नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, Public Service, Narayanhiti Durbar Parisar, Kathmandu.

Nepal Panchanga Nirnayak Bikash Samiti (NPNS) is a Government Organization, committed to serving the people and the nation about astrological, religious and festival decisions.

08/09/2026

वि. सं. २०८३ भाद्र १० गते बुधवारका दिन रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे प्रलयकारी बाढीमा परी अकालमा ज्यान गुमाउन पुगेका सम्पूर्ण व्यक्तित्वहरूकाे स्मृतिमा नेपाल सरकारले आह्वान गरेकाे दिन अर्थात् भाद्र २२ गते साेमवार अपराह्ण ५:१५ बजे समितिमा आयाेजित शाेक तथा श्रद्धाञ्जलिसभाका केही छायाचित्रहरू ।
समितिका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू, कर्मचारीहरू एवं ज्याेतिष तथा कर्मकाण्ड प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूकाे उपस्थिति रहेकाे उक्त सभामा मृतकहरूकाे सम्झनामा माैनधारण गर्दै निजहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिनुका साथै दिवङ्गतहरूकाे आत्मशान्तिकाे लागि सामूहिक रूपमा श्रीमद्भगवद्गीताकाे पाठपारायण एवं शाेकसन्तप्त परिवारजनमा समवेदना, घाइतेहरूकाे शिघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूकाे पहिचानकाे कामना गरिएकाे थियाे ।

सम्बन्धित सबैकालागि
06/09/2026

सम्बन्धित सबैकालागि

26/08/2026

जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वको उपलक्ष्यमा
हार्दिक शुभकामना🙏
नेपालमा परम्परागत रूपमा मनाइँदै आइएको चाडहरूमध्ये जनैपूर्णिमा एवं रक्षाबन्धन अत्यन्तै महत्त्वपूर्ण पर्व हो। यसपालि २०८३ सालको जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका सम्बन्धमा धार्मिक र आस्तिक सनातनी समाजमा भ्रम सिर्जना गर्ने खालका विभिन्न टिकाटिप्पणीहरू आइरहेको भनेर सुन्नमा आएकाे अवस्थामा शास्त्रीय आधार र हाम्रो नेपाली शिष्ट परम्पराअनुसार रक्षासूत्र बाँध्ने र यज्ञाेपवीत धारण गर्ने विषयलाई एउटै आधारमा मनाइने गरिएको ऐतिहासिक पक्षलाई स्मरण गराउँदै यसपालि पनि अलमलमा नपरी पञ्चाङ्गमा उल्लेख गरिएअनुसार उदयमा पूर्णिमा तिथि भएको दिन अर्थात् भाद्र १२ गते शुक्रवार नै पर्व मनाउन सर्वसाधारणमा जानकारी गराइन्छ । साथै नेपालकै अति विशिष्ट विद्वानहरूकाे परामर्शपश्चात् नै चाडपर्वहरू पञ्चाङ्गमा उल्लेख गर्ने समितिकाे परम्परा रहेकाे कुरासमेत सर्वसाधारणमा सूचित गरिन्छ ।

कर्मकाण्ड प्रशिक्षण 2083को  प्रयोगात्मक कक्षा  2083/05/05
21/08/2026

कर्मकाण्ड प्रशिक्षण 2083को प्रयोगात्मक कक्षा 2083/05/05

29/07/2026
ज्योतिष  तथा कर्मकाण्ड प्रशिक्षण  कार्यक्रम २०८२/८३ को गुरुपूर्णिमा विशेष
29/07/2026

ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षण कार्यक्रम २०८२/८३ को गुरुपूर्णिमा विशेष

नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा सह-प्र...
07/07/2026

नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा सह-प्रा. डा. पुरुषोत्तम भट्टराई र सदस्यहरूमा पं. सूर्यप्रसाद ढुंगेल, प्रा.डा. माधवप्रसाद लामिछाने, उपप्रा. नेत्रप्रसाद अधिकारी र सिद्धिलक्ष्मी व्यञ्जनकारज्यूहरूले आज पदभार ग्रहण गर्नुभएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति समेतको सहआयोजनामा विभिन्न ज्योतिषीय कार्यपत्र प्रस्तुत हुने "राष्ट्रिय ज्योतिष सम्मे...
06/06/2026

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति समेतको सहआयोजनामा विभिन्न ज्योतिषीय कार्यपत्र प्रस्तुत हुने "राष्ट्रिय ज्योतिष सम्मेलन एवं भवातीत ध्यानसाधना समारोह -२०८३" निम्न मिति र स्थानमा हुने भएकोले सम्पूर्ण इच्छुक व्यक्तिहरूलाई सम्बन्धित शर्तहरू पूरा गरी नाम दर्ता गर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति :२०८३ आषाढ ५ गतेदेखि ७ गते सम्म (आवासीय)
स्थान : ब्रह्मानन्द सरस्वती ग्राम,वोसन,
दक्षिणकाली १(चम्पादेवीको फेदि)
सम्पर्क :+9779841688889

नोट: सहभागीको नाम र कार्यपत्र सहितको स्मारिका पनि प्रकाशन गरिने भएकोले दर्ताको अन्तिम मिति २०८३ ज्येष्ठ २७ गते सम्म।

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी, सदस्यहरु र पञ्चा...
30/04/2026

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी, सदस्यहरु र पञ्चाङ्गकारसँग शिष्टाचार भेटघाट साथै राष्ट्रिय पञ्चाङ्ग - २०८३ हस्तान्तरण गर्दै ।
मिति:- २०८३-०१-१६ गते बुधबार

नेपाल सरकारसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा प्रकाशित राष्ट्रिय पञ्...
17/04/2026

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा प्रकाशित राष्ट्रिय पञ्चाङ्ग - २०८३, माननीय मन्त्री श्री खडकराज पौडेल (गनेस) ज्यू, श्रीमान् सचिव मुकुन्दप्रसाद निरौलाज्यूलाई हस्तान्तरण गर्दै साथमा मन्त्रालयका सहसचिवज्यूहरू, उपसचिवज्यूहरू, मन्त्रालयका कर्मचारीलाई आधिकारिक रूपमा वितरण गर्दै कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीज्यू

Address

Narayanhiti Durbar Parisar
Kathmandu

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+97714519093

Alerts

Be the first to know and let us send you an email when नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति:

Shortcuts

Share

Category