Yambu Thamichho Kydug

Yambu Thamichho Kydug Yambu Thamichho Kydug is non government organization. It is made for social welfare, promotion of tourism industry and for preservation our ethical culture.

भावपूर्ण श्रद्धाञ्जली 🙏हाम्रो संस्थाका समर्पित कोषाध्यक्ष स्वर्गीय  नुरु ग्याल्जेन शेर्पा ज्यूको असामयिक निधनको दुःखद खब...
28/08/2026

भावपूर्ण श्रद्धाञ्जली 🙏

हाम्रो संस्थाका समर्पित कोषाध्यक्ष
स्वर्गीय नुरु ग्याल्जेन शेर्पा ज्यूको असामयिक निधनको दुःखद खबरले हामी अत्यन्तै मर्माहत भएका छौँ।

संस्थाप्रति उहाँले देखाउनुभएको अथक मेहनत, निष्ठा र समर्पण तथा उहाँको अमूल्य योगदान हामी सधैँ उच्च सम्मानका साथ स्मरण गर्नेछौँ।
उहाँको योगदान हाम्रो संस्थाका लागि सदैव प्रेरणाको स्रोत रहनेछ।

शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।

स्वर्गीय नुरु ग्याल्जेन शेर्पाज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏

Heartfelt Condolences
We are deeply saddened by the sudden and untimely passing of our dedicated Treasurer, Late Mr. Nuru Gyalzen Sherpa .

His tireless service, dedication, and invaluable contribution to our organization will always be remembered and held in the highest regard. His commitment and service will remain an enduring part of our organization’s journey.

We, the Yambu Thamichho Kydug family extend our deepest condolences to his bereaved family and loved ones during this difficult time.

May his departed soul rest in eternal peace. 🙏

हार्दिक बधाई !!! हामी , यम्बु ठमिछो किदुग परिवार तथा सम्पूर्ण ठमिछो समुदायको तर्फबाट खुम्बु पासाङ ल्हामु गा. पा. - ०५ , ...
03/08/2026

हार्दिक बधाई !!!

हामी , यम्बु ठमिछो किदुग परिवार तथा सम्पूर्ण ठमिछो समुदायको तर्फबाट खुम्बु पासाङ ल्हामु गा. पा. - ०५ , च्याङेक्पा निवासी आदरणीय हिमाल आरोही श्री फूर ग्याल्जेन शेर्पाज्युलाई 14 Peaks अर्थात विश्वका आठ हजार मिटरभन्दा अग्ला सम्पूर्ण १४ वटा हिमालहरूको सफल आरोहण गरी ऐतिहासिक कीर्तिमान रच्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

तपाईंको अथक परिश्रम, अदम्य संकल्प र अनुशासित समर्पणले आज ऐतिहासिक सफलता प्राप्त गरेको छ ।
हामी सम्पूर्ण ठमिछो समुदाय तपाईंमाथि अत्यन्तै गौरवान्वित छौं।

हामी तपाईँको दीर्घायु, सुस्वास्थ्य र आगामी दिनमा थप उचाइहरूमा सफल यात्राको शुभकामना व्यक्त गर्दछौं।
तपाईको यो ऐतिहासिक उपलब्धिले आगामी पुस्तालाई सधैं प्रेरणा मिल्नेछ ।

We, the Yambu Thamichho Kydug family and the entire Thamichho community are really honored to extend our sincere congratulations to respected mountaineer
Mr. [GYALZEN] PHUR GYALZEN SHERPA,
a resident of K.P.L.R.M. - 05 , Chyangekpa, on the successful completion of all 14 peaks exceeding 8,000 meters.
This remarkable achievement reflects years of hardwork, unwavering discipline and consistency.

We commend your commitment to excellence and your contribution to Nepal's and Thamichho community's rich mountaineering legacy. This milestone not only elevates the standard of Himalayan climbing but also inspires future generations of adventurers worldwide.

We wish you continued success and safe journeys ahead.

