Celebration कार्यक्रम आज मिति २०८३ वैशाख २८ गते (१३ अगस्ट २०२६) का दिन Anupam Food Land, Battisputali मा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। 🦁🎊
आज यश कार्यक्रममा सभापती द्योय लायन देव नारायण महतो र लायन कृष्नन्दन मिश्र ज्यु ले गर्नु भयेको थियो। साथै चिफ गेस्ट PDG Lion DK Dhungana, चार्टर अध्यक्ष PDG Lion RS Mahato, लायन जगन्नाथ पुडासैनी , लायन सन्जय नाथ जोशी, लायन श्रीधर भन्डारी, लायन माधव प्रसाद रिजाल, लायन सुशील मल्लज्यु हरु को उपस्थिति ले कार्यक्रम भब्य भयेको थियो।
यस विशेष अवसरमा दुवै क्लबको स्थापना दिवसको खुशीयाली साटासाट गर्दै विगतका सेवामूलक कार्यहरूको स्मरण, आगामी दिनका सेवा गतिविधिहरूका लागि नयाँ ऊर्जा तथा प्रतिबद्धता व्यक्त गरियो। साथै, कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउनुहुने सम्पूर्ण Lion Leaders, Club Officers, Members, शुभेच्छुक तथा सहयोगी महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏
Lions Club of Kathmandu Mithila City को १२औँ Charter Anniversary तथा Lions Club of Kathmandu Mithilanchal को १औँ Charter Anniversary को यस सुखद अवसरमा दुवै क्लबको निरन्तर प्रगति, एकता र सेवाको यात्राका लागि हार्दिक शुभकामना। 💐
आगामी दिनहरूमा पनि “Service First, Mark Forever” भन्ने भावनाका साथ समाजसेवामा अझ प्रभावकारी योगदान पुर्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं। ❤️🦁
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद! 🙏
🦁 We Serve
💙 Service First, Mark Forever
🌟 Mithila City Family