Kirtipuronline

Kirtipuronline Getting Kirtipur Together...!! Kirtipuronline is your go-to online portal showcasing the charm and culture of Kirtipur. We’d love to hear from you!

From its breathtaking beauty to the vibrant local community and rich lifestyle, we aim to bring Kirtipur to the global stage. With your continued support and valuable suggestions, we aspire to make this platform a comprehensive and reliable hub for all things Kirtipur. Have an idea, article, news, photographs, videos, or event related to Kirtipur? Share your content with us via email, and after ve

rification, we’ll feature it on our page to share with our growing community. Let's celebrate Kirtipur together!

29/08/2026

ALERT 🚨: कीर्तिपुरको भजाङ्गल (पञ्चकन्या त्यांकी 9:30PM)मा एउटै बाइक (ट्रिपल राइडिङ) मा सवार तीनजना व्यक्तिहरूले बाटोमा हिँडिरहेका दिदीबहिनीहरूलाई निरन्तर पछ्याउँदै, फोन नम्बर माग्दै र अश्लील शब्दहरू प्रयोग गरेर सार्वजनिक रूपमा दुर्व्यवहार गरिरहेका छन्। आफ्नै क्षेत्रमा हाम्रा दिदीबहिनीहरूमाथि यस्तो नीच हर्कत, उच्छृङ्खल व्यवहार र गुण्डागर्दी हुनु अत्यन्तै शर्मनाक र आक्रोशजनक कुरा हो। यस्ता अपराधीहरूको व्यवहार कुनै पनि हालतमा सह्य हुन सक्दैन!

बाइक नम्बर:
सु. प. प्र. ००४ प ८७८
Pulsar NS
023 Sticker ताँसिएको

प्रहरी प्रशासनले तत्काल यस घटनाको संज्ञान लिएर यी दोषीहरूलाई पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गरोस्।

⚠️ तपाईंको चिनजानमा कीर्तिपुरबाट गोसाइँकुण्ड यात्रामा जानुभएका कोही हुनुहुन्छ?उहाँहरूको हालको अवस्था, सुरक्षित हुनुहुन्छ...
26/08/2026

⚠️ तपाईंको चिनजानमा कीर्तिपुरबाट गोसाइँकुण्ड यात्रामा जानुभएका कोही हुनुहुन्छ?

उहाँहरूको हालको अवस्था, सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न र सम्पर्कमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने जानकारी लिऔं।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै, तपाईंको चिनजानमा यात्रामा जानुभएका कोही हुनुहुन्छ भने तुरुन्त सम्पर्क गरी उहाँहरूको अवस्थाबारे जानकारी राखौं। 🙏

सतर्क रहौं, सुरक्षित रहौं र आवश्यक परे एक–अर्कालाई सहयोग गरौं।

त्रिशुली बजार पहिले र अहिले😭😭
26/08/2026

त्रिशुली बजार पहिले र अहिले😭😭

26/08/2026

बाढीको भयावह रूपः यसरी बगायो नुवाकोटको पुल र त्रिशुली बजार
सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्। 🙏

उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ !!
26/08/2026

उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ !!

21/08/2026

किर्तिपुरमा किन यस्ता घटना बारम्बार दोहोरिन्छन्?

भजंगलस्थित शुभकामना ब्याङ्क्वेट अगाडि भएको ग्याङ फाइटले फेरि एकपटक हाम्रो टोल, सडक र सार्वजनिक स्थानको सुरक्षामाथि प्रश्न उठाएको छ।

स्थानीयले डर र असुरक्षाको वातावरण होइन, ढुक्क भएर हिँडडुल गर्न सक्ने सुरक्षित वातावरण पाउनुपर्छ। यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले तत्काल नियन्त्रण, प्रभावकारी कारबाही र दीर्घकालीन सुरक्षा उपायमा ध्यान दिन आवश्यक छ।

सुरक्षित किर्तिपुर, हामी सबैको साझा जिम्मेवारी हो।

बाघ भैरव जात्राको दिन कीर्तिपुरको ऐतिहासिक बाघ भैरव मन्दिरमा १०८ परिक्रमा गर्दै श्रद्धा, आस्था र परम्परालाई जीवन्त बनाउँ...
20/08/2026

बाघ भैरव जात्राको दिन कीर्तिपुरको ऐतिहासिक बाघ भैरव मन्दिरमा १०८ परिक्रमा गर्दै श्रद्धा, आस्था र परम्परालाई जीवन्त बनाउँदै श्रद्धालुहरूको अनुपम दृश्य। ❤️🙏

Photo: Bipin Sthapit

कीर्तिपुरबाट देखिएको विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य लगायत आसपासको दृश्य । तस्बिर: हरिराम भेटुवाल
20/08/2026

कीर्तिपुरबाट देखिएको विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य लगायत आसपासको दृश्य ।
तस्बिर: हरिराम भेटुवाल

THE WAIT IS OVER! 🎤 Nepathya LIVE IN KIRTIPUR 🎸Tickets are LIVE NOW! 🎟️ For tickets & more information: www.nepathya.com...
19/08/2026

THE WAIT IS OVER! 🎤
Nepathya LIVE IN KIRTIPUR 🎸
Tickets are LIVE NOW! 🎟️
For tickets & more information: www.nepathya.com.np

17/08/2026

आज भाद्र १ गते, आराध्यदेव बाघभैरवको जात्रा आयोजना हुने भएकाले निम्न सडकहरूमा बिहान १०:०० बजेदेखि जात्रा सम्पन्न नभएसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ।

इटाछें चिबहा फल्चा → गुत्पौ जाने बाटो
देय पुखु → बाकुननि र चाफः जाने बाटो

कृपया वैकल्पिक मार्ग प्रयोग गर्नुहोस्।

जात्रा व्यवस्थापनमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

कीर्तिपुर नगरपालिका–१ | श्री बाघभैरव जात्रा

Address

Kirtipur
Kathmandu
44618

Website

Alerts

Be the first to know and let us send you an email when Kirtipuronline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kirtipuronline:

Shortcuts

Share