- YAMBU THAMICHHO KYDUG FAMILY

Happy Chokor Düchen to allཆོས་འཁོར་དུས་ཆེན་གྱི་བཀྲ་ཤིས་བདེ་ལེགས། छोखोर दुछेन के हो ?-यो त्यो पवित्र दिन हो जब बुद्धले आफ...
18/07/2026

Happy Chokor Düchen to all
ཆོས་འཁོར་དུས་ཆེན་གྱི་བཀྲ་ཤིས་བདེ་ལེགས།

छोखोर दुछेन के हो ?
-यो त्यो पवित्र दिन हो जब बुद्धले आफ्ना पहिलो पाँच शिष्यलाई भारतको सारनाथमा पहिलो पटक चार आर्य सत्य को उपदेश दिनुभयो , जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ।
छोखोर दुछेन मुख्य रूपमा १ दिन मनाइन्छ तर पवित्र अवधि ४ दिन सम्म रहन्छ । दावा ठुक्पाको छेवा ४ मा सामान्यतः जुलाई महिनामा मनाइन्छ।

चार आर्य सत्य (बुद्धको पहिलो उपदेश):

१. दुःखको सत्य (Dukha)
- जीवनमा दुःख, चिन्ता र अनित्यता छ। जन्म, बुढ्यौली, बिरामी, मृत्यु र प्रिय वस्तुको वियोग सबै दुःख हुन्।

२. दुःखको कारणको सत्य (Samudaya)
- दुःखको कारण तृष्णा, आसक्ति र अज्ञानता हो। हामी अनित्य वस्तुमा टाँसिएर दुःख पाउँछौं।

३. दुःखको अन्त्यको सत्य (Nirodha)
- दुःखको अन्त्य सम्भव छ।
तृष्णा र आसक्ति त्यागेर शान्ति र निर्वाण प्राप्त गर्न सकिन्छ ।
अनावश्यक मोह त्यागेर आन्तरिक शान्ति पाउन सकिन्छ।

४. दुःख अन्त्य गर्ने मार्गको सत्य (Magga)
- दुःख अन्त्य गर्ने एउटा मार्ग छ:
आर्य अष्टांगिक मार्ग सम्यक् दृष्टि,
सही सोच, सही बोली, सही कर्म, सही जीविका,
सही प्रयास, सही स्मृति, र सही एकाग्रता।

यी ४ दिनमा के गर्ने?

· बढी ध्यान गर्ने - दिनको ५–१० मिनेट थप
· दयालु हुने -मीठो बोल्ने, रिस नगर्ने
· बत्ती बाल्ने -छोमेन वा मैनबत्तीले ज्ञानको प्रतीक
· दान गर्ने -खाना, पैसा, वा समय अरूलाई सहयोग गर्ने
· धर्म ग्रन्थ पढ्ने वा मन्त्र जप्ने, पेज पढ्ने
· चार आर्य सत्य मनन गर्ने र आफ्नो कर्म सम्झेर सुधार गर्ने
· कुनै जीवलाई दुःख नदिने

यस समयमा गरिएको सत्कर्मले धेरै पुण्य प्राप्त हुन्छ, त्यसैले यो आध्यात्मिक प्रगतिको शक्तिशाली अवसर हो।

What is Chokor Duechen?
It marks the day Buddha gave his first teaching ,the Four Noble Truths, to his first five disciples at Sarnath, India.
This "turned the Wheel of Dharma"
for the first time. The main celebration is 1 day on the 4th day of 6th lunar month but the sacred lasts for 4 days .

The Four Noble Truths (Buddha's first teaching):

1. The Truth of Suffering (Dukkha)
- Life involves suffering, dissatisfaction, and impermanence. Birth, aging, sickness, death, and even pleasant things changing all bring pain.

2. The Truth of the Cause of Suffering (Samudaya)
- Suffering comes from craving, attachment, and ignorance. We suffer because we cling to things that are temporary

3. The Truth of the End of Suffering (Nirodha) — It is possible to end suffering. By letting go of craving and attachment, we can attain peace and liberation (Nirvana).

