Film Development Board, Nepal

Film Development Board, Nepal FDB is established by Government of Nepal for the development and promotion of Nepal's film industry.
(1)

Chabahil, Kathmandu, Nepal
Gopikrishna Nagar (near to Taxpayers Service Office), Behind Gopi Krishna Movies
Tel.: [+977-1] 4812332, 4812387, 4822964
Fax: [+977-1] 4812360
Email: [email protected] | URL: www.film.gov.np

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असोज ०४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपो...
21/09/2026

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असोज ०४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्ववान सम्बन्धी सूचना ॥
17/09/2026

चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्ववान सम्बन्धी सूचना ॥

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ २८ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर...
14/09/2026

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ २८ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ २१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर...
07/09/2026

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ २१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

चलचित्र विकास बोर्डको १९औँ कार्यवाहक अध्यक्षका रूपमा नियुक्त हुनुभएका श्री रविलाल शर्माज्यूलाई  स्वागत गरियो ॥
02/09/2026

चलचित्र विकास बोर्डको १९औँ कार्यवाहक अध्यक्षका रूपमा नियुक्त हुनुभएका श्री रविलाल शर्माज्यूलाई स्वागत गरियो ॥

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ १४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर...
31/08/2026

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ १४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव तथा चलचित्र विकास बोर्डका सदस्य- सचिव सबिन सिंह चौधरी, बोर्ड सदस्य सन्तोष बाबु लोहनी...
29/08/2026

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव तथा चलचित्र विकास बोर्डका सदस्य- सचिव सबिन सिंह चौधरी, बोर्ड सदस्य सन्तोष बाबु लोहनी तथा चलचित्र विकास बोर्डको कर्मचारीहरूको उपस्थितिमा बोर्डको अध्यक्ष श्री दिनेश राज दाहाल (दिनेश डीसी) ज्यूको दुई वर्षे कार्यकाल सम्पन्न भएको अवसरमा उहाँलाई भावपूर्ण विदाइ गर्दै मायाको चिनो प्रदान गरिएको छ।

चलचित्र क्षेत्रको विकास तथा चलचित्र विकास बोर्डको उन्नति र प्रगतिका लागि उहाँले आफ्नो कार्यकालमा पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दै श्री दिनेश राज दाहाल (दिनेश डीसी) ज्यूको आगामी यात्रा तथा भावी दिनहरूको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

विपद् मा चलचित्र क्षेत्रको साझा प्रतिबद्धता : २९ संघ–संस्था एकजुटमिति २०८३ भदौ १० गते, चलचित्र विकास बोर्डका अध्यक्ष दिन...
28/08/2026

विपद् मा चलचित्र क्षेत्रको साझा प्रतिबद्धता : २९ संघ–संस्था एकजुट
मिति २०८३ भदौ १० गते, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.को नेतृत्वमा बोर्ड परिसरमा नेपाली चलचित्र क्षेत्रका विभिन्न २९ संघ–संस्थाका प्रतिनिधिहरूको संयुक्त बैठक सम्पन्न भएको छ।
हाल देशका विभिन्न भू–भागमा बाढी, पहिरो तथा डुबानबाट उत्पन्न विपद्को परिस्थितिलाई मध्यनजर गर्दै बैठकले चलचित्र क्षेत्रका सम्पूर्ण संघ–संस्थाले आ–आफ्नो क्षमता, सीप र कार्यक्षेत्रअनुसार उद्धार, राहत, क्षति पहिचान, जनचेतना तथा सहयोगका कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने र आफ्ना सदस्यहरूलाई समेत परिचालन गर्ने साझा निर्णय गरेको छ।
बैठकमा भएको सहमतिअनुसार मानवरहित विमान (ड्रोन) क्षेत्रका संस्थाले ड्रोन प्रविधिमार्फत प्रभावित क्षेत्रको क्षति पहिचान तथा म्यापिङमा सहयोग गर्ने, चलचित्र प्रदर्शकहरूले राहत सहयोगार्थ आयोजना गरिने च्यारिटी शोका लागि चलचित्रघर उपलब्ध गराउने तथा निर्माताहरूले त्यस्ता च्यारिटी प्रदर्शनका लागि चलचित्र निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ।
त्यसैगरी चलचित्र क्षेत्रबाट सञ्चालन गरिने च्यारिटी तथा सहयोग अभियानबाट संकलित रकम नेपाल सरकारको आधिकारिक विपद् राहत/उद्धार कोषमा जम्मा गर्ने, सहयोगका सम्पूर्ण कार्यलाई पारदर्शी, समन्वित र जिम्मेवार ढंगले अघि बढाउने तथा विपद्को समयमा भ्रम, त्रास र अपुष्ट सूचना फैलिन नदिन चलचित्रकर्मीहरूलाई सचेत गराउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
बैठकमा सहभागी संघ–संस्थाहरू :
१. नेपाल चलचित्र संघ
२. नेपाल चलचित्र निर्माता संघ
३. नेपाल चलचित्र कलाकार संघ
४. नेपाल चलचित्र निर्देशक समाज
५. नेपाल चलचित्र प्राविधिक संघ
६. नेपाल चलचित्र नृत्य संघ
७. नेपाल चलचित्र द्वन्द्व कलाकार संघ
८. चलचित्र पत्रकार संघ नेपाल
९. नेपाल एआई फिल्म एलायन्स
१०. नेपाल चलचित्र छायाँकार संघ
११. एनिमेसन तथा भिजुअल इफेक्ट्स एसोसिएसन अफ नेपाल (AAVAN)
१२. मानवरहित विमान (ड्रोन) संघ नेपाल
१३. अडियो भिडियो सोसाइटी अफ नेपाल (AVSN)
१४. नेपाल फिल्म सोसाइटी
आदिवासी जनजाति चलचित्र महासंघ तथा महासंघअन्तर्गतका संघ–संस्थाहरू :
१५. आदिवासी जनजाति चलचित्र महासंघ
१६. थारु चलचित्र तथा सांस्कृतिक संघ
१७. तामाङ चलचित्र संघ
१८. मगर चलचित्रकर्मी संघ
१९. राजवंशी चलचित्र समाज समिति
२०. सुनुवार कलाकार तथा चलचित्रकर्मी संघ
२१. धिमाल चलचित्रकर्मी संघ
२२. माझी चलचित्रकर्मी संघ
२३. गुरुङ फिल्म एसोसिएसन नेपाल
२४. भुजेल चलचित्रकर्मी संघ
२५. किरात राई चलचित्रकर्मी संघ
२६. याक्थुङ मुन्चइत चोक सयङ
२७. थामी चलचित्र संघ
२८. नेवाः फिल्म सोसाइटी
२९. शेर्पा चलचित्र संघ
विपद्को यस कठिन घडीमा नेपाली चलचित्र क्षेत्र मनोरञ्जनमा मात्र सीमित नरही राष्ट्र र नागरिकप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्न एकताबद्ध भएर उभिने प्रतिबद्धता व्यक्त गर्दछ।
विपद् साझा हो, जिम्मेवारी पनि साझा हो।
एकताबद्ध बनौँ, जिम्मेवार बनौँ, पीडित नागरिकको साथमा उभिऔँ।
— चलचित्र विकास बोर्ड, नेपाल
#चलचित्रविकासबोर्ड #विपद्मासाझाप्रतिबद्धता #चलचित्रक्षेत्र #राहततथाउद्धार

