27/05/2026
मिति २०८३/०२/१२ गते राष्ट्रिय योजना आयोगको सभाहलमा माननीय उपाध्यक्षज्यूको उपस्थितिमा १६औं योजनाका लक्ष्यहरू प्राप्तिका लागि AI Governance, Connectivity र सूचना तथा सञ्चार प्रविधि क्षेत्रका उपलब्धि, समस्या र भावी योजनाबारे गहन छलफल सम्पन्न भयो। आयोगका माननीय सदस्य प्रा. डा. सुदन झाले संयोजन गर्नुभएको प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालय, नेपाल राष्ट्र बैंक, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, साइबर सुरक्षा केन्द्र र इ-गभर्नेन्स बोर्डका प्रतिनिधिहरूको सक्रिय सहभागिता रह्यो।
कार्यक्रममा डिजिटल पूर्वाधार र साइबर सुरक्षाबीचको समन्वय थप प्रभावकारी बनाउने, AI नीति तथा शासन संरचना तत्काल विकास गर्ने र १६औं योजनाका डिजिटल लक्ष्य प्राप्तिका लागि सम्वन्धित निकाय बीच साझा कार्ययोजना तयार पार्ने विषयमा छलफल भयो।
Sudan Jha