हाम्रो नवलपरासी Hamro Nawalparasi

हाम्रो नवलपरासी  Hamro Nawalparasi Information From Nawalparasi

03/09/2026

नेपालको मिडिया, बाढी र निजी क्षेत्रबारे Binod Chaudhary ज्यु न्युजरुमबाट

Following fans

मानवताको कुनै सीमा हुँदैन ❤️🙏नेपालको विपत्तिले सीमाको रेखा त देखेन, तर पीडाले मानवताको मन छोयो। यही पीडा महसुस गर्दै भार...
02/09/2026

मानवताको कुनै सीमा हुँदैन ❤️🙏
नेपालको विपत्तिले सीमाको रेखा त देखेन, तर पीडाले मानवताको मन छोयो। यही पीडा महसुस गर्दै भारतीय कलाकार Sonu Sood नेपाल आएर बाढी–पहिरोबाट घरबारविहीन बनेका परिवारका लागि घर निर्माण गर्ने पहलमा जुटेका छन्।
एक परिवारलाई फेरि आफ्नै छानोमुनि फर्काउने उनको संकल्प केवल सहयोग होइन—मानवता अझै जीवित छ भन्ने विश्वास हो।
पराइ भूमिबाट आएको यो आत्मीयताले हामीलाई पनि एउटा प्रश्न सोध्छ—हाम्रै वरिपरि दुःखमा रहेका नेपालीका लागि हामीले के गरिरहेका छौँ?
विपत्तिमा हात थाप्ने होइन, हात समातेर उठाउने संस्कार फैलाऔँ।
सूदको करुणा र साहसलाई सलाम। 🙏
मानवता बाँड्दा घट्दैन, अझ फैलिन्छ। ❤️🇳🇵

ठूलो साथ ,उज्यालो भविस्य 🇳🇵हजारौँ विद्यार्थीको जीवन जोगाउन अदम्य साहस देखाउनुभएका त्रिभुवन त्रिशूली विद्यालयका प्रधानाध्...
01/09/2026

ठूलो साथ ,उज्यालो भविस्य 🇳🇵
हजारौँ विद्यार्थीको जीवन जोगाउन अदम्य साहस देखाउनुभएका त्रिभुवन त्रिशूली विद्यालयका प्रधानाध्यापक राजन दवाडी सर र विपद्पछि संघर्ष गरिरहेका विद्यार्थीहरूको साथमा चौधरी ग्रुप फाउन्डेसन उभिएको छ।
विद्यालयमा आवश्यक फर्निचर, डिजिटल बोर्ड, ल्यापटप, स्कुल ब्याग तथा शैक्षिक सामग्रीसँगै विद्यार्थीको मानसिक स्वास्थ्य, शिक्षक तालिम र इन्टरनेट सुविधामा समेत सहयोग गरिनेछ।
यो सहयोग कक्षा कोठा पुनर्निर्माण मात्र होइन-टुटेका आत्मविश्वास जोड्ने, हराएका सपनामा आशा जगाउने र बालबालिकाको भविष्य फेरि उज्यालो बनाउने अभियान हो।
किनकि एउटा विद्यालय पुनर्निर्माण गर्नु भनेको एउटा पुस्ताको भविष्य पुनर्निर्माण गर्नु हो। ❤️
मानवताको साथ, शिक्षाको उज्यालो र भविष्यप्रतिको प्रतिबद्धता। 🇳🇵

विपद्को घाउ गहिरो छ, तर आशा र मानवताको हात अझ बलियो !राहतको तेस्रो चरणपछि पनि प्रभावित समुदायका लागि आवश्यक सामग्री र थप...
31/08/2026

विपद्को घाउ गहिरो छ, तर आशा र मानवताको हात अझ बलियो !
राहतको तेस्रो चरणपछि पनि प्रभावित समुदायका लागि आवश्यक सामग्री र थप सहयोग निरन्तर परिचालन भइरहेको छ। यो सहयोग केवल आजको संकट टार्नका लागि मात्र होइन, भोलिको पुनःस्थापना र पुनर्निर्माणसम्म जोडिएको हाम्रो जिम्मेवारी हो।
पीडामा परेका हरेक परिवारको साथमा, कठिनाइमा परेको हरेक समुदायको साथमा र हरेक परिस्थितिमा नेपालसँगै उभिने हाम्रो प्रतिबद्धता अटल छ।
आज पनि साथमा छौँ, भोलि पनि साथमै रहनेछौँ।
हामी पीडितसँगै छौँ। हामी नेपालसँगै छौँ। 🇳🇵❤️
🇳🇵🇳🇵🇳🇵

31/08/2026

सेवा नै धर्म हो🙏
विपत्तिको यो कठिन घडिमा आश्वासनभन्दा बढी सहारा चाहिएको छ।
यही पीडाको क्षणमा चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीज्यूबाट रु. १५ करोडभन्दा बढी सहयोग तथा ५०० वटा ट्रान्जिसनल घर निर्माणको प्रतिबद्धता,राहतभन्दा धेरै, टुटेका जीवनलाई फेरि उठ्ने हिम्मत दिने मानवीय हात हो।
घर गुमेकालाई छानो, आशा गुमेकालाई भरोसा र भविष्यप्रति निराश भएकालाई नयाँ सुरुवातको बाटो देखाउनु नै आजको सबैभन्दा ठूलो सेवा हो।विपद् कसैको मात्र दुःख होइन, हाम्रो सामूहिक परीक्षा हो।
आज पीडितको आँसु पुछ्न अघि बढेको हात नै भोलिको नेपालको आशा बन्नेछ। 🇳🇵❤️😭😭
संकटमा साथ दिऔँ।
पीडामा मलम बनौँ।
मानवतालाई व्यवहारमा उतारौँ।
चौधरी फाउन्डेसन, नबिल बैंक एवं समस्त चौधरी परिवारप्रति हार्दिक सम्मान र आभार। 🙏