विपद् प्रभावित नागरिक तथा चलचित्रकर्मीप्रति चलचित्र विकास बोर्डको ऐक्यबद्धताभोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय...
27/08/2026

विपद् प्रभावित नागरिक तथा चलचित्रकर्मीप्रति चलचित्र विकास बोर्डको ऐक्यबद्धता

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति चलचित्र विकास बोर्ड गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

आज बोर्ड अध्यक्ष दिनेश डी.सी.को अध्यक्षतामा बसेको आकस्मिक बैठकले बाढीबाट प्रभावित चलचित्रकर्मीहरूको विवरण संकलन गरी बोर्डमा उपलब्ध गराउन चलचित्रकर्मीका पेशागत संघ/संस्था तथा सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ।

प्रभावित चलचित्रकर्मीलाई चलचित्रकर्मी कल्याणकारी कोषको अवस्थाअनुसार राहत सहयोग उपलब्ध गराउने पहल गर्ने, बाढीपीडितको सहयोगार्थ च्यारिटी शो सञ्चालन गर्न आवश्यक सहजीकरण गर्ने तथा त्यसबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गर्ने निर्णयसमेत गरिएको छ।

विपद्को यस संवेदनशील अवस्थामा सम्पूर्ण चलचित्रकर्मी तथा संघ/संस्थालाई उद्धार र राहत कार्यमा हातेमालो गर्न, संयमता अपनाउन तथा भ्रम, त्रास वा तथ्यहीन सूचना प्रवाह नगरी जनचेतनामूलक सन्देश प्रसार गर्न बोर्ड हार्दिक अनुरोध गर्दछ।

यसै क्रममा बोर्ड अध्यक्ष दिनेश डी.सी.ले आफ्नो आधा महिनाको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी सहयोग गर्ने निर्णय गर्नुभएको छ।

विपद्को सामना सामूहिक सहकार्यबाट गरौँ।
पीडितको साथमा उभिऔँ, जिम्मेवार र सचेत बनौँ।

— चलचित्र विकास बोर्ड, नेपाल

हालैको बाढी तथा पहिरोबाट देशका विभिन्न भागमा उत्पन्न गम्भीर परिस्थितिप्रति चलचित्र विकास बोर्ड गहिरो दुःख व्यक्त गर्दछ।य...
27/08/2026

हालैको बाढी तथा पहिरोबाट देशका विभिन्न भागमा उत्पन्न गम्भीर परिस्थितिप्रति चलचित्र विकास बोर्ड गहिरो दुःख व्यक्त गर्दछ।

यस संवेदनशील घडीमा चलचित्र क्षेत्रको सामूहिक जिम्मेवारी, सहकार्य र सम्भावित योगदानबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले “विपद् सहयोगका लागि चलचित्रकर्मी संवाद” आयोजना गरिएको छ।

उद्धार, राहत, जनचेतना तथा आवश्यक सहयोगका विषयमा चलचित्र क्षेत्रले खेल्न सक्ने भूमिकाबारे छलफल, समन्वय र साझा पहलका लागि सम्पूर्ण चलचित्रकर्मी तथा सरोकारवालाहरूमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ।

मिति : २०८३ भदौ ११ गते
समय : दिनको १:०० बजे
स्थान : चलचित्र विकास बोर्ड, चलचित्र चोक, काठमाडौं

संकटको सामना सामूहिक रूपमा गरौँ — थप क्षति न्यूनीकरण, उद्धार तथा राहतमा हातेमालो गरौँ।

Address

Chalchitra Marg, SaraswatiNagar, Chabahil
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97714822860

Alerts

Be the first to know and let us send you an email when Film Development Board, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Film Development Board, Nepal:

Shortcuts

Share