19/10/2026
हिन्दु धर्मावलम्बीहरुमा पनि अझ विशेष नेपालीहरुको महान चाड बडादशैं, तिहार, नेपाल सम्बत ११४७ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण स्काउट तथा स्काउट प्रेमिहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
साथै "ईश्वर प्रतिको कर्तव्य" भन्ने सिद्धान्त तथा "स्काउट भक्त हुन्छ" भन्ने नियमलाइ आत्मसात गर्दै "सेवा नै धर्म" भन्ने मुल मन्त्रका साथ नवरस स्काउट ट्रुप तथा एच.डब्लु.स्काउट क्र्युले नवरात्री भर गुह्येश्वरी माताको मन्दिर प्राङ्गणमा प्रत्येक वर्ष झैं सेवा शिविर आयोजना गरि लाइन ब्यवस्थापन तथा सहज दर्शनमा सहयोग गरेको छ। प्रणवानन्द स्काउट ट्रुप, मङ्गलादेवि स्काउट ट्रुप, किन्स स्काउट ट्रुप तथा समता स्काउट ट्रुपलाइ विशेष आभार ब्यक्त गर्दछौ।
आमा गुह्यकालीले सबैको कल्याण गरुन् ।
जय माता गुह्यकाली !
जय श्री पशुपतिनाथ !