4. The Truth of the Path (Magga)
- There is a path to end suffering: the Noble Eightfold Path
right view, right intention, right speech, right action, right livelihood, right effort, right mindfulness, and right concentration.

What to do during these 4 days (the holy period):

· Meditate more than usual - even 5–10 minutes extra
· Practice kindness - speak gently, avoid anger
· Offer light - butter lamps or candles symbolize wisdom
· Give generously - donate food, money, or time to those in need
· Read or recite Buddhist teachings or prayers
· Reflect on the Four Noble Truths and your own actions
· Avoid harming any living being

Any good deed done during this period is considered greatly multiplied in merit, so it's a powerful time for spiritual practice.

May these sacred day bring peace , compassion and wisdom to everyone.

Heartiest congratulations to Dr. Ngima Doma Sherpa of Thamo on achieving the prestigious PhD degree from Harvard Univers...
04/06/2026

Heartiest congratulations to Dr. Ngima Doma Sherpa of Thamo on achieving the prestigious PhD degree from Harvard University.

This remarkable accomplishment is not only a personal milestone but also a moment of immense pride for the entire Thamichho community. As the first woman from the Thamichho area to earn a PhD Degree
, Dr. Ngima Doma Sherpa has set an inspiring example for future generations through her dedication, perseverance, and academic excellence.

Your achievement brings honor to Thamo, entire Thamichho village , and the wider Sherpa community.
Wishing you continued success in all your future endeavors.

Congratulations once again, Dr. Ngima Doma Sherpa .

हार्दिक बधाई! ! !

ठमोकी डा. ङिमा डोमा शेर्पाज्युलाई हार्वर्ड विश्वविद्यालयबाट पीएचडी (PhD) उपाधि हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना।

उहाँको यो ऐतिहासिक उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नभई सम्पूर्ण ठमिछो क्षेत्रका लागि गर्वको विषय बनेको छ। ठमिछो क्षेत्रबाट पीएचडी उपाधि हासिल गर्ने पहिलो महिला बन्न सफल हुनु अत्यन्त प्रेरणादायी र गौरवपूर्ण उपलब्धि हो।

उहाँको मेहनत, लगनशीलता र शैक्षिक उत्कृष्टताले भावी पुस्ताका लागि प्रेरणाको मार्ग प्रशस्त गरेको छ। यस उपलब्धिले ठमो, ठमिछो तथा सम्पूर्ण शेर्पा समुदायको शिर उच्च बनाएको छ।

डा. ङिमा डोमा शेर्पाज्युलाई यस सफलताको लागि
पुन : हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ उच्च सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौ।

हार्दिक बधाई!!!हामी, यम्बु ठमिछो किदुग परिवार तथा सम्पूर्ण ठमिछोवासीहरूको तर्फबाट सुप्रसिद्ध नेपाली पर्वतारोही तथा आरोहण...
18/05/2026

हार्दिक बधाई!!!

हामी, यम्बु ठमिछो किदुग परिवार तथा सम्पूर्ण ठमिछोवासीहरूको तर्फबाट सुप्रसिद्ध नेपाली पर्वतारोही तथा आरोहण मार्गदर्शक पासाङ दावा शेर्पा (पा दावा शेर्पा) ज्युलाई सगरमाथा (माउन्ट एभरेष्ट) को ३०औँ सफल आरोहण सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

पा दावा शेर्पा ज्युले सन् १९९८ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। त्यसयता उहाँले निरन्तर रूपमा हिमाल आरोहणमा असाधारण योगदान दिँदै आउनुभएको छ। यस वसन्त याममा ३०औँ पटक सगरमाथाको सफल शिखर आरोहण गरी उहाँले नेपाल तथा सम्पूर्ण शेर्पा समुदायको गौरव अझ उचो बनाउनुभएको छ।

उहाँको साहस, समर्पण र अथक मेहनतले नयाँ पुस्तालाई प्रेरणा प्रदान गरिरहोस् भन्ने कामना गर्दछौँ। पुनः एकपटक हार्दिक बधाई तथा आगामी यात्राहरूका लागि सफलताको शुभकामना।

On behalf of Yambu Thamichho Kydug and the entire Thamichho family, we would like to extend our heartfelt congratulations and best wishes to renowned Nepali climbing guide Pasang Dawa Sherpa, popularly known as “Pa Dawa,” for successfully summiting Mount Everest (Sagarmatha) for the 30th time.

