पौंदि काठमाडौं सम्पर्क समाज मु न पा १ गुल्मी

  • Home
  • Nepal
  • Kathmandu
  • पौंदि काठमाडौं सम्पर्क समाज मु न पा १ गुल्मी

पौंदि काठमाडौं सम्पर्क समाज मु न पा १ गुल्मी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पौंदि काठमाडौं सम्पर्क समाज मु न पा १ गुल्मी, Social service, Kathmandu.

21/08/2026

🌸 हार्दिक निमन्त्रणा 🙏 | हरितालिका तीज विशेष भेटघाट 🌸

भदौ लागेसँगै हाम्रो मनमा आफ्नै जन्मथलो, आफ्ना आफन्त र तीजका पुराना सम्झनाहरू ताजा भएर आउँछन्। ❤️

थामडाँडा, अरेवा, बाँगे देखि ने.रा.स.मा.बि.को प्राङ्गणसम्मका ती पंचमीका रमाइला क्षणहरू, दिदीबहिनीहरूको भेटघाट, दर खाने परम्परा र आत्मीयताको त्यो वातावरण आज पनि हाम्रो मनमा उत्तिकै ताजा छ।

तर समय, दूरी र आ–आफ्ना व्यस्तताका कारण जन्मथलोमा पुगेर ती खुसीहरू साटासाट गर्न नसक्ने यथार्थ हामी सबैसँग छ। त्यसैले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि गुल्मी–पौदी काठमाडौं सम्पर्क समाज परिवारले केही फरक व्यवस्थापन र अझ उत्साहपूर्ण सहभागिताका साथ हरितालिका तीज विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। 🌺

📅 मिति: २०८३ भाद्र २० गते, शनिवार
📍 स्थान: कोरियण्डर गार्डन पार्टी प्यालेस, शान्तिनगर, नयाँ बानेश्वर, काठमाडौं
⏰ समय: बिहान ११:०० बजे

काठमाडौं उपत्यकामा बसोबास गर्नुहुने तथा सम्भव भएसम्म नजिकका जिल्लामा रहनुभएका पौदीवासी, आफन्तजन, आदरणीय बुवा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा यस आत्मीय भेटघाटमा उपस्थित भई कार्यक्रमलाई भव्य र स्मरणीय बनाउन हार्दिक अनुरोध गर्दछौँ। 🙏❤️

👉 यो सूचना आफूमा मात्र सीमित नराखी आफ्ना साथीभाइ तथा आफन्तजनसम्म पुर्‍याइदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौँ।

आउनुहोस्, दूरीलाई बिर्सेर एकै ठाउँमा भेला होऔँ,
पुराना सम्झना ताजा गरौँ र तीजको खुसी सँगै मनाऔँ। 🌸💃

आयोजक:
🌺 गुल्मी–पौदी काठमाडौं सम्पर्क समाज परिवार 🌺

30/07/2026

🌼 हार्दिक श्रद्धाञ्जली 🌼

भावपुर्ण श्रद्धाञ्जली परिवार जनमा गहिरो समवेदना !!
27/05/2026

भावपुर्ण श्रद्धाञ्जली
परिवार जनमा गहिरो समवेदना !!

18/04/2026
नव वर्ष २०८३ सालको शुभ अवसरमा यस समाजका सम्पुर्ण सदस्यहरूमा नयाँ ऊर्जा, उत्साह र उमङ्गको कामना गर्दछौं ।यस नयाँ वर्षले य...
18/04/2026

नव वर्ष २०८३ सालको शुभ अवसरमा यस समाजका सम्पुर्ण सदस्यहरूमा नयाँ ऊर्जा, उत्साह र उमङ्गको कामना गर्दछौं ।
यस नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर प्रगति ल्याओस् भन्ने कामनाका साथ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
HappyNewYear2083🇳🇵🌈

18/04/2026

नव वर्ष २०८३ सालको शुभ अवसरमा यस समाजका सम्पुर्ण सदस्यहरूमा नयाँ ऊर्जा, उत्साह र उमङ्गको कामना गर्दछौं ।
यस नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर प्रगति ल्याओस् भन्ने कामनाका साथ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
HappyNewYear2083🇳🇵🌈 #शुभकामना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when पौंदि काठमाडौं सम्पर्क समाज मु न पा १ गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category