ठूलो मानवीय साथ ❤️विपद्को पीडामा परेका समुदायका लागि चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले रु. १५ करोडभन...
28/08/2026

ठूलो मानवीय साथ ❤️
विपद्को पीडामा परेका समुदायका लागि चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले रु. १५ करोडभन्दा बढी सहयोग घोषणा गर्नुभएको छ।
पहिलो चरणमा प्रभावित परिवारलाई तत्काल खाद्यान्न र स्वास्थ्य उपचारको राहत उपलब्ध गराइनेछ। साथै, अस्थायी राहत शिविर सञ्चालन गर्दै ५०० वटा ट्रान्जिसनल घर निर्माण गरिनेछ।
विपद्को कठिन घडीमा राहत मात्र होइन, सुरक्षित आश्रय र आशाको आधार निर्माण गर्ने यो पहल मानवताको उत्कृष्ट उदाहरण हो। 🙏❤️गाँस ,बास ,कपासको लागि अघि बढ्ने हात भगवान कै वरदान हुन!!
पीडामा साथ, संकटमा सहयोग र पुनर्निर्माणमा प्रतिबद्धता-यही हो साँचो सामाजिक उत्तरदायित्व।

कैयौँ परिवारका सपना, आशा र आफन्तको साथसमेत खोसेको यश महा विपत्तिले निम्त्याएको  मानवीय क्षतिको पीडा र विस्थापित परिवारको...
27/08/2026

कैयौँ परिवारका सपना, आशा र आफन्तको साथसमेत खोसेको यश महा विपत्तिले निम्त्याएको मानवीय क्षतिको पीडा र विस्थापित परिवारको आँसु शब्दले बयान गर्न सकिँदैन।
यस्तो संवेदनशील घडीमा चौधरी फाउन्डेसनले राहत र आवश्यक सामग्री पीडित समुदायसम्म पुर्‍याउने उद्देश्यले नेपाल सरकारलाई हस्तान्तरण गर्दै मानवताको सन्देशलाई अझ बलियो बनाएको छ।
यो सहयोग केवल राहत होइन-दुःखमा साथ छ, पीडामा संवेदना छ र कठिन समयमा नेपालीसँगै उभिने प्रतिबद्धता छ भन्ने विश्वास हो।
मानवताको यो सत्कर्म निरन्तर अघि बढोस्। चौधरी फाउन्डेसनले विपद् र पीडाका हरेक क्षणमा यस्तै जिम्मेवारी, संवेदनशीलता र सेवाभावका साथ आफ्नो प्रतिबद्धता कायम राखोस् !🙏
आउनुहोस्, हामी पनि हातेमालो गरौँ।
पीडितको आँसु पुछौँ, हराएको आशा फर्काऔँ र मानवताको दियो सँगै बालौँ। ❤️🇳🇵

भोटेकोशीमा  बाढीरसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशुली नदी आसपासको प्रभाव...
26/08/2026

भोटेकोशीमा बाढी
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशुली नदी आसपासको प्रभावित क्षेत्र । 😭😭😭

The Nepalese flag is proudly flying high at CG Foods Serbia – CG’s European production hub for Wai Wai. From there, CG i...
25/08/2026

The Nepalese flag is proudly flying high at CG Foods Serbia – CG’s European production hub for Wai Wai. From there, CG is supplying both Eastern and Western Europe with the flavors of Nepal.

This is the vision of Binod Chaudhary in action – taking Nepal to the world, one bowl at a time. His leadership continues to inspire global ambition rooted in Nepali pride.





20/08/2026

शाश्वतधाम : आस्था, संस्कृति र इतिहासको संगम
नवलपरासीको पवित्र भूमिमा अवस्थित शाश्वतधाम केवल एउटा धार्मिक स्थल मात्र होइन, नेपालको सनातन संस्कृति, कला, वास्तुकला र आध्यात्मिक चेतनाको सुन्दर संगम हो। यसको आकर्षणले देश–विदेशका श्रद्धालु तथा पर्यटकलाई नेपालको धार्मिक र सांस्कृतिक वैभवसँग जोड्दै आएको छ।
यहाँको एकम्बरेश्वर महादेव मन्दिर, शान्त वातावरण र कलात्मक संरचनाले हजारौँ वर्ष पुरानो आध्यात्मिक परम्पराको अनुभूति गराउँछ। शाश्वतधामले धर्मसँगै संस्कार, सद्भाव, ज्ञान र मानवताको सन्देश पनि प्रवाह गरिरहेको छ।
आफ्नो संस्कृति र सभ्यतालाई पुस्तौँसम्म जीवित राख्ने यस्ता धरोहर हाम्रो पहिचान हुन्। शाश्वतधाम केवल दर्शन गर्ने स्थान होइन, आफ्नो जरा सम्झिने र जीवनमा सकारात्मक ऊर्जा लिएर फर्किने पवित्र भूमि हो।

Address

Kathmandu
Kathmandu

Telephone

+9779820115544

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो नवलपरासी Hamro Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category