राम प्रसाद पाेखरेल

राम प्रसाद पाेखरेल "जहा अन्याय हुन्छ, त्यहाँ क्रान्ति अनिवार्य हुन्छ " -अज्ञात

17/07/2026

"माननीयज्यू! कानुनको अध्ययन गर्न र जनताको सेवा गर्न तपाईंको आफ्नै विवेक र चेतना काफी थिएन र, जुन कामका लागि जनताले तपाईंलाई चुनेका थिए, त्यसैका लागि फेरि अर्को वैतनिक 'छायाँ' (स्वकीय सचिव) किन चाहियो?"

17/07/2026

भगवान शिवको प्रिय महिना साउनको सुरुवातसँगै हजुरका सम्पूर्ण मनोकांक्षा पूरा हुन्, साउने सङ्क्रान्तिको शुभकामना! 🕉️✨

29/06/2026

जिन्दगीमा एउटा सकारात्मक तर फरक किसिमको पागलपन चाहिन्छ।
म सामान्य हैन र सामान्य यात्रा गर्न आएको पनि हैन। चुनौतीपूर्ण छ थाहा छ, कसैले जबर्जस्ती लादेको हैन, आफैले चाहेको चुनौतीहरू हुन। केही प्रश्नको जवाफ केवल समय हुन्छ, असामान्य परिस्थितिलाई पार लगाउन असामान्य धैर्यता आवश्यक हुन्छ।

29/06/2026

पौरखी हातहरूलाई शत–शत नमन! 🌾
हिलोमा पसिना बगाएर देशको भोक मेटाउने, मानो रोपेर मुरी उब्जाउने सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान र शुभकामना।
किसानको पसिनाको प्रत्येक थोपा राष्ट्रको भविष्य हो। किसान समृद्ध भए मात्र देश समृद्ध हुन्छ। जय किसान! 🇳🇵

28/06/2026

शुभ प्रभात शुभ दिन 💙👏

निर्णय गर्दा व्यक्तिलाई होइन, योगदान र क्षमतालाई हेरौँ! 🔔👏म भुई मान्छे भुई मान्छेको आवाज !भुइँतहको सांगठनिक अनुभव र सीमा...
21/06/2026

निर्णय गर्दा व्यक्तिलाई होइन, योगदान र क्षमतालाई हेरौँ! 🔔👏
म भुई मान्छे भुई मान्छेको आवाज !
भुइँतहको सांगठनिक अनुभव र सीमान्तकृत, गरिब निमुखा को आवाजहरूको न्यायपूर्ण प्रतिनिधित्वका साथ म यस ऐतिहासिक महाधिवेशनमा खुल्ला "केन्द्रीय सदस्य पदको आकांक्षी उम्मेदवार को रूपमा मैदानमा छु। विवेकको मतका लागि हार्दिक अपिल गर्दछु।
राम प्रसाद पोखरेल
केन्द्रीय सदस्य पदको आकांक्षी उम्मेदवार अर्घाखाँची (रास्वपा)
#योगदान_क्षमता_नतिजा #विवेकको_मत #केन्द्रीय_सदस्य_उम्मेदवार

सबैको साथ सहयोग को अपेक्षा सहित मैले पनि केन्द्रीय सदस्य मा उम्मेदवारी दिने निर्णय गरेको छु 👏मेरो उम्मेदवारी किन!📌 सुशास...
19/06/2026

सबैको साथ सहयोग को अपेक्षा सहित मैले पनि केन्द्रीय सदस्य मा उम्मेदवारी दिने निर्णय गरेको छु 👏
मेरो उम्मेदवारी किन!
📌 सुशासन र भ्रष्टाचार विरोधी अभियानशून्य सहनशीलता:
पार्टी भित्र र राज्यका निकायहरूमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने।
📌पारदर्शिता:
पार्टीका हरेक निर्णय, कोष परिचालन र बैठकका निष्कर्षहरूलाई डिजिटल माध्यमबाट आम जनता र कार्यकर्तामाझ पारदर्शी बनाउने।
📌सदाचार:
१.राजनीतिक नियुक्ति र टिकट वितरणमा नातावाद र कृपावादको अन्त्य गरी योग्यताक्रम (Meritocracy) लागू गर्ने।
२. पार्टी संगठन सुदृढीकरण र डिजिटल रूपान्तरणप्रविधिमैत्री संगठन:
पार्टीको 'Chhahari' एप वा डिजिटल प्लेटफर्मलाई थप सुदृढ गरी अनलाइन लेभी, डिजिटल भोटिङ र गुनासो सुनुवाइलाई तीव्र बनाउने।
प्राइमरी निर्वाचन:
पार्टीभित्र उम्मेदवार चयन गर्दा 'प्राइमरी इलेक्सन' (आन्तरिक निर्वाचन) को जगलाई अझ निष्पक्ष र वैज्ञानिक बनाउन नीतिगत सुधार गर्ने।तल्लो तहसम्म विस्तार: पार्टीको विचारलाई वडा र टोल तहसम्म पुर्‍याउन "एक टोल, एक रास्वपा चौतारी" अभियान चलाउने।
३. युवा नेतृत्व र उद्यमशीलतायुवा परिचालन:
युवाहरूलाई राजनीतिमा केवल कार्यकर्ता मात्र नभई नीति निर्माणको तहमा स्थापित गर्न नेतृत्व विकास तालिम सञ्चालन गर्ने।
नवीन सोच (Innovation):
देश भित्रै रोजगारी सिर्जना गर्न स्टार्टअप, डिजिटल अर्थतन्त्र र सीपमूलक शिक्षाका लागि पार्टीको तर्फबाट स्पष्ट राष्ट्रिय एजेन्डा निर्माण गर्ने।प्रवासी नेपालीको प्रतिनिधित्व: गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारीमा रहेका युवाहरूको ज्ञान, पुँजी र मतदानको अधिकार (Right to Vote) सुरक्षित गर्न दबाब दिने।४. नीतिगत अनुसन्धान र जनसरोकारका मुद्दा'पलिकल डेस्क' को सक्रियता:
पार्टीलाई भावनात्मक नारामा मात्र नभई, प्रमाणमा आधारित राजनीति (Evidence-based Politics) मा अगाडि बढाउन केन्द्रीय नीति अनुसन्धान प्रतिष्ठानलाई बलियो बनाउने।
आधारभूत आवश्यकता:
शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातको गुणस्तर सुधारका लागि देशव्यापी रूपमा दबाबमूलक र रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने।
५. उत्तरदायी र जनतासँग जोडिएको नेतृत्वजवाफदेहिता:
केन्द्रीय सदस्य बनेपछि वर्षमा कम्तीमा दुई पटक आफ्नो कार्यप्रगतिको "पब्लिक अडिट" (सार्वजनिक सुनुवाइ) गर्ने।कार्यकर्ताको आवाज:
भुइँतहका कार्यकर्ता र शुभचिन्तकहरूको सुझावलाई सिधै केन्द्रीय समितिमा पुर्‍याउने भरपर्दो माध्यम (Bridge) को रूपमा काम गर्ने।

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when राम प्रसाद पाेखरेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category