Pasang Dawa Sherpa first summited Mount Everest in 1998, and since then, he has continued to achieve remarkable success on the world’s highest peak. With his 30th successful ascent this spring season, he has once again brought great pride and honor to Nepal and the entire Sherpa community.

His courage, dedication, and continuous contributions to mountaineering are truly inspiring for future generations. Once again, heartfelt congratulations and best wishes for his continued success and safe journeys ahead.

हार्दिक बधाई!!!हामी,  यम्बु ठमिछो किदुग परिवार र सम्पूर्ण ठमिछो समुदायको तर्फबाट 'MOUNTAIN QUEEN 'ल्हाक्पा शेर्पा ज्युला...
17/05/2026

हार्दिक बधाई!!!
हामी, यम्बु ठमिछो किदुग परिवार र सम्पूर्ण ठमिछो समुदायको तर्फबाट 'MOUNTAIN QUEEN '
ल्हाक्पा शेर्पा ज्युलाई ११औ सगरमाथा सफल आरोहण गर्नु भएकोमा , हार्दिक बधाई तथा गौरवपूर्ण शुभकामना व्यक्त गर्दछौं।
सगरमाथा (एभरेस्ट) ११ औँ पटक सफलतापूर्वक आरोहण गर्दै महिलामध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको यस ऐतिहासिक उपलब्धिप्रति हामी अत्यन्तै गर्वित छौं।

यो ऐतिहासिक उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा अर्को सुनौलो अध्याय थपेको छ। तपाईंको साहस, समर्पण र निरन्तरको संघर्ष सम्पूर्ण नेपाली मात्र होइन, विश्वभरका महिला र पर्वतारोहीहरूका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ।

आगामी दिनहरूमा अझ धेरै सफलता, सुरक्षित यात्रा र उच्च कीर्तिमानहरूको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

We, the Yambu Thamichho Kyidug family and the entire Thamichho community, want to extend our heartfelt congratulations and deep respect to The 'MOUNTAIN QUEEN ' , Lhakpa Sherpa

She has successfully summited Mount Everest for the 11th time, setting a historic world record as the woman with the most Everest ascents.

This remarkable achievement adds another golden chapter to Nepal’s mountaineering history. Your courage, dedication, and perseverance continue to inspire not only Nepal but the entire world, especially women climbers.

We wish you continued success, strength, and safe journeys ahead.

- Yambu Thamichho Kydug FAMILY

हार्दिक बधाई!!! हामी , यम्बु ठमिछो किदुग परिवार तथा सम्पूर्ण ठमिछोबासीको तर्फबाट 'EVEREST MAN' , आदरणीय हिमाल आरोही श्री...
17/05/2026

हार्दिक बधाई!!!
हामी , यम्बु ठमिछो किदुग परिवार तथा सम्पूर्ण ठमिछोबासीको तर्फबाट 'EVEREST MAN' , आदरणीय हिमाल आरोही श्री. कामी रिता शेर्पाज्यु लाई सगरमाथाको ऐतिहासिक ३२औँ सफल आरोहण सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

उहाँको यो ऐतिहासिक उपलब्धिले अटल समर्पण, साहस, धैर्यता तथा पर्वतारोहण क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानलाई झल्काउँछ। उहाँको सफलताले नेपाल, शेर्पा समुदाय तथा सम्पूर्ण हिमाली क्षेत्रलाई विश्वसामु गौरवान्वित बनाएको छ।
उहाँलाई Yambu Thamicho Kydug का सल्लाहकार ज्युका रूपमा पाउनु हाम्रो लागि अत्यन्त गर्वको विषय हो। उहाँको प्रेरणादायी यात्रा, नेतृत्व तथा उपलब्धिहरू हामी सबैका लागि प्रेरणा र गौरवका विषय बनेका छन्।
उहाँको आगामी यात्रा सदैव सुरक्षित, सफल तथा प्रेरणादायी रहिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

On behalf of the Yambu Thamicho Kydug family and the entire Thamichho community, we extend our heartfelt congratulations and best wishes to the EVEREST MAN , Kami Rita Sherpa on the historic achievement of successfully summiting Mt. Everest for the 32nd time.

