23/09/2026
छोरालाई गुपचुप विदेशबाट बोलाए, बुहारीका प्रेमीलाई गरे ह त्या
श व ९ टुक्रा पारेर सेफ्टी ट्यांकीमा प्लास्टर !
जनकपुरधाम — महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा एक युवकको योजनाबद्ध र बी भत्स ह त्या गरी श व शौचालयको सेफ्टी ट्यांकीमा लुकाइएको घट्ना सार्वजनिक भएको छ। भदौ २६ गते बनौटास्थित अशोक ठाकुरको घरको सेफ्टी ट्यांकीभित्र ९ टुक्रा पारिएको अवस्थामा २४ वर्षीय विवेक सरदारको श व फेला परेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो ह त्या पारिवारिक प्रतिशोध र अनै तिक सम्बन्धका कारण भएको खुलेको छ।
भंगहा नगरपालिका–६ बिर्जौनाका विवेक सरदार र सोही वडा संग्रामपुरकी सोनु ठाकुरबीच विवाहअघि देखि नै प्रेम सम्बन्ध थियो। ८ वर्षअघि सोनुको विवाह अशोक ठाकुरका छोरा जितेन्द्र ठाकुरसँग भयो, जसबाट उनका दुई सन्तान पनि छन्। विवाहपछि जितेन्द्र वैदेशिक रोजगारीमा गए पनि सोनु र विवेकबीचको हिमचिम रोकिएन।
बुहारीको अर्कै पुरुषसँग सम्बन्ध रहेको थाहा पाएपछि विदेशमै रहेका जितेन्द्रले परिवारसँग मिलेर ह त्याको योजना बुने। त्यसपछि परिवारले उनलाई गुपचुप रूपमा नेपाल झिकायो।
भदौ १५ गते योजनाअनुसार सोनुलाई प्रयोग गरी विवेकलाई फोन गरेर घरमै बोलाइयो। मध्याह्न १२ बजेतिर अशोकको घर पुगेका विवेकलाई जितेन्द्र र उनका बुबा अशोकले मिलेर सुरुमा घाँ टी थि चेर ह त्या गरे। त्यसपछि घरेलु ह तियार (फुर्सा/दाउ) ले श वको घाँटी, दुवै हात र खुट्टा काटेर ९ टुक्रा पारेर शौचालयको सेफ्टी ट्यांकीभित्र फाले। प्रमाण नष्ट गर्न उनीहरूले सेफ्टी ट्यांकीको मुखमाथि नयाँ प्लास्टरसमेत गरेका थिए।
भदौ १४ गते दिदीको घरबाट फर्कने क्रममा बेपत्ता भएका विवेक घर नआएपछि परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। खोजबिनका क्रममा वडा कार्यालयको सीसीटीभी फुटेज र मोबाइल लोकेसन विश्लेषण गर्दै जाँदा प्रहरीको शं का अशोक ठाकुरको परिवारतिर मोडियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर विश्वम्भरनाथ साहको टोलीले अशोक ठाकुरको घरमा खानतलासी गर्दा वैदेशिक रोजगारीबाट छोरा जितेन्द्र गुपचुप फर्किएको नयाँ सामान र प्रमाण फेला पार्यो। शंका बढेपछि घरको सूक्ष्म अध्ययन गर्दा शौचालयको सेफ्टी ट्यांकीमा नयाँ प्लास्टर गरिएको देखियो।
प्रहरीले उक्त प्लास्टर फोड्न थालेपछि अशोकले ह त्याको सत्यता स्वीकार गरेका थिए। ट्यांकीभित्रबाट ९ टुक्रा पारिएको अवस्थामा विवेकको श व बरा मद भयो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६० वर्षीय अशोककुमार ठाकुर, उनकी ५० वर्षीया श्रीमती रामकलीदेवी, बुहारी २२ वर्षीया सोनुकुमारी र ज्वाइँ २८ वर्षीय सियाराम शर्मालाई पक्रा उ गरिसकेको छ।