This extraordinary milestone reflects his unwavering dedication, courage, endurance, and invaluable contribution to the world of mountaineering. His remarkable achievement continues to bring immense pride to Nepal, the Sherpa community, and the entire Himalayan region.

We are deeply honored to have him as an Advisor of Yambu Thamicho Kydug. His inspiring journey, leadership, and achievements remain a source of motivation and pride for all of us.
Wishing him continued safety, good health, and many more successful journeys ahead.

— Yambu Thamicho Kydug

12/05/2026

Thame Basic School Children

06/05/2026

A Historic 1st for Thamichho .
The First 14th Peaks summiteer from Thamichhowa village , Mr. Pasang Tendi Sherpa 👏
A pride to our entire Thamichho community.

आज सम्पन्न १५औँ खुम्बु ल्होसार कप अन्तर्गतको छैटौँ दिनको पहिलो खेलमा, Thamichho Football Club (TFC) ले अहिलेसम्म प्रतियो...
12/02/2026

आज सम्पन्न १५औँ खुम्बु ल्होसार कप अन्तर्गतको छैटौँ दिनको पहिलो खेलमा, Thamichho Football Club (TFC) ले अहिलेसम्म प्रतियोगितामा अपराजित रहेको KUC (Khumbu United Club) विरुद्ध २–० को महत्वपूर्ण जित हासिल गरेको छ।
खेलभर उत्कृष्ट नेतृत्व र निरन्तर मेहनत देखाउँदै Thamichho Football Club का captain Lhakpa Sonam Sherpa “Man of the Match” घोषित हुनुभएको छ। हार्दिक बधाई।
यस प्रतियोगितामा अघिल्ला खेलहरूको नतिजा हाम्रो पक्षमा नआए पनि, आजको खेलमा टिमले धैर्य, एकता र समर्पणका साथ आफ्नो वास्तविक क्षमता प्रस्तुत गर्नु भएको छ।
यद्यपि यो TFC को यस प्रतियोगिताको अन्तिम खेल भए पनि,
खेलाडीहरूले देखाउनु भएको प्रयास र खेल भावना सधैं सम्झनलायक रहनेछ।
हामी तपाईंहरू प्रति गर्व गर्छौँ।
Thamichho Football Club परिवारलाई हार्दिक बधाई।
हामी मेहनत गर्नेछौं
हामी फेरि उठ्नेछौँ
र अझ बलियो भएर फर्किनेछौँ।

In the first match of Day 6 of the 15th Khumbu Lhosar Cup, Thamichho Football Club (TFC) secured ecured a 2–0 victory against Khumbu United Club (KUC), who had remained undefeated in the tournament until today. With strong leadership and consistent effort throughout the match, TFC’s Captain Lhakpa Sonam Sherpa was named “Man of the Match.”
Congratulations. 👏
Although the results of the previous matches did not go in our favor, today’s game reflected the team’s patience, unity, and commitment.
Even though this was TFC’s final match of the tournament, the effort and sportsmanship shown by the players will always be remembered.
We are proud of you.
Congratulations to the entire TFC family.
We'll worl hard , We will rise and come back stronger.

Thank you everyone for your immense love and support you've shown to our Thamichho Football Club . 🙏

Address

Kathmandu

Telephone

+9779808721040

Website

Alerts

Be the first to know and let us send you an email when Yambu Thamichho Kydug posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Yambu Thamichho Kydug:

Shortcuts

Share

Category